नरेन्द्र चापागाईं
नरेन्द्र चापागाईं एक नेपाली साहित्यकार हुन् । नेपाली भाषामा छापिएका उनका कृतिहरू बजारमा पाइन्छन् ।
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्कोशी अञ्चलको भोजपुर जिल्ला अन्तर्गत पर्ने दिङ्लामा जन्मिएका डा.नरेन्द्र चापागाईं (२००३- )ले २०२० सालमा उत्तरमध्यमा, २०२३ सालमा शास्त्री, २०२६ सालमा नेपालीमा स्नातकोत्तर, २०५६ सालमा बी.एड्. र २०५५ सालमा अनुकरणात्मक शब्दको व्याकरण विषयमा विद्यावारिधि गरेको देखिज्छ । [१] दिङ्लामै लघुकौमुदी, अमरकोश, अनुवादचन्द्रिका आदि पढिसकेर चापागाईँ २०१६ सालमा तत्कालीन पिण्डेश्वर महाविद्यालय धरानमा अध्ययन गर्न आएको देखिन्छ ।
प्राध्यापक जीवन
सम्पादन गर्नुहोस्चापागाईँले २०३३ सालदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र मोरङ क्याम्पस विराटनगरमा सहायक प्रध्यापक पदबाट प्रध्यापन सेवामा प्रवेश गरेको पाइन्छ । सहायक प्रध्यापकबाट पदोन्नति हुँदै प्राध्यापक जस्तो गरिमामय पदमा पुग्ने व्यक्तिहरूमध्ये उनी पनि एक हुन् । कार्यरत अवस्थामै उनको देहावसान भएको देखिन्छ । सुरुका दिनमा महेन्द्र मोरङ क्याम्पस र त्यसपछि विराटनगरकै स्नातकोत्तर क्यम्पसमा अध्यापन गरेका चापागाईँको सरल र शालीन प्रध्यापकीय व्यक्तित्वका बारेमा उनका पूर्व विद्यार्थी साहित्यकार उपेन्द्र पागल भन्छन् - कक्षामा नबुझेका या त छुट भएका पाठहरूका सन्दर्भमा कक्षा बाहिर पनि विद्यार्थीहरूले प्रश्न राख्दा उहाँ स्नातकोत्तर क्याम्पसको गेटखेखि बस बिसाउनीसम्म आफ्ना विद्यार्थीहरूका समस्यालाई झर्को नमानीकन बुझाइदिनुहुन्थ्यो । [२]
डा.नरेन्द्र चापागाईँका बारेमा प्राज्ञ दधिराज सुवेदीको विचार यसतो छ - एक समय उहाँ स्नातकोत्तर क्याम्पस विराटनगरको गहना मानिनुहुन्थ्यो ।मिहिनेतका साथ बुझाएर पढाउने गुरुको कक्षा लिन विद्यार्थीहरु सधैं उत्साहित रहन्थे । .....साहित्यकार, कलाकार, शिक्षक, प्राध्यापक, विद्यार्थी, अध्येता एवं अनुसन्धाताहरूले उहाँलाई कहिल्यै छाडेनन् । [३]
साहित्य यात्रा
सम्पादन गर्नुहोस्कृति
सम्पादन गर्नुहोस्प्रा.डा.नरेन्द्र चापागाईंका प्रकाशित कृतिहरू यसप्रकार रहेका पाइन्छन् :-
- शब्द, वाक्य र अभिव्यक्ति (व्याकरण रचना २०३२),
- भाषातत्त्व (२०३३),
- वाक्यतत्त्व (२०३४),
- उपन्यास शिल्प (२०३४),
- केही कृति केही प्रतिकृति (२०३८),
- नवीन व्याकरण तथा रचना (२०४१),
- आधुनिक नेपाली व्याकरण तथा रचना (२०४२),
- केही सृष्टि केही दृष्टि (?),
- मेरा नानीहरू (बालकाव्य २०४४),
- केही झिल्का केही फिलुङ्गा (२०४५),
- केही भाषा केही साहित्य (२०४५),
- पूर्वाञ्चल समालोचना सङ्ग्रह (सम्पादन २०४६),
- केही सिद्धान्त केही विश्लेषण (२०५१),
- बी.पी. कोइरालाको समग्र अध्ययन (२०५१),
- काव्य समालोचना (२०५१)
- अनुकरणात्मक शब्दको व्युत्पत्ति र स्रोत विश्लेषण (२०५४) ।
- डा.नरेन्द्र चापागाईँका निबन्ध (२०६२) । [४]
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखककोश पृष्ठ ३४२, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
- ↑ तिमसिना, अनिरुद्ध (सम्पा. २०६३), प्राग्ज्योति, वर्ष १ अङ्क १ पृष्ठ १३, विराटनगर : डा.नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठान
- ↑ तिमसिना, अनिरुद्ध (सम्पा. २०६३), प्राग्ज्योति, वर्ष १ अङ्क १ पृष्ठ ३३, विराटनगर : डा.नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठान
- ↑ सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति पृष्ठ २३२, वाराणसी - भूमिका प्रकाशन