नेपालको पत्रकारिताको इतिहास
नेपालमा पहिलो पटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको थियो। [१][२] सुधा सागर वि सं १९५५ साउनमा प्रकाशन भएको थियो। [३]
नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन सुरू गरेपछि यसले नयाँ मोड लिएको थियो।[३] गोरखापत्रको प्रकाशन राणा प्रधानमन्त्री देवसम्शेरले १९५८ जेष्ठ बदी २ (२४ बैशाख १९५८) मा सुरू गरेका थिए। [४] त्यसैको आधारमा बैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसको रूपमा मनाइन्छ।[५]
नेपालमा प्रकाशित भएको पत्रिकाको आधारमा पत्रकारिताको इतिहास भन्ने गरिए तापनि नेपाली भाषाको पहिलो पत्रिका भने भारतबाट प्रकाशित भएको गोर्खा भारत जीवन हो। यो पत्रिका मोतिराम भट्ट र रामकृष्ण बर्मा मिलेर प्रकाशित गरेका थिए। [५]
क्रमिक विकासको रूपमा नेपालको पत्रकारिताको इतिहासलाई विभिन्न चरणमा विभाजन गर्न सकिन्छ।
२००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका "आवाज" प्रकाशित भएको थियो ।
- परम्परागत सञ्चार प्रणाली
- राणाकाल
- प्रजातन्त्र काल
- पञ्चायत काल
- बहुदलीय संसदीय काल
- राजाको प्रत्यक्ष शासनकाल
- गणतन्त्रकाल[६]
सम्बन्धित लेखहरू
सम्पादन गर्नुहोस्यो पनि पढ्नुहोस्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नेपाली साहित्यिक पत्रकारिताको इतिहास"। লেখা " http://gorkhapatraonline.com/news/3791" উপেক্ষা করা হয়েছে (सहायता); गोरखापत्र अनलाइन
- ↑ "प्रविधि र पत्रकारिता"। লেখা " http://www.radiotulsipur.com.np/news-details/377/2016-12-29" উপেক্ষা করা হয়েছে (सहायता); रेडियो तुल्सीपुर
- ↑ ३.० ३.१ नेपाली साहित्यिक पत्र-पत्रिका संक्षिप्त ग्रन्थकोश, प्रेस काउन्सिल नेपाल, पृ: क।
- ↑ "पत्रकारिता दिवस र गोरखापत्र"। লেখা " http://gorkhapatraonline.com/news/24095" উপেক্ষা করা হয়েছে (सहायता); गोरखापत्र
- ↑ ५.० ५.१ "पत्रकारिताको इतिहासमा दोहोरिएको खोट"। লেখা " https://www.kantipurdaily.com/Blog/2016/05/06/20160506133749.html" উপেক্ষা করা হয়েছে (सहायता); कान्तिपुर दैनिक
- ↑ "History of Nepali Journalism"। লেখা " http://npi10month.blogspot.com/2010/02/history-of-nepali-journalism.html" উপেক্ষা করা হয়েছে (सहायता); नेपाल प्रेस इन्स्टिच्यूटको ब्लग