नौमुठे गाई
नौमुठे गाई या अछामी गाई नेपालमा पाइने सानो जातको गाई हो [१] । यो गाईको प्रजाति लोपोन्मुख स्थितीमा रहेको छ [२]। यस गाईको प्रजातिलाई 'नौमुठे गाई' भनिनुको कारण यसको उचाई लगभग नौमुठी हुनु हो । यो गाईको प्रजाति नेपालको अछाम जिल्लामा पाइन्छ । साथै यो गाईलाई छोरीको विवाहमा दाइजो स्वरूप दिने चलनले गर्दा अन्य जिल्लाहरूमा समेत पाइन्छ ।[३]
महत्त्व
सम्पादन गर्नुहोस्यो गाई सानो रहेकोले पाल्न सहज हुने मानिन्छ । यस प्रजातिका गाईहरूले एक वेतमा करिब २०० लिटरसम्म दुध दिन्छन् । धार्मिक पर्व तथा तिर्थ ब्रतमा यसको आवश्यक मानिन्छ । यस प्रजातिको गाईको दुध तथा गहुँतलाई औषधि जन्यरूपमा पनि लिइन्छ ।
पाइने स्थान
सम्पादन गर्नुहोस्नेपालको अछाम जिल्ला [४], बाजुरा [५] जिल्ला लगायत नेपालको मध्य पश्चिमी भेग ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ 10 Sep 2017, "गौ पूजाका लागि ‘नौ मुठे’ गाई", http://ujyaaloonline.com, Ujyalo News Network, अन्तिम पहुँच १० Sep २०१७। वेब्याक मेसिन अभिलेखिकरण १५ जुन २०१६ मिति
- ↑ Sanjib, Chaudhary (१० सेप्टेम्बर २०१७), "संसारकै सबैभन्दा सानो प्रजातिको गाईको सङ्ख्या घट्दो", Global Voices, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७।
- ↑ "नौमुठे गाईको उचति संरक्षण नहुँदा लोप हुने चिन्ता", मेचिकाली डट कम।[स्थायी मृत कडी]
- ↑ "विश्वकै होचो गाई लोपोन्मुख", सोलु अनलाइन, १० सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७।[स्थायी मृत कडी]
- ↑ "बाजुरामा नौ मुठे गाई लोपउन्मुख अवस्थामा", नेपाली किसान, १० Sep २०१७, अन्तिम पहुँच १० Sep २०१७।[स्थायी मृत कडी]