नन्दीग्राम (बङ्गाली: নন্দীগ্রাম উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[]

नन्दीग्राम
নন্দীগ্রাম
नन्दीग्राम is located in बङ्गलादेश
नन्दीग्राम
नन्दीग्राम
बङ्गलादेशको नक्शामा नन्दीग्राम उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°४०′उ॰ ८९°१४′पू॰ / २४.६६७°N ८९.२३३°E / 24.667; 89.233निर्देशाङ्कहरू: २४°४०′उ॰ ८९°१४′पू॰ / २४.६६७°N ८९.२३३°E / 24.667; 89.233
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाबगुडा जिल्ला
क्षेत्रफल
 • जम्मा२६५.२२ किमी (१०२.४० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१८०,८०२
 • घनत्व६८०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक कोड
५८६०
वेबसाइटnondigram.bogra.gov.bd

नन्दीग्राम उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३५' देखि २५°४८' उत्तर अक्षांश र ८९°०८' देखि ८९°२१' पूर्वी देशान्तरणमा अवस्थित छ। नन्दीग्राम उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६५.४७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई शाजाहानपुरकाहालु उपजिल्लाले उत्तर, सिङ्डा उपजिल्लाले दक्षिण, शेरपुर उपजिल्लाले पूर्व र आदमदिघी, रानीनगरसिङ्डा उपजिल्लाले पश्चिमबाट घेरेको छ। नगर नदि यस उपजिल्लाको प्रमुख नदि हो।

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा देश व्यापी रूपमा शुरू भएको थियो भने २८ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गत पर्ने बोमन गाउँमा आक्रमण गरी १५७ सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। बङ्गलादेश मुक्ति अभियानका समयमा पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच यस उपजिल्लामा भएको प्रत्यक्ष गोली हानाहानमा एक बङ्गाली लडाकुको ज्यान गएको थियो। नन्दीग्राम उपजिल्लन ८ डिसेम्बरका दिन स्वतन्त्र भएको थियो।

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १७८१५५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८५६९० छ भने महिलाको जनसङ्ख्या ८२४६५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४६३९८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २१६८३ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ६६ रहेको छ। यस उपजिल्लामा सन्थल र ओरोन जनजातिहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३७१ मस्जिद, २६ मन्दिरहरू रहेका छन्। ओमरपुरहाट जामे मस्जिद, रङ्बाघा जामे मस्जिद, चन मोकमताला जामे मस्जिद आदि यस उपजिल्लाका प्रख्यात धार्मिक स्थलहरू हुन्।

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, जुट, गहुँ, आलु, उखु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा आँप, कटहर, केरा, मेवा आदि फलफूलको उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बरफ उद्योग, गहुँ पिसानी केन्द्र, चिस्यान केन्द्र पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आलु, धान, मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा २५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २ माछापालन केन्द्र, ७९ कुखुरा पालन केन्द्र, ३ दुग्ध सङ्कलन केन्द्र र १० कुखुरा पालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८१.९४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै १.६५% मजदुरी, व्यापार र उद्योगमा ०.२२%, वाणिज्यमा ७.५४%, सञ्चार र यातायातमा १.५०%, निर्माण क्षेत्रमा ०.३१%, सुविधा २.८२%, धार्मिक सेवा ०.१४% र अन्य ३.७४% रहेका छन्।

प्रशासकीय नन्दीग्राम थानाको स्थापना सन् १९३२ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। गाबतली उपजिल्ला १ नगरपालिका र ५ सङ्घ परिषद्; भटग्राम, भत्रा, बुरइल, नन्दीग्राम र थालटा माझग्राममा विभाजन गरिएको छ। यस सङ्घ परिषद् १९२ मौजा र २२८ गाउँहरूमा विभाजित छन्। हाल यस उपजिल्लामा ९ वडा र २२ महल्ला रहेका छन्।

यस उपजिल्लाको कुल साक्षरता दर ४२.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.४% छ भने महिलाको साक्षरता दर ३५.७% रहेको छ। यस उपजिल्लामा १० क्याम्पस, २४ माध्यमिक विद्यालय, ९३ प्राथमिक विद्यालय र १९ मदरसाहरू रहेका छन्। कुण्डार हट उच्च विद्यालय (सन् १९४५) र दमगडा सदिकी फजिल मदरसा (सन् १९२८) यस उपजिल्लाको उत्कृष्ट विद्यालयहरू हुन्।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

[] [] [] []

  1. শানাজ পারভীন (सन् २०१२), "নন্দীগ্রাম উপজেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "জেলা পরিসংখ্যান ২০১১: বগুড়া" (পিডিএফ), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २३, २०१४ मिति
  3. "Population Census 2011: Bogra Table C-01" (PDF), বাংলাদেশ পরিসংখ্যান ব্যুরো, मूलबाट जुलाई १४, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  4. "Population Census 2011: Bogra Table C-04" (PDF), Bangladesh Bureau of Statistics, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४ 
  5. "Population Census 2011: Bogra Table C-06" (PDF), Bangladesh Bureau of Statistics, मूलबाट जुलाई २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २८, २०१४ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्