भारतको प्रधानमन्त्री
भारतको प्रधानमन्त्री (Prime Minister of India) भारत सरकारको प्रमुख, भारतको राष्ट्रपतिको मुख्य सल्लाहकार, मन्त्रीपरिषदको प्रमुख, तथा लोकसभामा बहुमत ल्याउने दलको नेता हुन्छन् । प्रधानमन्त्रीले भारत सरकारको कार्यपालिकाको नेतृत्व गर्छन् ।
भारतको प्रधानमन्त्री | |
---|---|
भारत सरकार प्रधानमन्त्रीको कार्यालय | |
सम्बोधन | सम्माननीय (औपचारिक) महामहिम (कुटनीतिक) |
सदस्य | |
प्रतिवेदन पेश | भारतको संसद |
निवास | ७ रेस कोर्स रोड |
आसन | राइसिना हिल, नयाँ दिल्ली, भारत |
नियुक्तिकर्ता | भारतको राष्ट्रपति |
प्रथम पदाधिकारी | जवाहरलाल नेहरु |
गठन | 15 अगस्ट 1947 |
तलब | ₹२ मिलियन (युएस$२८,०००) (वार्षिक, ₹९६०,००० (युएस$१३,०००) संसद तलब समाहित) [१] |
वेबसाइट | प्रधानमन्त्री कार्यालय |
नरेन्द्र मोदी भारतको वर्तमान प्रधानमन्त्री हुन् ।
परिचय
सम्पादन गर्नुहोस्भारतीय संविधानको अनुच्छेद ७४ मा स्पष्ट रूपले मन्त्रीपरिषदको अध्यक्षता तथा सञ्चालनको निमित्त प्रधानमन्त्रीको उपस्थिति आवश्यक मानेको छ । उसको मृत्यु वा त्यागपत्रको अवस्थामा सम्पूर्ण परिषदलाई पद छोड्नु पर्दछ । उ एक्लै मन्त्री परिषदको विस्तार गर्दछ । राष्ट्रपतिद्वारा मन्त्रीहरूको नियुक्ति प्रधानमन्त्रीकै सल्लाहमा गर्दछ । राष्ट्रको प्रशासन सम्बन्धि सबै कार्य, क्याबिनेटको कार्य, मन्त्रीहरूको कार्य विभाजन लगायत सबै नीतिगत निर्णय प्रधानमन्त्रीले नै गर्दछ । राष्ट्रपति तथा मन्त्री परिषदको मध्यमा उसैले सम्पर्क सुत्रको काम गर्दछ । मन्त्रीपरिषदको प्रधान प्रवक्ता पनि प्रधानमन्त्री नै हुन्छन् । यिनै सबै कारणले गर्दा प्रधानमन्त्रीलाई भारतको सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व मानिन्छ ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Pay & Allowances of the Prime Minister" (PDF), pmindia.nic.in/, अन्तिम पहुँच १४ जुन २०१३।