भिट्टेल समूह (भियतनामी: Tập đoàn Công nghiệp Viễn thông Quân đội), एसियाली राष्ट्र भियतनामको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक निगम हो। यो पूर्णतया सरकारी स्वामित्वमा रहेको कम्पनी हो र यसको सञ्चालन भियतनामको रक्षा मन्त्रालयले गर्दछ।

भिट्टेल समूह
व्यवसाय प्रकार
सरकारी कम्पनी
उद्योगदूरसञ्चार
स्थापितसन् १९६९
केन्द्रीय कार्यालयहनोई, भियतनाम
मुख्य व्यक्ति
लि डाङ डुङ (अध्यक्ष)
उत्पादनहरूमोबाइल सञ्जाल तथा दूरसञ्चार सेवाहरू
आम्दानीवृद्धि $११ अर्ब (सन् २०१५)[१]
वृद्धि $२ अरब (सन् २०१५)[२]
कर्मचारी सङ्ख्या
५०,०००
मूल सङ्गठनभियतनाम शैन्य दूरसञ्चार समैह
वेबसाइटviettel.com.vn

सन् २०१७ सम्म, भिट्टेलका देश भित्र र बाहिर गरेर ५०,००० जना भन्दा बढी कर्मचारीहरू रहेका छन् [३] र यसले १० करोड १० लाख प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरेको छ। [४]

यो सन् २०२० मा आंशिक रूपमा निजीकरण हुने बताइएको छ।

इतिहास सम्पादन गर्नुहोस्

सन् २०१० मा, भिट्टेलले तेस्रो पुस्ता सेवाको सुरुवात गरेको थियो।[५]

डिसेम्बर २०११ मा, भिट्टेलले इभिएन दूरसञ्चारको अधिग्रहण गरेको थियो र अधिग्रहणको एक वर्ष पछि यसले आधिकारिक रूपमा खाताहरू स्थानान्तरण गरेको थियो।[६]

सन् २०१२ मा, भिट्टेलले मोबाइल फोनहरूको उत्पादन गर्दै चिनियाँ कम्पनी हुवावेसँग सहकारीता भङ्ग गरेको थियो। हुवावेले यस अघि भिट्टेलका फोनहरू उत्पादन गर्ने गरेको थियो।[७]

त्यस वर्ष, यसले विदेशी कामबाट पहिलो पटक लाभ उठाएको थियो। उक्त लाभ मुख्यतया कम्बोडियालाओसमा आधारित थियो।[८]

सन् २०१४ मा, भिट्टेलले तेस्रो पुस्ता सञ्जाल विस्तार गर्ने हेतु ताञ्जानियामा १ बिलियन अमेरिकी डलरको लगानी गर्ने घोषण गरेको थियो। [९] [१०]

सन् २०१५ मा, भिट्टेलले चौथो पुस्ता सञ्जालको प्रक्षेपण गरेको थियो।[११]

सन् २०१७ मा, भिट्टेलले भियतनाममा चौथो पुस्ता सेवा सञ्चालनमा ल्याएको थियो।

सन् २०१८ मा, यसले आफ्नो नाम "Tập đoàn Viễn thông Quân đội"बाट "Tập đoàn Công nghiệp Viễn thông Quân đội" मा परिवर्तन गरेको थियो।

गतिविधि सम्पादन गर्नुहोस्

घरेलु सम्पादन गर्नुहोस्

सन् २०१२ को तथ्याङ्क हेर्ने हो भने भिट्टेलको राजस्वको आधारमा बजार साझेदारी ४०.६७% रहेको थियो। यसको मुख्य प्रतिस्पर्धीहरू, भिनाफोन (भियतनाम हुलाक तथा दूरसञ्चार समूहको स्वामित्वमा) जसको ३०% बजार साझेदारी रहेको छ र मोबिफोन १७.९% बजार साझेदारी रहेको छ। यसले लगभग ९०% बजार नियन्त्रण गरेको भने बाँकी ८% भियतना मोबाइल, ३.२% का साथ जी मोबाइल (पूर्व बिलाइन) र एस-फोन ०.१% ले बजार नियन्त्रण गरेका छन्। भिट्टेलको ५ करोड ८९ लाख ग्राहकहरू रहो छन् जबकि भिनाफोन र मोबिफोनका लगभग ७ करोड ग्राहकहरू रहेका छन् भने जी मोबाइल र भियतनाफोनको १ करोड ग्राहकहरू रहेका छन्।[६]

भिट्टेलले लाओस, कम्बोडिया, हाइटी, मोजाम्बिक र पेरूमा पनि दूरसञ्चार सेवाहरू विकास गरिसकेको छ।

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

भिट्टेल ग्लोबल इन्भेस्टमेण्ट संयुक्त पूँजी कम्पनी (भिट्टेल ग्लोबल)ले सबै विदेशी लगानीलाई हेर्दछ। भिट्टेलले सफलता पूर्वक एसिया, अफ्रिका, उत्तर अमेरिका र दक्षिण अमेरिका गरी ४ वटा महादेशहरूमा दूरसञ्चार सेवा विकास गरिसकेको छ। [१२]

यसले विदेशी कार्यहरूबाट पहिलो पटक सन् २०१२ लाभ उठाएको थियो। [८] उक्त लाभ मुख्यतया कम्बोडिया र लाओसमा आधारित थियो र पछि यसले सन् २०१४ मा विदेशी कार्यहरूबाट १.२ बिलियन अमेरिकी डलर राजस्व पनि हात पारेको थियो।

कम्पनीले सन् २०१५-२०१७ को अवधिमा विदेशी विस्तार प्रयोजनको लागि $ २.२३ बिलियन भन्दा बढी लगानी गर्न योजना बनाएको थियो।[१३] कम्पनी विकासशील देशहरूमा विस्तारमा ध्यान केन्द्रित रहेको छ र निकट भविष्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इन्डोनेसिया, बङ्गलादेश, नेपाल, उत्तर कोरिया, बेलारूस र युक्रेनमा आफ्नो सेवा विस्तार गर्ने बताएको थियो।[१४]

सहायक र संयुक्त कम्पनी सम्पादन गर्नुहोस्

भिट्टेलको मालिक, भियतनामको शैन्य दूरसञ्चार समूह (Tập đoàn Viễn thông Quân đội),ले विभिन्न अन्य कम्पनीहरूलाई पनि नियन्त्रण गर्दछ। [१५][१६] भियतनाम वितरण ( भिट्टेल आयात र निर्यात कम्पनी) एक इलेक्ट्रोनिक्स खुद्रा कम्पनी हो। यो भियतनाममा हेउलेट प्याकार्ड र फुजत्सुको आधिकारिक वितरक मध्ये एक हो।[१५] खुद्रा र त्यसपछिको बिक्री सेवा सञ्जाल विकासमा एचपीले भिट्टेललाई समर्थन गर्दछ।

  • भिट्टेल नयाँ सेवा विकास
  • भिट्टेल हुलाक
  • भिट्टेल लगानी र रियल इष्टेट
  • भिट्टेल अन्तर्राष्ट्रिय लगानी
  • भिट्टेल फुटबल प्रशिक्षण केन्द्र

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Thị trường viễn thông Việt Nam kiếm được 15 tỷ đô la Mỹ trong năm 2015", अन्तिम पहुँच २७ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१९ मिति
  2. "Viettel thống trị thị trường di động Việt Nam với lợi nhuận 2 tỷ đô la trong năm 2015", अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  3. "Viettel tiếp tục là môi trường làm việc tốt nhất ngành CNTT&VT Việt Nam", भिट्टेल दूरसञ्चार, २२ मार्च २०१७, अन्तिम पहुँच २२ मार्च २०१७ 
  4. http://uadn.net/2014/09/22/vietnamese-mobile-operator-viettel-may-invest-in-3g-network-in-ukraine/
  5. "Viettel chính thức ra mắt mạng 3G", द साइगन टाइम्स, २६ मार्च २०१०, अन्तिम पहुँच ४ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  6. ६.० ६.१ "Năm 2012 khó khăn của các mạng di động nhỏ", Gafin.vn, ३ जनवरी २०१३, मूलबाट ६ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जनवरी २०१३ 
  7. "Viettel joins phone production group", साइगन टाइम्स, २ नोभेम्बर २०१२, अन्तिम पहुँच ४ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  8. ८.० ८.१ "Viettel offshore operations yield first profit", साइगन टाइम्स र, २० डिसेम्बर २०१२, अन्तिम पहुँच ४ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
  9. Nguyễn Tuấn (१७ जुलाई २०१३), "Những thành quả đầu tiên của công nghiệp quân sự Việt Nam", भियतष्टक डटभिएन, मूलबाट २२ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २२ जुलाई २०१३ मिति
  10. "Viettel to invest $1 billion on 3G telecoms network in Tanzania: officials", रेउटर्स, २८ अक्टोबर २०१४, अन्तिम पहुँच २८ अक्टोबर २०१४ 
  11. "Viettel officially launches 3G network", टेलिजियोग्राफि, ८ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ फेब्रुअरी २०१७ मिति
  12. vietnamnet (२०१५-०४-२५), "Viettel to sell part of subsidiary to finance expansion", Vietnam Breaking News (en-USमा), अन्तिम पहुँच २०१६-०१-०५ 
  13. "Deadline looms for overseas bids for Myanmar’s fourth licence - Developing Telecoms", Developing Telecoms, अन्तिम पहुँच २०१६-०१-०५ 
  14. "Viettel eyes foreign expansion plan - News VietNamNet", भियतनाम डटनेट, अन्तिम पहुँच २०१६-०१-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  15. १५.० १५.१ "HP picks Viettel as new distributor", द साइगोन टाइम्स, १८ जनवरी २०१२, अन्तिम पहुँच ४ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  16. "Fujitsu chính thức chỉ định Nhà phân phối Viettel làm Nhà phân phối cho các sản phẩm của Fujitsu tại Việt Nam", फुजिट्सु, १ मार्च २०१२, अन्तिम पहुँच ४ जनवरी २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्