भिखारी (कवितासङ्ग्रह) महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कविताहरूको सङ्ग्रह हो । पृष्ठ सङ्ख्या ४७ भएको यो पुस्तक नेपाली भाषा प्रकाशिनी समितिले विसं २०१०मा प्रकाशन गरेको ।[१] यस कवितासंग्रहमा महाकविद्वारा लेखिएका २२ कविताहरू सङ्ग्रहित गरिएको छ ।

भिखारी कवितासङ्ग्रह
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकनेपाली भाषा प्रकाशिनी समिति, साझा प्रकाशन
प्रकाशित मिति
२०१०
पृष्ठ५२ पृष्ठ
आइएसबिएन978-99933-2-284-9

सङ्ग्रहित कविताहरू सम्पादन गर्नुहोस्

भिखारी सम्पादन गर्नुहोस्

हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।

(२)

हेर, हेर ती झुत्रा चिथरा
हाय! हे समय निष्ठुर ।
जीवनप थमा विचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।

(३)

वर्ष-वर्षका हेर तुषारा
शिरको उपर गिरेको ।
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेको,
दिन-दिनको त्यो छातीमाथी
चिरा चारक्क चिरेको ।

(४)

अडि अडि धरमर स्वाँ स्वाँ गर्दै
मौन विलौना वरिपरी भर्दै
आर्तनादका हृदय फुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै
चामल एक मुठी ।
जीवनभरको एक पुकारा
चामल एक मुठी ।

(५)

मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन ।
भाइहरूसँग भिक्षाको यो
मुठी द याको याचना ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबिच यो
एक उन्यौँको रोदन ।

(६)

को होला यो, कसको छोरा ?
कसको बाबु गरीब ?
कुन आमाले काख लिँदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चाद्रको नजरसमिप?
किन मुर्झायो ? किन वौलायो ?
किन मधुरो यो जीवन्- व्दीप ?

(७)

बुद्ध देवको नजर अगाडि
यही भिखरी आएथ्यो,
मुर्ति यसैमा शब्द यिनैमा
मुटुको शूल कराएथ्यो,
महान दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो,
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।

(८)

कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेका
घर, घर आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।
युग-युगभरको आँसुहरूको
सार अपार उतारी ।
दु:खको दिलामा ईश्वर बोल्दछ
अधर अनन्त उघारी ।
माग्दछ करूणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?

--110.34.4.244 (कुरा गर्ने) ११:५३, २० अगस्त २०१४ (युटिसी(UTC))

बादल सम्पादन गर्नुहोस्

तिनको घँसियाको गीत सम्पादन गर्नुहोस्

माली सम्पादन गर्नुहोस्

सन्ध्या सम्पादन गर्नुहोस्

सम्झना सम्पादन गर्नुहोस्

यात्री सम्पादन गर्नुहोस्

वन सम्पादन गर्नुहोस्

प्रश्नोत्तर कविता आदिकवि भानुभक्त आचार्यबाट लेखिएको पद्द कविता हो‍‌‌॥ उनले यस कविता उपजाति र वसन्ततिलका छन्दमा लेखेका छन्॥

आफ्नो घर सम्पादन गर्नुहोस्

जीवन वन सम्पादन गर्नुहोस्

बालककाल सम्पादन गर्नुहोस्

वृक्ष सम्पादन गर्नुहोस्

गरीब सम्पादन गर्नुहोस्

किसान सम्पादन गर्नुहोस्

चारू सम्पादन गर्नुहोस्

वसन्त सम्पादन गर्नुहोस्

जीवन सम्पादन गर्नुहोस्

अन्त्यमा सम्पादन गर्नुहोस्

जिन्दगीको मौसम सम्पादन गर्नुहोस्

झरना सम्पादन गर्नुहोस्

घाँसी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्