अमरकोश (अमरकोष) पण्डित अमरसिंह द्वारा रचित संस्कृत भाषा विज्ञान सम्बन्धित पर्यायवाची कोशको पुस्तक हो। यसलाई विश्वको सबभन्दा प्राचीनतम शब्दकोश मानिन्छ। यस भाषाको केवल संस्कृतमा नै सयौं प्रकारका टीकाहरु उपलब्ध छन् । अन्य भाषाहरूमा पनि यस कोशका अनेक पुस्तकहरु छन् । यस प्रकार आजसम्म यो कोश हजारौं लाखौं संस्करणमा छापिएको होलान भन्ने अनुमान गर्न सकिन्छ ।[१] तर यस सम्बन्धी कुनै तथ्य उपलब्ध छैन । संस्कृत भाषाको ज्ञान राख्न चाहनेलाई यो एक प्राथमिक पुस्तक हो र यस पुस्तकमा आफुभन्दा पहिलेका केही कोशको विवरण छ । यस बाहेक केही पुराणहरूमा पनि भाषा विज्ञानको विषय वस्तु पाइन्छन । [२]

अमरकोश

पर्यायवाची कोश सम्पादन गर्नुहोस्

यो संस्कृतका समानार्थी शब्दहरूको काव्यमय सङ्कलन हो । सानो आकारमा छ तर अमरसिंहले त्यसलाई विभिन्न वर्गमा विभाजन गरेका छन्। त्यस विभाजनलाई भाषाशास्त्रीहरूले पनि निश्चित वैज्ञानिक आधार प्रदान गरेको भनेका छन् । स्वयं अमरसिंहले आफ्नो कोशको नाम नामलिंगानुशासन उल्लेख गरेका छन् । अर्थात् यसमा नाम र लिंगका पर्यायवाची (थिसोरस) शब्द छन् । यस कोशको रचना राजा विक्रमादित्यको पालामा भएको मानिन्छ । यस कोशको प्रारम्भमा जुन स्तुति गरिएको छ त्यो भगवान् बुद्धको हो भन्ने मानिन्छ । त्यसैले पनि यो कोशको रचना नेपालमा वौद्धपरम्पराको व्यापकता भएका वखत हुनु पर्दछ या अमरसिंह एक वौद्ध अनुयायी भएको अनुमान र्गन सकिन्छ ।

नवरत्नमध्ये एक सम्पादन गर्नुहोस्

व्याकरण र शब्दकोष निर्माण जस्ता कामहरु विक्रमादित्यको समयमा भएका थिए । उनको दरबारमा विश्वको पहिलो पर्यायवाची कोश (थिसोरस) लेख्ने नेपाली अमरसिंह नौवटा रत्नको रूपमा सम्मानित थिए । अमरसिंह बाहेक धन्वन्तरि, क्षपनक, शंकु, खटकपारा, कालिदास, वैतालभट्ट, वररुचि र वराहमिहिर जस्ता विद्वान्हरु त्यस दरबारका अङ्ग थिए । यी मध्ये प्रत्येक आफ्नो विषयका शीर्षस्थ विद्वान् हुन् । [३] अमरकोशको सुरुमा लेखिएको स्तुति भगवान्् बुद्धको स्तुति हो भन्ने कुरा स्वीकार गरिएको छ । अमरकोशको रचयितालाई काठमाडौँ मूल भएका र उनको नाम अमरसिंह शाक्य हो भन्ने कुरा डा. टीकाराम पन्थीले उल्लेख गरेका छन् ।

अमरकोशको टीका र अनुवादहरू सम्पादन गर्नुहोस्

नेपाली टीका सम्पादन गर्नुहोस्

पं.कुलचन्द्र गौतमले नेपाली भाषामा अमरकोश अनुवाद गरेका छन् ।[४] [५]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. पन्थी, टीकाराम, वि.सं. २०६०, सांस्कृतिक संवीक्षण, रुपन्देही : विश्व हिन्दु महासङ्घ ।
  2. अग्नि पुराण, (अनुवादकको नाम नलेखिएको), गोरखपुर : गीताप्रेस, वि.सं. २०६५ ।
  3. पाण्डेय, राजबली, वि.सं. २०१६, विक्रमादित्य, वाराणसी : चौखम्बा विद्याभवन ।
  4. अमरकोश, मिति नलेखिएको, सं. पं. कुलचन्द्र गौतम, वाराणसी : पं. बालकृष्णचार्य, यशोदा पुस्तकालय । स्वयं कुलचन्द्र गौतम संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए । यस पुस्तकको बनारस संस्करण बाहेक नेपाली संस्करण पनि उपलब्ध छ । नेपाल संस्कृत विश्व विद्यालयले यसैका आधारमा संस्कृत नेपाली शब्दकोश पनि प्रकाशन गरेको छ ।
  5. गौतम, कुलचन्द्, वि.सं.२०५०, संस्कृत नेपाली शब्द कोश, काठमाडौँ : नेपाल संस्कृत व्रिवविद्यालय ।