नासो (कथा)
नासो साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। 'नासो' मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो। नासो कथासङ्ग्रहमा सङ्ग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट छ ।
लेखक | गुरुप्रसाद मैनाली |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | कथासङ्ग्रह |
प्रकाशक | साझा प्रकाशन |
आइएसबिएन | 978-9937-32-189-1 |
पात्रहरु
सम्पादन गर्नुहोस्देवीरमन, सुभद्रा, लक्ष्मी, सुशील, नौली आदि
सङ्क्षेपीकरण
सम्पादन गर्नुहोस्घरमा प्रशस्त सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडामा सुभद्राजस्ती गृहलक्ष्मीले आफ्ना पति देवीरमणलाई दोस्रो विवाह गर्न लगाउँछन् । सौता भित्र्याउन दिएको सहज अनुमति तथा पछि त्यही सौताको अभद्र व्यवहारबाट झैँझगडा खप्न नसकी सुभद्रा गौरीघाटमा रहेकी फुपूको शरण लिन पुग्छिन् । सन्तान भए पनि देवीमरणको दोस्रो श्रीमती लक्ष्मी विरामि पर्छिन् र सुभद्रा पुन: घर फिर्छिन्, दोस्रो श्रीमतीबाट भएको सन्तान सुशील सुभद्राको हातमा सुम्पेर लक्ष्मी प्राण त्याग गर्छिन्। यसरी छोरो सुशील एक नासो भएको कथाले अर्थबोध गराउँछ । एक नारीको विषय वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा प्रस्तुत गरेका छन् । [१]
विषयवस्तु
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ आधुनिक कथासर्जक मैनाली र कथादिवस[स्थायी मृत कडी] डिल्लीराम मिश्र, फागुन, २०६५