भोजेश्वर मन्दिर

भोपाल, मध्य प्रदेशको नजिक रहेको शिव मन्दिर

भोजेश्वर मन्दिर (English:  Bhojeshwar Temple, जसलाई भोजपुर मन्दिर पनि भनिन्छ) मध्य प्रदेशको राजधानी भोपाल देखि लगभग ३० किलोमिटर दूर स्थित भोजपुर नामक गाउँमा बनाइएको मन्दिर हो । यो मन्दिर बेतवा नदीको किनारमा विन्ध्या दायराको मध्य एक पहाडीमा स्थित छ । मन्दिरको निर्माण एवम् यसको शिवलिङ्गको स्थापना धारको प्रसिद्ध परमार राजा भोज (सन् १०१० - १०५३) ले गरेका थिए । उनको नाममा नै यसलाई भोजपुर मन्दिर वा भोजेश्वर मन्दिर पनि भनिन्छ, तथापि केहि पौराणिक कथाहरूको अनुसार यस स्थलको मूल मन्दिरको स्थापना पाण्डवहरू द्वारा गरिएको मानिन्छ । यसलाई उत्तर भारतको सोमनाथ पनि भनिन्छ । यहाँको शिलालेखहरू देखि ११औं शताब्दीको हिन्दू मन्दिर निर्माणको स्थापत्य कलाको ज्ञान हुन्छ र थाहा हुन्छ कि गुम्बजको उपयोग भारतमा इस्लामको आगमन अघि पनि हुन्थ्यो । यस अपूर्ण मन्दिरको वृहत कार्य योजनालाई निकटवर्ती पाषाण शिलाहरूमा उत्कीर्ण गरिएको छ । यी नक्शा चित्रहरूको अनुसार यहाँ एक वृहत मन्दिर परिसर बनाउन योजना थियो, जसमा धेरै अन्य मन्दिरहरू बनाइन्थ्यो । यसको सफलतापूर्वक सम्पन्न हुँदा यो मन्दिर परिसर भारतको सबैभन्दा ठूलो मन्दिर परिसरहरू मध्ये एक हुन्थ्यो । मन्दिर परिसरलाई भारतीय पुरातत्त्व सर्वेक्षण विभाग द्वारा राष्ट्रिय महत्त्वको स्मारक चिह्नित गरिएको छ र यसको पुनस्र्त्थान गरिसकेपछि, यसलाई फेरि राम्रो देखाउने प्रयास गरिएको छ । मन्दिरको बाहिर पुरातत्व विभागको शिलालेख अनुसार यस मन्दिरको शिवलिङ्ग भारतका मन्दिरहरूमा सबैभन्दा उच्च एवम् विशालतम शिवलिङ्ग हो । यस मन्दिरको प्रवेशद्वार पनि कुनै हिन्दू भवनको ढोकाहरूमा सबभन्दा ठूलो हो । मन्दिरको नजिकै यस मन्दिरलाई समर्पित एक पुरातात्विक सङ्ग्रहालय पनि निर्माण गरिएको छ । शिवरात्रिको अवसरमा राज्य सरकारद्वारा यहाँ प्रतिवर्ष भोजपुर उत्सवको आयोजन गरिन्छ ।

भोजेश्वर मन्दिर
प्राथमिक विवरण
स्थान:भोजपुर
सम्बन्धनहिन्दुत्व
जिल्लारायसेन
देशभारत
निकायभारतीय पुरातात्त्विक सर्वेक्षण विभाग
अवस्थिति४६३ मी (१,५१९ फिट)

इतिहास सम्पादन गर्नुहोस्

पौराणिक मत सम्पादन गर्नुहोस्

यस मतको अनुसार माता कुन्तीद्वारा भगवान शिवको पूजा गर्नका लागि पाण्डवहरूले यस मन्दिरको निर्माणको एक रात्रिमा नै पूरा गर्ने संकल्प लिए जुन पूरा हुन सकेन । यस प्रकार यो मन्दिर आज सम्म अधुरो छ ।[१][२]

ऐतिहासिक मत सम्पादन गर्नुहोस्

यस मतको अनुसार यस्तो मान्यता छ कि मन्दिरको निर्माण कला, स्थापत्य र विद्याको महान संरक्षक मध्य-भारतको परमार वंशीय राजा भोजदेवले ११औं शताब्दीमा गराएका थिए ।[१][३][४][५] परम्पराहरू एवम् मान्यतानुसार उनले नै भोजपुर एवम् अब टुटेको एक बाँधको निर्माण पनि गराएका थिए ।[६] मन्दिरको निर्माण कहिल्यै पूर्ण हुन सकेन, अतः यहाँ एक शिलान्यास वा उद्घाटन/निर्माण अंकन शिलाको कमी छ । फेरि पनि यहाँको नाम भोजपुर नै छ जुन राजा भोजको नाम नाम देखि नै जोडिएको छ ।[७] केहि मान्यताहरूको अनुसार यो मन्दिर एकै रातमा निर्मित हुनु थियोे तर यसको छतको काम पूरा हुनु पहले नै बिहान भयो, त्यसैले काम अधुरै रह्यो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ शिवजी का ऐसा मन्दिर, जिसका निर्माण सुबह होने के कारण रह गया अधूरा वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१७ मिति। खुलासा डॉट इन
  2. "भोजेश्वर नाथ का अनोखा है यह मन्दिर", हिन्दी रसायन, अन्तिम पहुँच ०६-०२-२०१७ [dead link]
  3. "भोजपुर" (एचटीएम), इंदिरा गाँधी राष्ट्रीय कला केन्द्र। 
  4. "भोजपुर", रायसेन कृषि उपज मंडी समिति।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-०३ मिति
  5. राजा भोज ने कराया था केदारनाथ मन्दिर का निर्माणवेबदुनिया।अनिरुद्ध जोशी 'शतायु'|अभिगमन तिथि:६-०२-२०१७
  6. मनकोडी १९८७, पृष्ठ ७१.
  7. विलिस, माइकल (२००१), "Inscriptions from Udayagiri: locating domains of devotion, patronage and power in the eleventh century", साउथ इण्डियन स्टडीज़ (अंग्रेज़ीमा) १७ (१): ४१–५३। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्