बङ्गलादेश प्रिमियर लिग

(बंगलादेश प्रिमियर लिगबाट अनुप्रेषित)

बङ्गलादेश प्रिमियर लिग (बङ्गाली: বাংলাদেশ প্রিমিয়ার লীগ) बङ्गलादेशको व्यवसायीक टी-२० क्रिकेट लिग हो । जुन प्रतियोगितामा बङ्गलादेशका सात व्यवसायीक क्रिकेट टिमहरूले सहभागीता जनाउने गर्दछन् । यो क्रिकेट प्रतियोगिता सन् २०१२बाट सुरू भएको थियो ।

बङ्गलादेश प्रिमियर लिग
বাংলাদেশ প্রিমিয়ার লীগ
देशहरूबङ्गलादेश बङ्गलादेश
प्रशासकबङ्गलादेश क्रिकेट बोर्ड
बिपिएल सरकार परिषद
ढाँचाटि-२०
पहिलो प्रतियोगिता२०१२
पछिल्लो प्रतियोगिता२०१७
आगामी प्रतियोगिता२०१९
प्रतियोगिताको ढाँचाराउन्ड रोविन तथा प्ले अफ
टिम सङ्ख्या
वर्तमान विजेताराङ्पुर राइडर्स
सबैभन्दा सफलढाका डाइनामाइटस् (३ उपाधि)
वेबसाइटBPL
२०२४ बङ्गलादेश प्रिमियर लिग

बङ्गलादेश प्रिमियर लिगको योजना बङ्गलादेश क्रिकेट बोर्डले २०११ मा गरेको थियो । भने पहिलो संस्करणको प्रतियोगिता ढाका तथा चिट्टागोङ् सहरका रंगशालामा भएको थियो । तर वर्तमान समयमा यस बङ्गलादेश प्रिमियर लिग विश्वका स्तरीय तथा चर्चित टि-२० क्रिकेट लिग अन्तर्गत रहेको छ।

यो प्रतियोगितामा सर्वाधिक सफल टोलीका रूपमा ढाका डाइनामाइट्स टिम रहेको छ । जसले हाल सम्म तीन उपाधिहरू जित्न सफल भएको छ । यस टिमले लगातार पहिलो दुई २०१२ र २०१३ को संस्करणमा उपाधि जितेको थियो । ढाका डाइनामाइट्स बाहेक कोमील्ला भिक्टोरियन्स तथा रङ्गपुर राइडर्सले एकएक पटक उपाधि जित्न सफल भएका छन् ।

इतिहास सम्पादन गर्नुहोस्

इन्डियन प्रिमियर लिगको अत्याधिक सफलता पछि बङ्गलादेश क्रिकेट बोर्डले पनि आफ्नो देशमा फ्रेन्चाइज लिग गर्ने योजना बनाएको थियो । बङ्गलादेश पुरानो राष्ट्रिय लिग खारेज गरी २०१२ जनवरी १८ मा फ्रेन्चाइज लिग गर्नका निम्ति फ्रेन्चाइज लिगसँग ६ वर्षको लागि झन्डै ३५० करोडको सम्झौता गरेको थियो । त्यस पछि यो लिगको सुरूवाट तथा स्थापना भएको थियो ।

पहिलो बङ्गलादेश प्रिमियर लिगको आधिकारिक रूपमा विशेष शुभारम्भ ०९ फेब्रुअरी २०१२ का दिन ढाका स्थित बंगला राष्ट्रिय रंगशालामा भएको थियो । यस्तै १९ र १९ जनवरी २०१२ का दिन खेलाडी अक्सन कार्यक्रम सञ्चालन भएको थियो । २०१२ फेब्रुअरी ०९ गते सिल्अेथ रोयल्स र बरिसाल बर्नर्सका बिच यो प्रतियोगिताकै पहिलो तथा शुभारम्भ खेल भएको थियो ।

बङ्गलादेश प्रिमियर लिगमा सहभागीता जनाउने सातौ तथा हालसम्मको अन्तिम टिम रंगपुर राइडर्स टिम हो । जसले दोस्रो संस्करणबाट प्रतियोगितामा सहभागीता जनाएको थियो ।

प्रायोजकहरू सम्पादन गर्नुहोस्

यस प्रतियोगिताको पहिलो संस्करणमा डेस्टिनी समुहले प्रमुख प्रायोजन गरेको थियो । जसले एक वर्षको लागि ७.५ करोड (युएस $१.० मिलियन) प्रायोजन गरेको थियो । भने दोस्रो संस्करणको लागि १० करोड (युएस $१.५ मिलियन) प्रायोजन गरेको थियो । साथै पुरस्कारहरूमा समेत उक्त समूहसँग सम्झौता भएको थियो । १५ करोड रुपैयाँ वा २ मिलियन अमेरिकी डलर को साथ बीआरबी केबल्स लिमिटेडले २०१५ मा तेस्रो सिजनको लागि प्रायोजक बनेको थियो । अबुल खैर स्टील (एकेएस), अबुल खैर उद्योग लिमिटेडको एक सहायक कम्पनी, लिगमा चौथो र पांचौं संस्करणको शिर्षक प्रायोजक बनेको थियो ।

टेलिभिजन प्रसारण सम्पादन गर्नुहोस्

राष्ट्र वर्ष च्यानल
  बङ्गलादेश २०१७-हालसम्म गाजी टिभी
मास्रंगा टेलिभिजन
  अफगानिस्तान २०१७-हालसम्म लेमर टिभी
ढाँचा:Country data Caribbean २०१७-हाल फ्लो टिभी
  भारत २०१७-हालसम्म डिस्पोर्टस
  पाकिस्तान २०१७-हालसम्म जीओ स्पोर्ट्स
  दक्षिण अफ्रिका २०१४-वर्तमानसम्म स्टार टाइम्स
  दक्षिण कोरीया,
  जापान,
  चीन and
  रसिया
२०१७-हालसम्म टिकोन सिस्टम लि.
  ASEAN दक्षिणपूर्वी एसिया २०१६-वर्तमानसम्म स्पोर्टसफिज
  २०१६-हालसम्म फ्रीस्पोर्टस्
  अमेरिका तथा   क्यानडा २०१६-हालसम्म वील्लओ

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्