"त्यसरी होस् मरण" राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित र कर्णदासको स्वर रहेको एउटा गीत हो। यस गीत घिमिरेको मृत्युको दिनमा प्रकाशित भएको थियो।[१]

राष्ट्रकवि माधवप्रसाद घिमिरे

परिप्रेक्ष्य सम्पादन गर्नुहोस्

"त्यसरी होस् मरण" वि.सं. २०१६ असोज १ गते माधवप्रसाद घिमिरेको काव्य पुस्तक किन्नर-किन्नरीमा प्रकाशित भएको थियो।[२] घिमिरेको अन्तिम इच्छा थियोकी यो कवितालाई गीतमा परिणत गर्ने र यस गीत मात्र उनको मृत्यु पछि मात्र प्रकाशन गर्दिने।[२][३] घिमिरेले आफ्नी छोरी शान्तिलाई भनेका थिएकी "यो गीत तिमीहरू सङ्गीतबद्ध गरेर राख्नू। मलाई सुनाउनु पनि पर्दैन। जब मेरो मृत्यु हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गर्नू"।[२] उनकी छोरीले उनको इच्छा अनुसार यो कीर्तिलाई गायक कर्णदासलाई यो गीत गाउन भनेकी थिइन् र सङ्गीतकार आशिष अविरलले सङ्गीत भरेका थिए।[४][५]

प्रकाशन सम्पादन गर्नुहोस्

१०१ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु वि.सं. २०७७ भदौ २ गते काठमाडौँस्थित आफ्नै निवासमा भयो।[२] त्यही गीत उनको मृत्युको दिनमा प्रकाशित भएको थियो।[६]

आबद्ध समूहहरू सम्पादन गर्नुहोस्

स्रोत[२]

  • लेखक - माधवप्रसाद घिमिरे
  • सङ्गीत परिकल्पना- शान्ति अधिकारी
  • सङ्गीत रचना तथा एरेन्जर- आशिष अविरल
  • गायक- कर्ण दास
  • बाँसुरी- गोपाल घटानी
  • डम्फु, मादलतबला- भुवन गन्धर्व
  • सारंगी- हेमन्त कान्छा रसाइली
  • गितार- सञ्जीव बराइली
  • बेस गितार- अनुप दास
  • भायोलिन समूह- नोर्बू छिरिङ आप्पा, मोहनकृष्ण कार्की दली, गणेश परियार, मनोहर सुनाम र रविन कार्की दली
  • रेकर्डिङ, मिक्सिङ र मास्टरिङ- एचबिएन किस्मत
  • निर्माता- शान्ति शर्मा अधिकारी, अशेषकान्त शर्मा र मन्दिरा ढुंगेल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राष्ट्रकवि घिमिरेले आफू बितेपछि सार्वजनिक गर्नु भनेको गीत : त्यसरी होस् मरण, त्यसरी होस् मरण (भिडियो)", अन्नपूर्ण पोस्ट, ३ भदौ २०७७, अन्तिम पहुँच २४ जेष्ठ २०७९ 
  2. २.० २.१ २.२ २.३ २.४ "राष्ट्रकविले आफ्नो मृत्युपछि बजाउन लेखेको गीत– त्यसरी होस् मरण, त्यसरी होस् मरण ... (भिडिओ)", सेतोपाटी, २ भदौ २०७७, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  3. पौडेल, चिरञ्जीवी (२०७७ भदौ ३), "यसरी तयार भयो माधव घिमिरेको ‘मृत्यु गीत’", अनलाइन खबर, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  4. धमला, जीवनाथ (६ भदौ २०७७), "गीतकारका रूपमा राष्ट्रकवि माधव घिमिरे", नागरीक, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  5. ढकाल, टंक (३ भदौ २०७७), "रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!", देशसञ्चार, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 
  6. पौड्याल, अजवी (४ भदौ २०७७), "‘त्यसरी होओस् मरण...’", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्