फुकेट (अङ्ग्रेजी: Phuket) थाइल्याण्डको दक्षिणि प्रदेशहरू मध्ये एक प्रदेश हो । यस प्रदेशमा थाइल्याण्डको सबैभन्दा ठूलो द्वीप फुकेट द्वीप लगायत अन्य साना ३२ वटा द्वीपहरू पर्दछ ।[१]

फुकेट
ภูเก็ต
प्रदेश
फुकेटको आधिकारिक छाप
फुकेट प्रदेशको अवस्थिति
फुकेट प्रदेश
राजधानीफुकेट शहर
क्षेत्रफल
 • जम्मा५७६ किमी (२२२ वर्ग माइल)
जनसङ्ख्या
 (२०१५)
 • जम्मा३८६६०५
समय क्षेत्रयुटिसी+7 (ICT)
आइएसओ ३१६६ सङ्केतTH-83


यस प्रदेशको क्षेत्रफल ५७६ वर्ग किलोमिटर रहेको छ, जुन सिङ्गापूरको भन्दा सानो हो तथा यो प्रदेश थाइल्याण्डको दोश्रो सानो प्रदेश हो । यस प्रदेशको पहिलाको मुख्य आम्दानीको श्रोत टीन तथा रब्बर रहेको थियो भने यसको इतिहास मुख्य आकर्षण रहेको छ । यो द्वीप भारत तथा चीनसँगको मुख्य व्यापारिक मार्गको रूपमा रहेको थियो भने विदेशीको समुद्री यात्राको अभिलेखमा सो स्थानको व्याख्या समेत हुने गरेको थियो । यस प्रदेशको हालको मुख्य आम्दानीको श्रोत भनेको पर्यटन रहेको छ ।

नाम सम्पादन गर्नुहोस्

यस स्थानको नाम मलाय शब्दको बुकिट जसको अर्थ पहाड हुन्छ सो वाट फुकेट भएको मानिन्छ । किन भने द्वीपहरू टाढाबाट हेर्दा पहाड जस्तै देखिन्छन् ।

फुकेट पहिला थालाङ नामबाट चिनिने गर्दथ्यो ।

इतिहास सम्पादन गर्नुहोस्

 
राजा नराईसँग फ्रान्सका राजदुत चेभालिएर डे चाउमोन्ट

पोर्तुगालका अन्वेषक फर्नाओ मेन्डेस पिन्टो सन १५४५ (१६औ शताब्दी) मा सियाममा आएका थिए । उनको अभिलेखमा थाइल्याण्ड देशको विवरणमा अयुथाया लगायत अधिराज्यको दक्षिणका वन्दरगाह समेत उल्लेख भएको देखिन्छ । पिन्टो पहिलो युरोपेली अन्वेषक हुन्, जसले फुकेटको बारेमा विस्तृत रूपमा आफ्नो यात्रा अभिलेखमा उल्लेख गरेका थिए ।

२००४ को सुनामी सम्पादन गर्नुहोस्

 
डिसेम्बर २००४ को सुनामी पछीको पटोङ्ग समुद्रीतट.

२६ डिसेम्बर २००४ मा फुकेट तथा नजिकैको क्षेत्रहरूमा सुनामीको कारणले व्यापक नोक्सानी भएको थियो । उक्त सुनामी २००४ को इण्डियन महासागरमा आएको भुक्मपको कारणले आएको थियो ।  सुनामीको छालले अति घना क्षेत्रहरूमा क्षति पुर्‍याएको थियो, जसबाट देश भरीमा ५,३०० जना मानिसहरूको मृत्यु भएको थियो भने दशौ हजार मानिस एसियाली क्षेत्रमा प्रभावित भएका थिए । उक्त घटनामा करिब २५० जना मानिस फुकेटमा मारिएको जनाइएको थियो, जसमा केही विदेशी पर्यटक समेत रहेका थिए ।  

भुगोल सम्पादन गर्नुहोस्

फुकेट थाइल्याण्डको सबैभन्दा ठूलो द्वीप हो । यो दक्षिण थाइल्याण्डको अण्डमान समुद्रमा अवस्थित रहेको छ । यो द्विप लगभग सबै पहाडी रहेको छ जसको पहाडी सीमा द्वीपको पश्चिमबाट उत्तर दक्षिण सम्म रहेको छ ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

 
फुकेटको एओ पोर बन्दरगाहा

यस द्वीपको १६ औँ शताब्दी देखि २० औँ शताब्दीसम्मको मुख्य आम्दानीको श्रोत टीन उत्खन्न रहेको थियो । अहिलेको समयमा फुकेटको अर्थतन्त्र दुई कुरामा अडिएको छ । एक रब्बर खेती तथा पर्यटन । सन् १९८० देखि यस द्वीपको समुद्रीतट मुख्य पर्यटन आकर्षण रहेको छ । २००४ को सुनामीबाट क्षति भएको भवन तथा आकर्षण केन्द्रहरू पुनःस्थापित भइसकेको छ भने हाल फुकेटमा नयाँ होटेल, भवन निर्माण भई शहर व्यापक विस्तार भएको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Phuket", Amazing Thailand, Tourism Authority of Thailand, अन्तिम पहुँच २०१५-०१-०३  = Archive.today अभिलेखिकरण २०१३-०७-०५ मिति