बहराइन दूरसञ्चार कम्पनी आधिकारिक नाम बतलकु, (अरबी: بتلكو‎‎) बहराइनमा आधारित एक प्रमुख बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो। यस कम्पनी प्रधान कार्यालय बहराइनमा अवस्थित छ भने यो कम्पनी बहराइन सेयर बजारमा सूचीत छ। यस कम्पनीका अध्यक्ष अब्दुला बिन खलिफा अल खलिफा हुन्। बतलकुले बहराइनमा लगभग १,३००० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको छ। बतलकु जयन बहराइनको प्रतिस्पर्धी हो।

बहराइन दूरसञ्चार कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
व्यावसायिक रूपढाँचा:Bhse
उद्योगदूरसञ्चार
स्थापित१९८० (1980)
केन्द्रीय कार्यालय
अल हमला
,
सेवा क्षेत्र
मध्य पूर्व, उत्तर अफ्रिका, यरोप, हिन्द महासागर & दक्षिण अमेरिका
मुख्य व्यक्ति
सेवाहरूएकीकृत सञ्चार
राजश्ववृद्धि $१.०७७ अर्ब (सन् २०१८)[१]
परिचालन आय
वृद्धि $१९ करोड १८ लाख (सन् २०१८)[१]
वृद्धि $१३ करोड २९ लाख (सन् २०१८)[१]
कुल सम्पत्तिवृद्धि $१.२३४  अर्ब (सन् १०१८)[१]
सहायक कम्पनीहरू
वेबसाइटbatelcogroup.com

यसले मोबाइलका लागि विमोसप्र ९०० / विमोसप्र १८०० / विमोसप्र २१०० र दीर्घकालीन सञ्जाल १८०० प्रदान गर्दछ जबकि यसको आवासिय इण्टरनेट भनेको एडिएसएल, ताररहित (तेस्रो र चौथो पुस्ता) वा एफटिटिएच सेवा हो। बतलकु बहराइनको प्रमुख इन्टरनेट सेवा प्रदायक हो।

स्वामित्व सम्पादन गर्नुहोस्

बतलकु सन् १९८१ मा बहराइनी सार्वजनिक संयुक्त पूँजी कम्पनीको रूपमा स्थापना गरिएको थियो र यसको आधिकारिक साझेदार पूँजी २०० मिलियन बहराइनी दिनार (५३१ मिलियन अमेरिकी डलर) रहेको थियो।

ओरास्कम लगानी कम्पनीको ६० प्रतिशत यसमा लगानी रहेको छ भने बहराइन सरकारले (मुमतलकत कम्पनी, अम्बर कम्पनी र सामाजिक बीमा संस्था) ४० प्रतिशत लगानी गरेको छ र यसका साथसाथै विभिन्न वित्तीय संस्थाहरूले पनि यसमा लगानी गरेका छन् जसमा निजी बहराइनी निगम, खाडी सहयोग परिषद्ले र अन्तर्राष्ट्रिय लगानीकर्ताहरू पनि यसमा सामेल छन्।

१४ भौगोलिक क्षेत्रहरूले प्रत्येक्ष वा अप्रत्येक्ष रूपमा यस कम्पनीमा लगानी गरी यसलाई संसारको प्रमुख बहुराष्ट्रिय दूरसञ्चार कम्पनी बनाउनमा मद्दत गरेका छन्।

समायोजन तथा अधिग्रहण सम्पादन गर्नुहोस्

सन् १९९८: कुवेत भित्र इन्टरनेट र डाटा सञ्चार सेवाहरूको निजीकरण गर्ने रणनीतिका साथ कुवेतको सञ्चार मन्त्रालयल आह्वान गरेको सार्वजनिक प्रस्तावमा यसले क्वालिटी नेटको ४४% अधिग्रहण गरेको थियो

सन् २००१: बतलकु जोर्डनको स्थापना, राष्ट्रिय उपकरण दूरसञ्चार प्रणालीको अधिग्रहण र बतलकु सहित पहिलो दूरसञ्चार समूहको निर्माण।

सन् २००३: पूर्णरूपमा बतलकु मध्यपूर्वक स्वामित्वमा, बतलकु मिश्रको, मिश्रको राजधानी कायरोमा संयुक्त पूँजी कम्पनीको रूपमा स्थापना।

सन् २००६: बतलकुले जोर्डनको प्रमुख दूरसञ्चार कम्पनी युमिनिहको ९६% सेयरको खरिद गरेको थियो।[२]

सन् २००७: बतलकुले यमनको साबाफोनको १४४ मिलियन अमेरिकी डलरमा नगदमा २०% सम्पत्तिको खरिद गरेको थियो।

सन् २००९: बतलकुले मिलेनियम निजी कम्पनीसँग सहकार्य गरी मिलेनियम भारत कम्पनी लिमिटेडको निर्माण गरियो जसको उदेश्य चेन्नईमा आधारित दूरसञ्चार कम्पनी एस टेल लिमिटेडको ४९% भाग अधिग्रहण गर्नु थियो। [३]

सन् २०१३: बतलकुले केबल एन्ड वायरलेस कम्युनिकेसनको अधिग्रहण गर्ने घोषण गरेको थियो। यसले माल्दिभ्सको धिरागू, च्यानल टापूको सियोरको पनि अधिग्रहण गर्ने बताएको थियो। أمريكي.[४] सन् २०१४: बतलकु समूहले क्वालिटी नेटको ४६% सम्पत्ति अधिग्रहण गर्न सफल भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्