नागदह
नागदह नेपालको मध्यमाञ्चल विकास क्षेत्र बागमती अञ्चल, ललितपुर जिल्लाको धापाखेलस्थित सांस्कृतिक महत्त्वको पोखरी हो । विसं २०२१को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको छ । समिति गठन भएपछि नागदह वरिपरि वृक्षरोपण, वर्षायामको भलपानी पोखरीमा नपसोस् भनेर निकासको व्यवस्था र पोखरी वरिपरि बाटो निर्माण गर्न सुरू गरिएको छ । पोखरीमा माछापालन पनि गरिएको छ । नागदह अवलोकन गर्न आउने आगन्तुक गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाईएको छ । मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौँ उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ । काठमाडौँ उपत्यकाको सबै पानी सुकेपछि नागहरू यो दहमा आई बसेकाले यसको नाम नागदह रहेको बताइन्छ । सो दहमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लागने गरेको छ । [१]
नागदह | |
---|---|
रहेको स्थान | ललितपुर जिल्ला, धापाखेल गाविस |
भौगोलिक निर्देशांक | २७°३८′५५″N ८५°१६′५५″E / २७.६४८७°N ८५.२८२०°Eनिर्देशाङ्कहरू: २७°३८′५५″N ८५°१६′५५″E / २७.६४८७°N ८५.२८२०°E |
तालको प्रकार | ताजापानी |
सिंचित क्षेत्र | नेपाल |
जम्ने | नजम्ने |
बसोबास | धापाखेल |
सन्दर्भसामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नागदह अतिक्रमणको चपेटामा वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
नागदहमा रहेको नागको मुर्ति
-
नागदह
-
नागदहमा रहेको नागको मुर्ति