पम्फा भुसाल
पम्फा भूषाल नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष हुन् । उनी नेकपा केन्द्रका प्रवक्ता समेत हुन् ।
पम्फा भुसाल | |
---|---|
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री | |
पद बहाली 12 July 2021 | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | शेरबहादुर देउवा |
पूर्वाधिकारी | शरतसिंह भण्डारी |
Member of Parliament, Pratinidhi Sabha | |
पद बहाली 4 March 2018 | |
पूर्वाधिकारी | Madan Bahadur Amatya |
निर्वाचन क्षेत्र | Lalitpur 3 |
Member of Constituent Assembly | |
कार्यकाल 28 May 2008 – 28 May 2012 | |
पूर्वाधिकारी | Raghuji Pant |
उतराधिकारी | Madan Bahadur Amatya |
निर्वाचन क्षेत्र | Lalitpur 3 |
व्यक्तिगत विवरण | |
जन्म | २०१९ साल साउन ४ गते अर्घाखाँची |
राष्ट्रियता | Nepali |
राजनीतिक दल | नेकपा (माओवादी केन्द्र) |
अन्य राजनीतिक संलग्नता | CPN (Fourth Convention) CPN (Mashal) Samyukta Janamorcha |
पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्य पनि थिइन् । प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट विजयी भइन ।
राजनीति सुरुवात
सम्पादन गर्नुहोस्जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी भुसालले विक्रम सम्बत २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन् । २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन् । फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउछिन् ।
विद्युत उपनामले चिनिने भुसाल ५ दिदीबहिनी र एक भाइमा साहिली हुन् ।[स्रोत नखुलेको]
औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन्। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्।[१]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्पम्फा भुसालको बारेमा त्रिभुबन बिश्वबिद्यालयमा गरेको शोध :- https://kalopati.com/2021/09/14212