वैरागी काइँला
तिलविक्रम नेम्बाङ (प्रख्यात नाम: वैरागी काँहिला, जन्म: बि. सं. १९९६ साउन २५) नेपाली साहित्यका मूर्धन्य साहित्यकार हुन् । उनी बि. सं. २०६६ देखि बि. सं.२०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपति थिए।
वैरागी काइँला | |
---|---|
जन्म | ओझाङहाङ लिम्बू/ तिलविक्रम सुब्बा वि. सं. १९९६ साउन २५ पौवा गाउँ, पाँचथर जिल्लानेपाली साहित्यका आयामेली कवि |
जातीयता | लिम्बु |
नागरिकता | नेपाली |
पेशा | साहित्यकार |
जीवनसाथी | देवकुमारी नेम्बाङ |
हस्ताक्षर | |
जीवनी
सम्पादन गर्नुहोस्वैरागी काइँलाको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा वि. सं १९९६ साउन २५ गतेका दिन भएको थियो। उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन्। यसका अतिरिक्त वैरागी काइँला ‘मन्थन साहित्य संस्था’ ‘शताब्दी काठमाडौँ’ जस्ता संस्थाका सल्लाहकार रहेका थिए भने वि. सं. २०४७ मा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान)का सदस्य भएका थिए।[१] थोरै कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित प्राज्ञमा दरिने 'बैरागी काँइलाको वास्तविक नाम तीलबिक्रम नेम्बाङ हो। दुरुह र विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विलाश गर्ने कवि काइँला बि. सं. २०६२-६३ को जनआन्दोलनका सक्रिय सहभागी हुन्। वि. सं. २०६६ देखि २०७० सम्म उनी प्रज्ञा-प्रतिष्ठान का कुलपतिका रूपमा कार्यरत् थिए। काँइलाले हालसालै ‘रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार’ प्राप्त गरेका छन्। किरात लिम्बु जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँचदशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृति प्रकाशितका स्रष्टा काइँलालाई पहिलो पटक यो पुरस्कार दिइएको हो। [२] उनलाई वि. सं. २०७५ को जगदम्बा श्री पुरस्कारका लागि छनोट गरिएको छ। मदन पुरस्कार गुठीद्वारा दिइने उक्त पुरस्कारको राशि चार लाख रूपैँया रहेको छ। उनलाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत कदरस्वरुप बि. सं. २०७५ को जगदम्बा–श्री दिइएको गुठीले जनाएको छ। [३]
कृतिहरू
सम्पादन गर्नुहोस्वैरागी काइँलाले लिम्बू भाषा, साहित्य र इतिहासमा पनि महत्त्वपूर्ण योगदान दिएका छन्। वैरागी काइँलाद्वारा लिखित, सम्पादित किराँत लिम्बू भाषा, मुन्धुम् संस्कृति, इतिहास सम्बन्धि प्रकाशित कविता संग्रहहरू तथा कृतिहरू:
कविताहरू
सम्पादन गर्नुहोस्लाग्थ्यो मेरो हत्याले तिम्रो आयु थपिने छ तर तिमी मसँग नै किन मर्दैछौ? लाग्थ्यो बन्दूक बोकेर म सुरक्षित हुनेछु तर भयभीत अझ् तिमीसँगै बढी किन हुन्छु? (वाग्मती लहरले उठेर वर्षिदेऊ...)
- फूल पात पतकर (२०१८)
- बैरागी काइँलाका कविताहरू ( २०३१)
- अन्धा मान्छेहरू र हात्ती (२०६८)
अन्य कृतिहरू
सम्पादन गर्नुहोस्- तेस्रो आयाम (२०२०)
- किराँत जागरण गीत, २०३८
- महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थका भजनमाला, २०४७
- समकालिन साहित्य (२०४६)
- जर्नल अफ लिम्बु, लिटरेचर एण्ड कल्चर (२०४८)
- लिम्बू जातीमा कोख-पूजा, २०४८
- ईर्श्या र आँखिडाहीको आख्यान, २०५१
- लिम्बु ग्रन्थ सूची (२०४९)
- प्रेतात्माको आख्यान र अनुष्ठान, २०५१
- मोच मार्ने आख्यान र अनुष्ठान, २०५२
- तङ्सिङ् तक्मा मुन्धुम्: आख्यान र अनुष्ठान, २०५२
- मुजिङ्ना खेयङ्ना मुन्धुम , २०७०
- लाहादाङ्ना सुहाम्फेबा मुन्धुम , २०७०
- खाप्पुना मेल्लङ्हाङ्मा मुन्धुम , २०७०
- पाजाइवा मुन्धुम, २०७०।
- नाम्सामि-केसामि मुन्धुम ,२०७०
पुरस्कार तथा सम्मान
सम्पादन गर्नुहोस्- साझा पुरस्कार - बि. सं. २०३१,
- ‘सिद्धिचरण काव्य पुरस्कार’ - बि. सं. २०५३
- विपी–साहित्य सम्मान पुरस्कार - बि. सं. २०७६[५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई
- ↑ मुन्धुम पुरस्कारद्वारा बैरागी काइँला पुरष्कृत Nepal 24hrs.com
- ↑ बैरागी काइँलालाई जगदम्बा श्री, ‘रणहार’ लाई मदन पुरस्कार-कान्तिपुरडेली डटकम
- ↑ तीन दशकपछिका काइँला हिमाल खबरपत्रिका
- ↑ बैरागी काइँलालाई साहित्य सम्मान - नागरिक न्युज डटकम