देवदार
देवदार अथवा देवार संस्कृतमा दृढ भनेर चिनिने एक प्रकारको ठूलो रूख हुने वनस्पति हो । बाक्लो बोक्रो तथा खस्रा, लाम्चा पात हुने यो वनस्पतिको काठबाट ठेकी, आरी आदि बनाइन्छ। [१]। देवदारको काठमा विशेष प्रकारको गंध आउने हुनाले यसमा किरा अथवा धमिरा लाग्न सक्दैन। देवदारका रुखहरूला प्राय देवताको मन्दिर भएको ठाउँमा रोपेको पाइन्छ। हरियो देवदारको दाउरालाई तताएर तेल निकाल्ने गरिन्छ। देवदारको तेल धेरै प्रकारका रोगहरूको औषधीको रूपमा प्रयोग गरिन्छ। पश्चिम नेपालमा एक उखान रहेको छ- "देवदार हजार वर्ष खडा रहन्छ, हजार वर्ष पडा रहन्छ भने हजार वर्ष सडा रहन्छ" यसैले यसलाई दृघ वृक्ष पनि भनिन्छ।
देवदार | |
---|---|
Adult Deodar trees at a forest location in Himachal Pradesh, India. | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. deodara
|
वैज्ञानिक नाम | |
Cedrus deodara (Roxb.) G.Don |
चित्र दिर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
विकिमिडिया कमन्समा देवदार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।