दिवी चाड पूर्वी तराईका झापामोरङ जिल्लाका सतार जातिले दशैं पर्वसँगै मनाउँछन् । दशैंको षष्ठीदेखि विजया दशमीसम्म मनाइने उक्त चाडमा सतार समुदायले मिष्ठान्न भोजनसहित दुर्गाकालीको पूजाआजा गर्छन्। उक्त चाडमा सतारका कला र संस्कृतिसमेत प्रस्तुत गरिन्छ । एकापसमा सुख र समृद्धिको कामना गर्दै ढोल बजाएर चार दिनसम्म नाचिने नाचलाई दशाए नाच भनिन्छ। सतार संस्कृति अनुसार उक्त नाचमा सहभागी हुन आउनेलाई घरधनीले केराको पातमा सिन्दुरकलश भिक्षादान दिइन्छ । उक्त भिक्षालाई सतार गुरुले सुरक्षित रूपमा राखी दशमीका दिन काली तथा दुर्गा स्थानमा चढाउने परम्परा छ । देवी शक्तिका रूपमा मानिने उक्त चाड झापामोरङ जिल्लाका करिब ४८ हजारको संख्यामा रहेका सतार जातीले फूलपातीको अघिल्लो दिनदेखि मनाउँछन् ।

दिवी चाड
मितिदशैंको षष्ठीदेखि विजया दशमीसम्म

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन