नेपालको आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ। नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन्।

इतिहास सम्पादन गर्नुहोस्

सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, विचार, अनुभव,भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ। यसर्थ एकअर्काबीच सूचना, विचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ। सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो। तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो।

सञ्चार भन्ने शब्दमा आम अर्थात अंगे्रजीको कम्युनिकेशनमा मास जोडिएर आमसञ्चार बनेको हो।'आम'को अर्थ धेरै भन्ने हुन्छ। अङ्ग्रेजीको मास शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ।जहाँ असंख्य मानिसहरू छन् भन्ने अर्थ दिन्छ। तसर्थ आमसञ्चारका साधनहरूले परापूर्वकालदेखि सुरुभएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स आदि जस्ता सबै सञ्चार साधनहरूलाई जनाउँछ। अघिल्लो चरण पहिलेको आमसञ्चार अन्तर्गत पर्‍यो भने त्यसपछिका नयाँ प्रविधिहरू विकसित आमसञ्चारका माध्यम अर्न्तगत पर्दछन्।

एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशको रूपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ। [१] निचोडमा आम सञ्चार भन्नाले अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै हो। कुनै विचार,भावना,सन्देश वा सूचनालाई सामूहिक रूपमा एउटाबाट अर्कोसम्म पुर्‍याउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ।आमसञ्चारको उद्देश्य भनेको कुनै विचार वा सन्देशलाई ती व्यक्तिसम्म पुर्‍याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन्।

तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो।त्यसपछि मद्रण युगको आरम्भ भयो। लेखन मुद्रणको साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो। परापूर्वकालदेखि आज पनि सार्वजनिक वा महत्त्वका सूचनाहरू सर्बसाधरणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो। आजको पत्रकारिता वैज्ञानिक युगको सामुहिक देन हो। कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ।मुख्य त छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको हो।

नेपालमा पत्रकारिता सम्पादन गर्नुहोस्

मूल लेख नेपालको पत्रकारिताको इतिहास

विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ। नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो। भारतभन्दा झन्डै तीन सयवर्ष पछाडी मात्र नेपालमा छापाखानाले प्रवेश गरेको हो। भारतमा सन् १५५०मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८ (सन् १८५१) तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्यायपछि मात्र विधिवत् रूपले प्रवेश पायो। यसैलाई गिद्धेप्रेस भनिन्छ। गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्धे प्रेस भनिदै आएको हो। फेरी पनि छापाखाना नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ। यसपछिको अर्को छापाखानाको नाम हो “मनोरञ्जन छापाखाना”। गिद्धेप्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याईएको थियो। यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो। साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थाले। यसै बीच उनको १९५२मा निधन भएपनि पण्डित नरराजहरूले १९५५मा सुधासागर प्रकाशित गरे गरे।जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो। यसअघि वि.सं.१९४२ मा“गोर्खा भारत जीवन” नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए। यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यसको विकासक्रम भएको देखिन्छ। यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ। नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाईन्छ।“सुधासागर”पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका “गोर्खा पत्र” हो। यो सन् १९०१मा प्रकाशित भएको थियो। [२]

पुस्तक सम्पादन गर्नुहोस्

मूल लेख नेपालको पुस्तक प्रकाशनको इतिहास

पुस्तक नेपालको सबैभन्दा पुरानो र जेठो आमसञ्चार माध्यम मानिन्छ। नेपाली भाषाको पहिलो पुस्तक कुन थियो भन्ने बारे अहिलेसम्म यकिन हुन सकेको छैन। यद्यपि प्राचीन समयमा हस्तलिखित रूपमा रहेका पुस्तकहरू प्रचलनमा रहेको इतिहासले देखाउँछ। नेपालमा छापिएको पहिलो गैर धार्मिक पुस्तक भनें मुलुकी ऐन थियो। यो १९२९ देखि ३१ सम्ममा छापिएको विश्वास गरिन्छ।

छापाखाना सम्पादन गर्नुहोस्

मूल लेख नेपालको छापाखानाको इतिहास

बिक्रम सम्बत १९०८मा जंगबहादुरले बेलायतबाट ल्याएको गिद्दे प्रेस नै नेपालमा पहिलो छापाखाना मानिन्छ। यो छापाखाना धेरै वर्ष पछि मात्र प्रयोगमा आएको थियो । यो छापाखाना स्थापना भएपछि नेपालको मुद्रण क्षेत्रमा क्रान्ति आएको थियो।

पत्रपत्रिका सम्पादन गर्नुहोस्

मूल लेख नेपालको पत्रपत्रिकाको इतिहास

नेपाली भाषाको पहिलो पत्रिका भनेर गोर्खा भारत जीवन लाई चिनिन्छ। यो भारतको बनारसबाट बिक्रम सम्बत् १९४५ देखि १९५०को बीचमा प्रकाशित भएको थियो।

रेडियो सम्पादन गर्नुहोस्

मूल लेख नेपालको रेडियोको इतिहास

नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ। विक्रम सम्बत २००७को क्रान्तिका कालमा नारदमुनी थुलुङको नेतृत्त्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रसारण भएको थियो। पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालन भएको थियो। तारिणीप्रसाद कोइरालाले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो। प्रजातन्त्रको स्थापना पश्चात २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौँबाट नेपाल रेडियोको स्थापना गरिएको थियो। जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रूपमा सञ्चालित छ। सुरूमा सर्ट वेभमा प्रसारण सुरू गरेको रेडियो नेपालले अहिले मिडियम वेभ र एफ एमबाट प्रसारण गर्ने गर्दछ।

त्यस बाहेक देशभर करिव ३०० वटा एफ एम रेडियो स्टेशनहरू सञ्चालनमा रहेका छन्।

[३]

टेलिभिजन सम्पादन गर्नुहोस्

मूल लेख नेपालको टेलिभिजनको इतिहास

समाचार एजेन्सी सम्पादन गर्नुहोस्

मूल लेख राष्ट्रिय समाचार समिति

चलचित्र सम्पादन गर्नुहोस्

मूल लेख अनलाईन पत्रकारिता

प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्टि सञ्चारमाध्यममहरू धेरै अगाडि नै अनलाईन संस्करणमा गएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिंदैन। १९९३ बाट अनलाईन पत्रकारीताको विकासले तिव्रता पाएको थियो। नेपालमा पनि सन १९९५ मै अनलाईन पत्रकारीताको प्रारम्भ भइसकेको थियो।

नेपालमा अनलाईन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ। उसले सन् १९९५मा साउथ–एसिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाई आफ्नो साइटमा राखेर अनलाईन पत्रकारीताको प्रारम्भ गरेको थियो। अहिले अनलाईनहरु धेरै नै भइसकेका छन् । विश्वसनिय अनलाइन भने धेरै छैनन्। setopati.com र pahilopost.com ले अनलाइन पत्रकारितामा नयाँ धार सुरु गरेका छन्। आफै रिपोर्टर राख्ने देखि बाइलाइन राखेर समाचार लेख्न काम यी अनलाइनले सुरु गरेका हुन्। Ekantipur.com, nagariknews.com, onlinekhabar.com, stimnews.com , ratopati.com, radiosarangi.com, osnepal.com लगायतका अनलाईनहरु सन्चालनमा रहेका छन् । बिटमा आधारित रहेर अनलाइन सञ्चालन गर्ने लहर समेत नेपालमा चलेको छ । पछिल्लो समय विशेष गरी आर्थिक बिटका राम्रा अनलाइन समेत संचालनमा आएका छन् । नेपालको आर्थिक अनलाइन न्यूज पोर्टलमा बिजशाला डटकम(bizshala.com)ले नयाँ धारको सुरुवात गरेको मानिन्छ । यस्तै, महिलाहरूको मात्र समाचार प्रकाशन गर्ने फरक उद्देश्य राखेर नेपालबाटै पछिल्लो समय नेप्लिज वुमन डटकम (Nepalesewomwn.com) नामको अनलाइन पोर्टल समेत प्रकाशन भएको छ ।त्यसैगरी जलश्रोतलाई प्राथमिकतामा राख्दै , खानेपानी ,सिँचाई र जलविद्युतको क्षेत्रलाई आफ्नो मु्ख्य विषय वनाउँदै जलसरोकार डटकम (www.jalsarokar.com) ले विकासपत्रकारिताको फरक सुरुवात गरेको छ ।

ब्लग सम्पादन गर्नुहोस्

मूल लेख नेपाली ब्लग साईटहरू

नेपालमा ब्लग साइटहरूमा समाचारको निकै बाहुल्य पाइन्छ। कतिपय ब्लग साइटहरू त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन्। त्यसैले ब्लगहरू पनि नेपालमा समाचारका माध्यम बन्न थालेका छन्। यद्यपि ब्लग समाचार साइट होइन। ब्लग व्यक्तिले आफ्नो दैनिकी लेखेर वेवमा प्रकाशित गर्ने पद्दति हो। वेब-लग शब्दबाट ब्लग बनेको हो। विभिन्न सञ्चारकर्मी, भाषाकर्मी आदिले ब्लग सञ्चालन गरेका छन्।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्