प्राचीन तिब्बती भाषा (तिब्बती: བརྡ་རྙིང་།, वयली: brda rnying) भनेको सम्भोट लिपिको संरचना भन्दा पहिले देखि बोलिन्दै अएको तिब्बती पुरातन क्षेत्रीय भाषालाई बुझिन्छ। तिब्बती साम्राज ठ्री रल्पचनको शासनकालमा भएको सम्भोट लिपिको संशोधन पछि पुरानो तिब्बती भाषाको प्रयोगमा निकै फरक अएको देखिन्छ। यस भाषा बारे १५औं शताब्दीमा क्योगतोन मोनड्रुब लोचावा[१]ले लेख्नुभएको प्राचीन तिब्बती भाषाको शब्दकोश लिशियिगुरखङ जस्ता केहि पुराना शब्दसङ्कलनको लेख बाहेक अरू प्राचीन तिब्बती भाषाको प्रयोग द्वारा लेखिएको लेखरचनाहरू लगभग लुप्त भएको कारण आधुनिक तिब्बती भाषाको व्याकरण जान्ने र बोलिन्नेहरूलाई दूनहुआङ गुफाबाट पाएको प्राचीन तिब्बती भाषाको पाण्डुलिपि इतिहासिक लेखहरू माथि अनुमान लगाउनु बाहेक पूर्णरूपले व्याख्या गर्नुमा निकै ठुलो अनुसन्धानको कठिनाइहरू सामना गर्नु पर्ने देखिएको छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्