भगवान विष्णूका दश अवतार मध्ये परशुराम अवतार भएको धाम डडेल्धुरा जिल्लाको परशुराम न पा वा नं ५ अन्तरगत महाकाली नदिको किनारमा एला नदिको संगम संगै रहेको छ ।एलाया:संगम्ं पुण्यम जामदग्न्याश्रमं शुभम। एकातिर चूरे पर्वत शृङ्खला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ । स्कन्द पुराणको मानस उल्लेख भए अनुसार नजीकै रहेको पूर्णागिरी मन्दिर सतिदेवीको पूर्ण अङ्ग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका हुन् । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको हो । महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढुंगामा बसेर भगवान शिव र विभिन्न ऋषिहरूले तपस्या गरेको उल्लेख गरिएको पुराणमा सबै धामको पुण्य परशुराम धामबाट पाउन सकिने उल्लेख समेत गरिएको छ । स्कन्द पुराणको मानस खण्डमा उल्लेख भए अनुसार महाकाली नदिको दक्षिण तर्फ एलाको संगममा अवस्थित परशुराम क्षेत्रका बिषय तीनलोकमा चर्चा छ। जामदन्यं समं क्षेत्रम त्रैलोक्येन मयिक्षितम । यत्र स्नात्वा भवेतस्मात प्रीयो देवस्य चक्रीण।। परशुरामतीर्थ मा परशुरामजीले चिरञ्जीवीको वरदान पाएका थिए । भगवान शिवको कठोर तपस्या गरि फर्सा प्राप्त गरेका थिए। भगवानको अवतार धारण गरेको, चिरञ्जीवीको वरदान प्राप्त गरेकाले तीनलोकमा कहि नभएको परशुराम तीर्थ छ भनिएको छ। परशुरामतीर्थमा महाकाली नदि स्नान गंगा स्नानको भन्दा सय गुणा बढी पुण्य प्राप्त हुन्छ। परशुरामतीर्थमा स्नानको निकै ठूलो महत्व छ। माघ स्नानलाई विशेष रुपमा लिइन्छ। मकर स्नान गर्नका लागि पुस मसान्तमा जाग्राम बसि मकर उदय संगै स्नान गर्ने गरिन्छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्