पूँजीवाद (अङ्ग्रेजी: क्यापिटालिजम) सामन्यत यस्तो आर्थिक प्रणाली या तन्त्र हो जसमा उत्पादनको साधनमाथि निजी स्वामित्व हुन्छ। यसलाई कहिले-काहिँ "व्यक्तिगत स्वामित्व"को पर्यायवाचीको रूपमा समेत हेर्ने गरिन्छ। यद्यपि यहाँ "व्यक्तिगत"को अर्थ कुनै व्यक्ति अथवा व्यक्तिहरूको समूह भन्ने पनि बुझिन्छ।

सरकारी प्रणाली अतिरिक्त आफ्नो व्यक्तिगत स्वामित्व हासिल गर्ने कुनै पनि आर्थिक तन्त्रलाई पूँजीवादी तंत्र भनिन्छ। दोश्रो रूपमा यो भनिन्छ कि पूँजीवाद लाभको लागि चलाइन्छ जसमा लगानी, वितरण, आय उत्पादन मूल्य, बजार मूल्य इत्यादिको निर्धारण स्वतन्त्र बजारमा प्रतिस्पर्धाद्वारा निर्धारित हुन्छ।

इतिहाससम्पादन

पूँजीवादको इतिहास मनुष्यको इतिहास जति नै पुरानो छ; प्राचीन मिश्र, कार्थेज, रोम, बेबिलोनिया र यूनानमा व्यक्तिगत सम्पत्ति र एकाधिकारमा आधारित समाजको इतिहास मिल्छ। दासप्रथा जस्तो निजी स्वामित्व चरम स्थिति समेत रहेको थियो।

पूँजीवादी आर्थिक तन्त्रलाई यूरोपमा संस्थागत ढाँचाको रूप सह्रौं शताब्दीमा मिल्न सुरु भयो, जबकी पूँजीवादी प्रणालीको प्रमाण प्राचीन सभ्यताहरूमा पनि पाइन्छ।

ऐडम स्मिथले आफ्नो पुस्तक "द वेक्थ अफ नेसन्स"(१७७६) मा प्राकृतिक आधारमा आर्थिक स्वतन्त्रताको कुरा उठाए, उनले पूँजीवादको नाम लिएका छैनन्। आर्थिक मामिलामा प्राकृतिक स्वतन्त्रता लाई आधार मानेर चल्ने सम्बन्धमा अन्य उदारवादीहरू मा जस्तै उनको पनि विश्वास थियो, कि यदि आर्थिक व्यापारलाई कुनै पनि नियन्त्रणबाट स्वतन्त्र कार्यन्वयन हुन दियो भने, यस स्थिती उत्पादन-वृद्धि आफ्नो चरम सिमामा पुग्छ, तथा सर्वकल्याणकारी राज्यको स्थापनामा सहायता मिल्छ। एडम स्मिथको यो व्यक्तिगत पूँजी र स्वतन्त्र उद्योगको उदारवादी मत आधुनिक पूँजीवादको मेरुदण्ड मानिन्छ।

१८औं शताब्दी मा युरोप को औद्योगिक क्रान्तिको साथ पूँजीवाद लाई नयाँ बल मिल्यो। यसको प्रभावबाट १७७० र १८४० को मध्य आर्थिक र व्यापारिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन भयो। पूर्वकालीन सबै सभ्यता शोषित सर्वहाराको श्रम की नींव पर बनेको थियो। आधुनिक सभ्यता मानवीय आविष्कार तथा यान्त्रिक शक्तिद्वारा निर्मित भएको छ। यान्त्रिक उपकरणको सहायताबाट मनुष्यको उत्पादन क्षमतामा अत्यधिक वृद्धि भयो र निजी उद्योगमा यस उत्पादन-क्षमता-वृद्धिको उपयोग ले पूँजीवाद को विकासलाई अत्यधिक बल दियो।

पूँजीवाद को सिद्धान्त सबैभन्दा पहिले औद्योगिक क्रान्ति को फलस्वरुप कार्ल मार्क्सको सिद्धान्त को व्याख्याको सन्दर्भमा आएको थियो। १९ औ शताब्दी मा केहि जर्मन सिंद्धान्तकारले यस अवधारणा लाई विकसित गर्न आरम्भ गरे जो कार्ल मार्क्स के पूंजीब्याजको सिद्धान्तबाट फरक थियो। २० औ शताब्दी को सुरुवातमा म्याक्स वेबरले यस अवधारणालाई एक सकारात्मक ढंग बाट व्याख्यित गरे। शीत युद्धको दौरान पूंजीवादको अवधारणालाई लिएर निकै बहस चल्यो।

विशेषतासम्पादन

बजारसम्पादन

नाफामुखीसम्पादन

निजी स्वामित्व सम्पत्तिसम्पादन

बजार प्रतिस्पर्धासम्पादन

आर्थिक वृद्धिसम्पादन

उत्पादनको रुपमासम्पादन

आलोचनासम्पादन

नाफामुखीसम्पादन

दासप्रथा सँग तुलनासम्पादन

वातावरणीयसम्पादन

पूर्ति र मागसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन