पारथ भण्डारी, पार्थ भण्डारी वा पारथ भँडारी नेपाल तिब्बत युद्धमा भाग लिने सैनिक अधिकारी हुन् ।

जीवन सम्पादन गर्नुहोस्

उनी सुब्बा पदका अधिकारी थिए । उनले पहिलो नेपाल तिब्बत युद्धमा कमाण्डर श्रीकृष्ण शाह (चौतारिया)को नेतृत्वपक्षमा अन्य व्यक्तित्व जस्तै काजी रणजीत पाण्डे, कप्तान श्रीहर्ष पन्त, कप्तान नाहरसिंह बस्नेत र कप्तान शिवनारायण खत्रीसँगै भाग लिएका थिए ।[१]

उनी पर्वत राज्यका सैनिक अधिकारी थिए । लखाजुङ्गको युद्धपछि वि.सं. १८२३ मा उनी गोरखा राज्यमा भर्ती भए । उनलाई विदेशी सैनिक भएकोले सरदारी मान दिइएको थिएन् ।[२]

स्रोत सम्पादन गर्नुहोस्