बाङ्लालायन कम्युनिकेसन्स लिमिटेड एक बङ्गलादेशी निजी लिमिटेड कम्पनी हो जून कम्पनी ऐन १९९४ का अनुसार स्थापित भएको थियो। यसको स्थापना ५ नोभेम्बर २००८ मा भएको थियो। बाङ्लालायन कम्युनिकेसन्स लिमिटेड (बाङ्लालायन) चौँथो पुस्ता ताररहित विस्तृत पट्टि सञ्चालक हो जसले सुक्ष्म तरङ्ग पहुँचको लागि विश्वव्यापी अन्तरक्रियाशीलता (वाइम्याक्स) को प्रयोग गर्दछ। यसले देशव्यापी रूपमा दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि बङ्गलादेश दूरसञ्चार नियमक आयोगसँग अनुमतिपत्र प्राप्त गरेको थियो। बाङ्लालायनले देशका ७ विभाग र ३० वटा प्रमुख जिल्लाहरूमा सेवा सञ्चालन गर्दै आइरहेको छ। बाङ्लालायनले एक चिनियाँ बहुराष्ट्रिय दूरसञ्चार उपकरण र प्रणाली कम्पनी, जेडटिई निगमको हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्दछ। कम्पनीको प्रधान कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ भने कम्पनीले ५०१ देखि १०० जना कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको छ। कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत सेवानिवृत्त सेनानी आब्दुल मान्नान हुन्।[१]

बाङ्लालायन कम्युनिकेसन लिमिटेड
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
केन्द्रीय कार्यालय,
बङ्गलादेश
मुख्य व्यक्ति
आब्दुल मान्नान (अध्यक्ष)
सेवाहरूताररहित विस्तृत पट्टी सेवा
वेबसाइटbanglalion4g.com

इतिहास सम्पादन गर्नुहोस्

बाङ्लालायनका अध्यक्ष अब्दुल मन्नान हुन् जसले सेप्टेम्बर २००८ मा, बङ्गलादेश दूरसञ्चार नियामक आयोगद्वारा आयोजित लिलामीमा वाइम्याक्स अनुमति पत्र जितेका थिए। सेप्टेम्बर २००८ सम्ममा, ३१.४ मिलियन अमेरिकी डलरका साथ उनी उच्च बोलीकर्ता बनेका थिए र उनले २५८५-२६२० मेगाहर्ट्ज ब्याण्डविथ आवृत्ति रोजेका थिए।[२][३] नोभेम्बर २००९ मा, वाइम्याक्स सञ्जाल सुरुवात गर्ने यो क्युबी पछिको अर्को दूरसञ्चार कम्पनी हो।[४]

सेवा तथा उत्पादनहरू सम्पादन गर्नुहोस्

बाङ्लालायन एक उच्च-गति ताररहित इण्टरनेट सेवा प्रदायक हो। इण्टरनेट जडानको लागि कम्पनीले चौँथो पुस्ताको वाइम्याक्स प्रविधिको प्रयोग गर्दछ। बाङ्लालायनले दुबै पोष्टपेड र प्रिपेड ग्राहकहरूको लागि सेवा प्रदान गर्दछ। यी प्याकेजहरू ब्याण्डविथ र गतिका अनुसार विभिन्न तरीकाले प्रस्ताव गरिन्छन्। बाङ्लालायनको प्रमुख प्रतिस्पर्धीहरू क्युबी र ओलो हुन्।

सेवा क्षेत्र सम्पादन गर्नुहोस्

बाङ्लालायनले देशका ढाका, चित्तागोङ, सिलेट, राजशाही, खुल्ना, रङ्गपुर र बरिसाल गरी ७ बटा विभागहरूमा यसले सेवा सञ्चालन गर्दै आइरहेको छ। फेनि, ममयनसिङ्ह, कोमिल्ला, बोगरा, कोक्स बजार, लक्ष्मीपुर आदि लगायतका सहरहरूमा पनि यसले सेवा सञ्चालन गर्दै आइरहेको छ।[५]

बाङ्लालायन इन्टरनेट सुबिधा सम्पादन गर्नुहोस्

१) डाटा तथा इण्टरनेट सेवाको लागि समर्पित सञ्जाल

२) बङ्गलादेशको सबैभन्दा ठूलो र तिव्र वृद्धि हुने वाइम्याक्स सञ्चालक।

३) देशका ७ विभाग र ३० वटा प्रमुख जिल्लाहरूमा सेवा सञ्चालन।

४) स्थिर तथा उच्च-गति इण्टरनेट।

५) दुबै विन्डोज र म्याक सञ्चालन प्रणालीका लागि उपयुक्त।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Under the visionary leadership of major abdul mannan", कोर्स हिरो, अन्तिम पहुँच ४ नोभेम्बर २०१९ 
  2. "Three firms clinch licences to operate WiMax", द डेली ष्टार, २५ सेप्टेम्बर २००८, अन्तिम पहुँच १६ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण १७ अगस्ट २०१८ मिति
  3. "BTRC hands over BWA services licence to BCL", द न्यु नेसन, २८ नोभेम्बर २००८, "बिसिएलका अध्यक्ष मेजर (सेवानिवृत्त) अब्दुल मनान बाङ्लालायनको तर्फबाट इजाजतपत्र प्राप्त गरेका थिए" 
  4. "Bangla Lion launches WiMAX too", बिडसनिउज ट्वेण्टिफोर डटकम, १२ नोभेम्बर २००९, अन्तिम पहुँच १६ अगस्ट २०१८ 
  5. http://www.banglalionwimax.com/index.php/customer-support/coverage-map वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१९ मिति