पाकिस्तान मुस्लिम लिग (नवाज)

पाकिस्तान मुस्लिम लिग (नवाज) उर्दू: (پاکستان مسلم لیگ (ن)‎) पाकिस्तानको एक मध्य-दक्षिणपन्थी र उदार रूढीवादी राजनीतिक दल हो।[१३] पाकिस्तान तहरिके इन्साफपाकिस्तान पिपुल्स पार्टीसँगै यो देशको तीन प्रमुख राजनीतिक दलमध्ये एक हो। सन् १९९३ मा इस्लामी प्रजातान्त्रिक गठबन्धनको विघटनपछि पूर्व प्रधानमन्त्री नवाज शरिफले यो पार्टीको स्थापना गरेका थिए। पार्टीको विचारधारा सामान्यतया रूढीवादी रहेको छ, जसमा स्वतन्त्र बजारको समर्थन[१४] , विनियमन[१५] , कम कर र निजी स्वामित्व समावेश छ।[१६] यद्यपि पार्टीले ऐतिहासिक रूपमा सामाजिक रूढिवादको समर्थन गरेको थियो।[१७] हालैका वर्षहरूमा, पार्टीको राजनीतिक विचारधारा सामाजिक र सांस्कृतिक मुद्दाहरूमा अधिक उदार भएको छ।[१८]

पाकिस्तान मुस्लिम लिग (नवाज)

پاکستان مسلم لیگ (ن)
ن لیگ
नेतानवाज शरिफ
अध्यक्षशहबाज शरिफ[१]
सभापतिराजा जाफर उल हक[२]
महासचिवऐहसान इक्बाल
प्रवक्तामरयम औरङ्जेब
उपाध्यक्षमारयम नवाज
सिनेटको नेताइशक दर
राष्ट्रिय सभाको नेताशहबाज शरिफ
संस्थापकनवाज शरिफ
स्थापना१८ जुलाई १९९२
टुक्रिएकोपाकिस्तान मुस्लिम लिग
पूर्वकालीनइस्लामी जमहुरी इत्तेहाद
प्रमुख कार्यालयलाहोर, पञ्जाब, पाकिस्तान
विद्यार्थी सङ्गठनमुस्लिम विद्यार्थी महासङ्घ[३]
युवा सङ्गठनपाकिस्तान मुस्लिम लिग युवा सङ्गठन
शेर जवान आन्दोलन[४]
महिला सङ्गठनपाकिस्तान मुस्लिम लिग महिला सङ्गठन
विचारधारा
राजनीतिक स्थानमध्य-दक्षिणपन्थी[८][९][१०][११]
राष्ट्रिय सम्बद्धतापाकिस्तान प्रजातान्त्रिक आन्दोलन
रङहरू     हरियो
नाराभोटको इज्जत दो[१२] (अनु. 'मतको सम्मान गर्नुहोस्')
सिनेट
१७ / १००
राष्ट्रिय सभा
८५ / ३४२
पञ्जाब प्रदेश सभासभा खारेज
खैबर पख्तुनख्वा प्रदेश सभासभा खारेज
आजाद कश्मीर प्रदेश सभा
७ / ५३
गिल्गित बल्तिस्तान प्रदेश सभा 
३ / ३३
निर्वाचन चिह्न
Lion
Lion
राजनीतिक दलको झन्डा
वेबसाइट
आधिकारिक वेबसाइट

मूल मुस्लिम लिगका धेरै कार्यरत गुटहरू मध्ये एक, सन् १९८५ को निर्वाचनपछि पार्टीको बीउ रोपिएको थियो जब पाकिस्तानका प्रधानमन्त्री मोहम्मद खान जुनेजोले राष्ट्रपति जिया उल हकको तानाशाहीका समर्थकहरूलाई एउटै पार्टीमा सङ्गठित गरेका थिए, जसलाई पाकिस्तान मुस्लिम लिग भनिन्छ।[१९] सन् १९८८ मा राष्ट्रपति जियाको मृत्यु पछि फिदा मोहम्मद खानको नेतृत्वमा एउटा ठूलो गुट जुनेजो नेतृत्वको पाकिस्तान मुस्लिम लिगबाट अलग भएको थियो र विभिन्न दक्षिणपन्थी र इस्लामी राजनीतिक पार्टीहरूसँग रूढिवादी गठबन्धन बनाएको थियो जसलाई इस्लामी प्रजातान्त्रिक गठबन्धनको नामले चिनिन्थ्यो। गठबन्धनले सन् १९९० मा नवाज शरिफको नेतृत्वमा सरकार गठन गरेको थियो। सन् १९९३ मा, गठबन्धन भङ्ग भएको थियो र पार्टीले आफ्नो वर्तमान आकार ग्रहण गरेको थियो र आफूलाई "जुनेजो" गुटको विपरीत पाकिस्तान मुस्लिम लिगको "नवाज" गुटको रूपमा पुनर्गठित गरेको थियो।

यसको स्थापना पछि, पाकिस्तान मुस्लिम लिग-नवाज, पाकिस्तान पिपुल्स पार्टीसँगै, पाकिस्तानको दुई-दलीय राजनीतिक प्रणालीमा हावी भएको थियो।[२०] तथापि, सन् १९९९ को 'कू' पछि, पार्टीलाई लगभग एक दशकसम्म परवेज मुशर्रफ समर्थित पाकिस्तान मुस्लिम लिग (कायद)द्वारा ग्रहण गरिएको थियो। दलले सन् २००८ को आम निर्वाचनमा लोकप्रियता हासिल गरेको थियो, जब यो प्रमुख विपक्षी दलको रूपमा निर्वाचित भएको थियो। सन् २०१३ को निर्वाचन पछि शरिफ तेस्रो कार्यकालका लागि पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएपछि दल सत्तामा फर्किएको थियो। सन् २०१७ मा प्रधानमन्त्री नवाज शरिफलाई अयोग्य घोषित गरिएपछि पार्टीलाई ठूलो झट्का लागेको थियो। शरिफ र उनकी छोरी मरियमलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएपछि स्थिति झनै बिग्रिएको थियो।[२१]

सन् २०१८ को निर्वाचनमा पार्टीले आफ्नो गढ पञ्जाबको केन्द्र र प्रान्तीय सरकार पाकिस्तान तहरिके इन्साफसँग गुमाएको थियो। सन् २०२२ सम्ममा शरिफका कान्छा भाइ शहबाज शरिफको नेतृत्वमा यो संसदको प्रमुख सत्तारुढ दल बनेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bhatti, Haseeb (२१ फेब्रुअरी २०१८), "'Person disqualified under Articles 62, 63 ineligible to head political party,' SC rules", Dawn, मूलबाट २१ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१८ 
  2. "Raja Zafarul Haq meets Senate chairman", The News International (newspaper), १८ जुलाई २०१९, अन्तिम पहुँच १ सेप्टेम्बर २०२१ 
  3. "Political parties in Pakistan: Roots, fruit & juice", Dawn, २ मे २०१३, अन्तिम पहुँच २१ अक्टोबर २०२१ 
  4. "PML-N to launch 'Sher Jawan' movement today", The Nation (newspaper), १० नोभेम्बर २०२०। 
  5. Col Y Udaya Chandar (Retd), सम्पादक (२०१८), Independent India s All the Seven Wars, Notion Press, आइएसबिएन 9781948473224, "... Over the next decade, she alternated power with the conservative Pakistan Muslim League-N(PML(N)) led by Nawaz Sharif, as the country's political and economic situation deteriorated. ..." 
  6. https://nation.com.pk/16-May-2013/incoming-pml-n-govt-to-truly-reflect-federalism
  7. "Explainer: Pakistan's main political parties", Al-Jazeera, ६ मे २०१३। 
  8. "Sharif declares victory for his party in Pakistan vote", Hindustan Times, १२ मे २०१३, मूलबाट १२ अगस्ट २०१७-मा सङ्ग्रहित। 
  9. Nawaz Sharif declares his party victorious in Pakistan vote, Al Arabiya, ११ मे २०१३, मूलबाट १२ मे २०१३-मा सङ्ग्रहित। 
  10. "Nawaz Sharif Set for Third Term as PM", India Times, १२ मे २०१३, मूलबाट १२ मे २०१३-मा सङ्ग्रहित। 
  11. Vineeta Yadav, सम्पादक (२०२१), Religious Parties and the Politics of Civil Liberties, Oxford University Press, पृ: २१८, आइएसबिएन 978-0-19-754538-6, "... Instead, it has formed postelection coalitions with the center-left Pakistan People's Party (PPP) and the center-right PML-N party to enter government. ..." 
  12. "'Vote ko izzat do' is PML-N's slogan in next election: PM", Daily Times (newspaper), २२ अप्रिल २०१८, अन्तिम पहुँच २२ अप्रिल २०२२  वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २०२२ मिति
  13. Haleem, Safia (२०१३), "The Struggle for Power", Culture Smart! Pakistan, London: Kuperard, आइएसबिएन 978-1857336788 
  14. "Nawaz Sharif selects his 25-member cabinet", Country.eiu.com, अन्तिम पहुँच २०२२-०३-१६ 
  15. "Revisiting Nawaz Sharif I, II & III: A mixed legacy", ६ अगस्ट २०१७। 
  16. "Agricultural and Rural Development", pmln.org, मूलबाट ११ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण ११ सेप्टेम्बर २०१६ मिति
  17. "Privatisation and the PML-N – Business Recorder" 
  18. "Nawaz Sharif defies clerics", Washington Post 
  19. "Past Electorals", Past Electorals, मूलबाट १९ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१३ मिति
  20. "National Assembly general election results 1988-1997", Pakistan Election Commission, Election Commission of Pakistan, मूलबाट २८ अगस्ट २०१७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २८ अगस्ट २०१७ मिति
  21. "Nawaz, Maryam and Safdar released from Adiala jail after IHC suspends Avenfield sentences", Dawn (newspaper), १९ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २८ जुलाई २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्