डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्।
(पूरा पढ्नुहोस्...)
गुरूप्रसाद मैनाली (जन्म:वि.सं. १९५७, भाद्र शुक्ल चतुर्दशी, मृत्यु:वि.सं. २०२८ साल जेठ २५) नेपाली भाषाका एक प्रसिद्ध साहित्यकार हुन्। सबैले मन पराउने र बुझ्ने खालका कथा थोरै लेखे पनि प्रसिद्ध हुन सकिन्छ भन्ने शिक्षा कथाकार गुरूप्रसाद मैनालीबाट पाउन सकिन्छ।
उनको पुख्र्यौली घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर हो। उनका बाबु जागीरे थिए। जागीरको सिलसिलामा उनका बुबा धनकुटा गएका थिए। त्यही बेलामा धनकुटामा नै गुरूप्रसाद मैनालीको जन्म भएको हो। उनको जन्म वि.सं. १९५७ साल भाद्र शुक्ल चतुर्दशीका दिनमा भएको थियो। उनका बाबुको नाउँ काशीनाथ र आमाको नाउँ काशीरूपादेवी हो।
गुरूप्रसादले धेरै पढ्न सकेनन्। बाबुको जागीर सरुवा हुँदा बाबुसँगसँगै जानुपर्ने भएकाले उनको बसाइ एकै ठाउँमा हुन सकेन। त्यसैले पहिले घरमै
उनले अक्षर चिने, त्यसपछि 'लघुकौमुदी', 'अमरकोश', 'रुद्री', 'दुर्गासप्तशती' आदि पढे। अनि स्रेस्ता पाठशालामा पढे। त्यस बेला नेपालमा धेरै विद्यालय थिएनन्।
पूरा लेख पढ्नुहोस् ...