"बोला माया" नेपाली गायक प्रकाश सपुत, नारायण रायमाझीशान्तिश्री परियारको गीत हो। गीत र साथमा रहेको म्युजिक भिडियोले विदेशमा आफ्ना प्रियजन गुमाउनेको पीडालाई व्यक्त गरेको छ । २०७५ जेठ ३ मा प्रकाशन भएको, गीतले २०७५ टुबोर्ग इमेज अवार्डमा उत्कृष्ट लोक गीत संग्रह जित्यो। म्युजिक भिडियोमा एक युवकको मृत्युपछ उनको शव फिर्ता गरी गर्भवती श्रीमतीलाई दिइन्छ ।

एस गीतमा प्रकाश सपुतले संगीत र रचना गरेका थिए । [१] [२] सपुतले भने कि उनले "गीतमा आफ्नो पीडादायी जीवन साझा गरे"। [१] उनका बुबाले करिब पाँच दशक बिदेश काम गरेर बिताएका थिए। [१] सपुतले आफ्ना साथीहरू र गाउँलेहरूका शव काठमाडौंबाट बागलुङसम्म बोकेर गएको पनि याद छ। [१]

‘बोला माया’ को म्युजिक भिडियो नेपालको बाग्लुङमा छायांकन गरिएको हो । [३]

"बोला माया" युट्युबमा २०७५ जेठ ३ मा प्रकाशन भएको थियो। [४]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ Ghimire, Subhash, "Bola Maya: Story of our national pain" [बोल माया : हाम्रो राष्ट्रिय पीडाको कथा], रीपुब्लिका (अङ्ग्रेजीमा), मूलबाट १ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२० 
  2. "युट्युब ट्रेडिङको नम्बर १ मा ‘बोल माया’ (भिडियोसहित)", सेतोपति, मूलबाट १ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२० 
  3. "युट्युबमा टप ट्रेन्डिङ 'बोल माया', यसकारण चर्चित भयो", अन्नपूर्ण पोस्ट, मूलबाट १ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२० 
  4. "यसरी गाइन् शान्तिश्रीले ‘बोल माया...’", बाह्रखरी, मूलबाट १ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२० 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्