नेपाल राष्ट्रिय खेलकुदको ट्रफी

नेपाल राष्ट्रिय खेलकुदको ट्रफिको २०७९ भदौ ३१ गते प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका माझ प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर बनाईएको रनिङ ट्रफी लगातार तिन संस्करण विजेता टोलीले स्थायी रुपमा पाउनेछ । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ[१]

नेपाल राष्ट्रिय खेलकुदको ट्रफी
Awarded forनेपाल राष्ट्रिय खेलकुदको विजेतालाई प्रदान गरिन्छ ।

ट्रफिको डिजाइन नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठले गरेका हुन् । नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याएको थियो ।

पहिलो ट्रफी टुर सम्पादन गर्नुहोस्

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको थियो । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका थिए ।

ट्रफी टुर
  • भदौ ३१ गते सुदुरपश्चिम प्रदेशमा लगिने (बिहान ८ बजे मुख्यमन्त्रीबाट सार्वजनिक गरिने[२]।)
  • असोज २ गते लुम्बिनी प्रदेशमा लगिने (मुख्यमन्त्रीबाट सार्वजनिक गरि मायादेवी मन्दिरमा फोटो सेसनमा राखिएको)
  • असोज ३ गते बागमती प्रदेशको हेटौंडामा राखिएको
  • असोज ८ गते प्रदेश १ मा लगिएको
  • असोज ११ गते कर्णाली प्रदेशमा लगिएको
  • असोज १३ गते मधेश प्रदेशमा लगिने जानकी मन्दिरमा राखिएको
  • असोज २३ गते गण्डकी प्रदेशमा बाजागाजासहित नगर परिक्रमा गरि २८ असोजमा उद्घाटनमा पुनः रंगशाला राखिएको।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। २०७९", nepalkhabar.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ ३१, २०७९ 
  2. "नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा। २०७९", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, असोज ०८, २०७९ 

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्