रामचन्द्र अधिकारी चलचित्र कलाकार हुनुहुन्छ। अधिकारीको जन्म २०१२ मङ्सिर २३ गते काठमाडौँको गोठाटार, इचोटमा भएको हो। पिता बद्रीप्रसाद र माता मैंयाँका ३ छोरा र एक छोरी जन्मे। उहाँ जेठो हो। अधिकारी नेपाल टेलिकमका भू. पु. कर्मचारी पनि हुनुहुन्छ।

रामचन्द्र अधिकारी
जन्म (1959-05-15) १५ मे १९५९ (उमेर ६४)
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
अन्य नामरामचन्द्र अधिकारी
कार्यकालअहिलेसम्म

कला क्षेत्र सम्पादन गर्नुहोस्

उहाँले करिब २ सयभन्दा बढी चलचित्र, एक सय ५० टेलिशृङ्खला, १५ नाटकमा अभिनय गर्नुभएको छ। उहाँले अभिनय गरेको पहिलो नाटक 'सच्चा प्रेम' हो। हाँस्यव्यंग्यकार भैरव अर्यालले लेखेको उक्त नाटक राजधानीको जोरपाटीमा देखाइएको थियो। त्यसपछि उहाँ श्री समूह नाट्यसंस्थामा पुग्नुभयो। 'अँध्यारो उज्यालो' नाटकमा अभिनय गर्नुभयो। उक्त नाटक देशभर घुमेर देखाइयो। ०३६/३७मा मात्र उहाँ नाटकमा देखिनुभयो। श्री समूहकै धेरै कलाकारले चलचित्र वासुदेवमा अभिनय गरे। अधिकारीको त्यो पहिलो चलचित्र थियो। नेपाल टेलिभिजन खुलेपछि मुलुकको पहिलो टेलिशृङ्खला 'पृथ्वीनारायण शाह'मा अभिनय गर्नुभयो। उहाँको त्यो पहिलो टेलिशृङ्खला थियो। उहाँले धेरै सम्मान, पुरस्कार पाउनु भएको छ। पछिल्लोपटक भारतीय जीटिभीको टेलिशृङ्खला अगले जनम मे मोहे बेटिया कीजोमा पनि उहाँले अभिनय गर्नुभएको छ। उहाँले अभिनय गरेको मुनामदन चलचित्र ओस्कार पुरस्कारको मनोनयनमा परेको थियो।

 
रामचन्द्र अधिकारी एक कार्यक्रममा

अधिकारी आफूले अभिनय गरेका राम्रा टेलिशृङ्खलामध्ये चक्रव्यूह, टाढाको बस्ती, लौ आयो, दोषी को, बद्री मास्टर, हरि बाजे, दाइजो, गुलाफ एकैपटक फुल्छ, रूपमती आदिको नाम लिन्छन्। अधिकारी विगतमा चलचित्रमा बढी देखिए पनि पछिल्ला वर्षहरूमा टेलिभिजनमा छाइरहेका छन्। खासगरी शनिबार राति प्रसारण हुने हास्यशृङ्खला 'मेरी बास्सै'मा काजीको भूमिकामा उनी लोकप्रिय छन्।[१]

नाटकहरू सम्पादन गर्नुहोस्

रामचन्द्र अधिकारीद्वारा अभिनित नाटकहरू

  • सच्चा प्रेम
  • अँध्यारो उज्यालो
  • लैजाउ जोवन
  • बसाई
  • चुइया

[१]

टेलिशृङ्खला सम्पादन गर्नुहोस्

रामचन्द्र अधिकारीद्वारा अभिनित टेलिशृङ्खलाहरू

  • चक्रव्यूह
  • टाढाको बस्ती
  • लौ आयो
  • दोषी को
  • बद्री मास्टर
  • हरि बाजे
  • दाइजो
  • गुलाफ एकैपटक फुल्छ
  • मेरी बास्सै
  • रूपमती
  • रिसानी माफ[१]

चलचित्रहरू सम्पादन गर्नुहोस्

  • बासुदेव
  • कोसेली
  • चेलीवेटी
  • मायाप्रीति
  • अधिकार
  • चिनो
  • ट्रक ड्राईभर
  • दौतरी
  • दुइ थोपा आँसु
  • रहर
  • आफ्नो मान्छे
  • अपराध
  • ठुल्दाइ
  • कर्म
  • जंगे
  • बलिदान
  • आधिबेरी
  • मुना मदन
  • प्रेम पिण्ड
  • हाँसीदेउ एकफेर
  • तँ त बिग्रिस नी बद्रि
  • हामी तीन भाइ
  • जय भोले
  • कालेदाइ
  • काउसो
  • हजार जुनी[१]

साथै अधिकारीले हिन्दी चलचित्र लव इन नेपाल र हिन्दी टेलिशृङ्खला अग्ले जनममे मोहे बेटीहि किजो (जी टिभीबाट प्रशारित) मा अभिनय गरेका छन् ।

सम्मान र पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्