भिनाफोन (भियतनामी: VinaPhone), भियतनामको प्रमुख मोबाइल सञ्जाल सञ्चालकहरू मध्ये एक हो। यसको प्रधान कार्यालय भियतनामको राजधानी हनोईमा रहेको छ। यसको स्थापना २६ जून १९९६ मा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सञ्चालकको रूपमा भएको थियो।[१] भिनाफोन मोबिफोन पछिको भियतनामको दोस्रो पुरानो दूरसञ्चार कम्पनी हो भने हाल यो भियतनामको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो। भिनाफोन तेस्रो पुस्ता सञ्जाल राष्ट्रव्यापी रूपमा सञ्चालन गर्ने पहिलो मोबाइल सञ्जाल सञ्चालक कम्पनी हो। भिनाफोन भियतनाम हुलाक तथा दूरसञ्चार समूहको एक सदस्य हो।

भिनाफोन
व्यवसाय प्रकार
भियतनाम हुलाक तथा दूरसञ्चार समूहको सहायक
उद्योगमोबाइल सञ्चार, दूरसञ्चार
स्थापित२६ जून १९९७[१]
केन्द्रीय कार्यालयहनोई, भियतनाम
मुख्य व्यक्ति
न्युजेन नाम लङ
उत्पादनहरूमोबाइल सञ्जाल, दूरसञ्चार सेवाहरू
कर्मचारी सङ्ख्या
१५०००+
मूल सङ्गठनभियतनाम हुलाक तथा दूरसञ्चार समूह
वेबसाइटwww.vinaphone.com.vn
ग्राहक सेवा केन्द्र

भियतनाम हुलाक तथा दूरसञ्चार समूहको भिनाफोनमा हाल ७ हजार भन्दा बढी कर्मचारीहरू कार्यरत छन् भने देशका ६३ भन्दा बढी प्रदेशहरूमा १ लाख भन्दा बढी व्यापारीक केन्द्रहरू रहेका छन्।

इतिहास सम्पादन गर्नुहोस्

यो दूरसञ्चार कम्पनी २६ जून १९९६ मा आधिकारिक नाम भिनाफोनको साथ, भियतनाम हुलाक तथा दूरसञ्चार समूहको अधिनमा रही स्थापना गरिएको थियो जसले दूरसञ्चारको क्षेत्रमा विमोसप्र, तेस्रो पुस्ता सञ्जाल, सन्देश सेवा र अन्य विभिन्न दूरसञ्चार सम्बन्धित सेवाहरू प्रदान गर्दछ। सन् २००६ मा भियतनामले विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरे पश्चात् यसले आफ्नो लोगो परिवर्तन गरेको थियो।[१] सुरुवातको ७ वर्ष पश्चात् जून २००७ मा, भिनाफोन राष्ट्रव्यापी रूपमा सबै जिल्ला, विकट तथा सुगम क्षेत्रहरूमा गरी १००% क्षेत्र ढाक्ने पहिलो प्रदायक बनेको थियो।

सन् २००८ को अन्त्य सम्ममा, भिनाफोन भियतनामको तेस्रो सबैभन्दा ठूलो मोबाइल सञ्जाल सञ्चालक थियो जसले भियतनाम दूरसञ्चार बजारमा २०% बजार साझेदारी गरेको छ। भिएन एक्सप्रेसका अनुसार, भिनाफोन सरकारी अधिकारीहरूको मोबाइल सञ्जाल हो।

सन् २००९ मा भिनाफोन भियतनाममा तेस्रो पुस्ता सञ्जालको सुरुवात गर्ने पहिलो कम्पनी बनेको थियो।[२]

सेप्टेम्बर २०१४ को सुरुवातमा, भिनाफोनले रणनीतिक सह-सहयोगी सम्झौता पत्रमा भोडाफोनसँग हस्ताक्षर गरेको थियो।

११ अगष्ट २०१५ मा, भियतनाम हुलाक तथा दूरसञ्चार समूहको भिनाफोनलाई भियतनामकै सबैभन्दा उत्कृष्ट वा दूरसञ्चार क्षेत्रमा शीर्ष स्थान तथा सूचना प्रविधिलाई अझै विस्तार गर्ने उदेश्यका साथ यसलाई आधिकारिक रूपमा प्रक्षेपण गरिएको थियो।

सन् २०१८ मा, भिनाफोन भियतनामकै दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार प्रदायक कम्पनी बनेको छ जसले भियतनामको दूरसञ्चार बजार क्षेत्रमा २१% साझेदारी गरेको छ।[३] यसको प्रमुख प्रतिद्वन्दी भियतनामको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी भिट्टेल हो [३]जसको बजार साझेदारी ६०% रहेको छ भने अर्को दूरसञ्चार कम्पनी मोबिफोन पनि यसको प्रमुख प्रतिद्वन्दी हो जसको भियतनामी दूरसञ्चार क्षेत्रमा १८% बजार साझेदारी रहेको छ।[३]

सेवा तथा उत्पादनहरू सम्पादन गर्नुहोस्

मोबाइल सेवाहरू: भिनाफोनले सञ्चालन गर्दै आइरहेको तेस्रो तथा चौँथो पुस्ता सञ्जाल प्रविधिको हाल सन् २०१९ मा ३५ मिलियन भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। [४]

निश्चित सेवाहरू: यसले भियतनामको निश्चित ग्राहक बजारमा ९०% भन्दा बढी क्षेत्र ओगटेको छ भने ४५% विस्तृत पट्टी ग्राहक बजारमा ओगट्न सफल भएको छ।

दूरदर्शन सेवाहरू (माई टिभी): माई टिभीका १० लाख भन्दा बढी ग्राहकहरू रहेका छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Giới thiệu VinaPhone" 
  2. "Băng rộng thay đổi cuộc sống" 
  3. ३.० ३.१ ३.२ "Năm 2012 khó khăn của các mạng di động nhỏ", Gafin.vn, ३ जनवरी २०१३, मूलबाट ६ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जनवरी २०१३ 
  4. "Mạng di động của những người giàu - VnExpress Kinh doanh", Tin nhanh Việt Nam, ngày truy cập=१ tháng १० năm २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट