तीर्थ श्रेष्ठ (वास्तविक नाम तीर्थप्रसाद श्रेष्ठ) नेपाली भाषाका साहित्यकार हुन्। मुख्य रूपले कविता लेख्ने यिनले गीत, गजल, मुक्तक र अन्य विधामा पनि कलम चलाउँछन्। वि.सं.२०१६ साल कार्तिक १६ गते कास्की जिल्ला, पोखराको सिंहनाथ टोलमा पिता धर्मप्रसाद श्रेष्ठ र माता योगमाया श्रेष्ठको जेठो सन्तानका रूपमा जन्मिएको तीर्थप्रसाद श्रेष्ठ साहित्यिक क्षेत्रमा तीर्थ श्रेष्ठको नामले परिचित छन्। यिनको दुई आमामध्ये अर्की आमा पूर्णलक्ष्मी श्रेष्ठका तर्फ दुई भाइहरू र एक बहिनी छिन्। सरल भाषामा गहन अभिव्यक्ति दिन सक्ने यिनको कविताको शक्ति हो। यिनी एक समाजसेवी व्यक्तित्वका रूपमा पनि परिचित छन्।[१] तीर्थ श्रेष्ठ जति सरल भाषामा कविता लेख्छन् उति नै सरल छ यिनको व्यवहार पनि। यसैले यिनी अग्रजपुस्ता, समकालीन र नयाँ पुस्ताबीच उत्तिकै घुलमिल हुन्छन्। पोखरामा सरूभक्त र तीर्थ श्रेष्ठ साहित्यको पर्यायवाची नाम हुन्। सँगसँगै हुर्किएका यिनीहरूले पोखरामा साहित्यक्षेत्रमा मियोका रूपमा सँगसँगै कार्य गरिरहेका छन्। वि.सं. २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) मा तीर्थ श्रेष्ठ वि.सं. २०३५ सालमा प्रवेश गरेर वि.सं. २०४० सालमा अध्यक्ष बनेका थिए। पोखराको प्रज्ञा प्रतिष्ठानको रूपमा चिनिने पोयुसांपमा यिनले ३ पटक अध्यक्षको रूपमा योगदान दिए। हाल उनी यस संस्थाको सल्लाहकार छन्।[२] वि.सं. २०४० सालमा फणिन्द्र नेपाल र विनय रावलसँग मिलेर यिनी तरलतावादी आन्दोलनमा पनि लागे। तीर्थ श्रेष्ठका कवितासङ्ग्रह 'तीर्थ श्रेष्ठका कविताहरू', 'जिन्दगीको कुरुक्षेत्रबाट', महाभारतका गीतहरू मुक्तक सङ्ग्रह र मेरै हिमालजस्तो गीत सङ्ग्रह प्रकाशित छन्। श्रेष्ठ राष्ट्रिय प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार [३], भूपि काव्य पुरस्कार[४] वासुशशी स्मृति पुरस्कार[५], पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार[६], शिरोमणि पुरस्कार [७], प्रवल जनसेवा श्री पदक आदिबाट पुरस्कृत तथा सम्मानित भएका छन्। [८][९]

तीर्थ श्रेष्ठ
तीर्थप्रसाद श्रेष्ठ
जन्मवि.सं. २०१४ कार्तिक १६
पोखरा
वासस्थानपोखरा
राष्ट्रियतानेपाल नेपाली
नागरिकतानेपाली
शिक्षाआइ. ए.
पेशालेखन
चिनारीको कारणकविता, गीत, गजल, मुक्तक
उल्लेखनीय कार्य
तीर्थ श्रेष्ठका कवितारहरू (कविता सङ्ग्रह), जिन्दगीको कुरुक्षेत्रबाट (कविता सङ्ग्रह)
गृहनगरपोखरा
जीवनसाथीसुशिला श्रेष्ठ
सन्तानसुजाता, सुस्मिता, स्वस्तिका

बहुआयमिक व्यक्तित्वका धनी साहित्यकार तीर्थ श्रेष्ठ समाजसेवी, संस्कृतिकर्मी तथा व्यवसायीको रूपमा पनि परिचित छन्। पहिलोपटक गठित सङ्गीत-नाट्य प्रज्ञा प्रतिष्‍ठानमा यिनी सदस्य-सचिवको [१०] रूपमा आफ्नो भूमिका निर्वाह गरिसकेका यिनी पोखरेली युवा सांस्कृतिक परिवार, विन्धवासिनी धार्मिक क्षेत्र विकास समिति[११], संगीत प्रशिक्षण केन्द्रमा संलग्न छन्। यिनको चर्चित कविता आमा नेपथ्यका अमृत गुरूङ्ले गाएका छन्।[१२] आमा, हिउँमा लेखिएका नामहरू, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु आदि कवि श्रेष्ठका चर्चित कविताहरू मध्ये केही कविताहरू हुन्।

प्रारम्भिक जीवन तथा शिक्षा सम्पादन गर्नुहोस्

प्रकाशित कृतिहरू‍ सम्पादन गर्नुहोस्

  • तीर्थ श्रेष्ठका कविताहरू (कविता सङ्ग्रह, २०५५)
  • जिन्दगीको कुरूक्षेत्रबाट (कविता सङ्ग्रह)
  • महाभारतका गीतहरू (मुक्तक सङ्ग्रह)
  • मेरै हिमालजस्तो (गीत सङ्ग्रह)
  • पाइलाका निवहरूले (मन्जुल र कुमार आलेसंग संयुक्त कवितासङ्ग्रह)
  • जिन्दगीको गोधुलीमा (मुक्तक सङ्ग्रह)

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  • राष्ट्रिय प्रतिभा पुरस्कार
  • युवा वर्ष मोती पुरस्कार (२०५६)
  • भूपि काव्य पुरस्कार
  • वासुशशी स्मृति पुरस्कार
  • पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार
  • शिरोमणि पुरस्कार
  • प्रवल जनसेवा श्री पदक

संलग्नता सम्पादन गर्नुहोस्

  • पोखरेली युवा सांस्कृतिक परिवार-सल्लाहकार
  • सिर्जनशील कलाकार समूह-सल्लाहकार
  • भैरब संस्कृतिक संरक्षण समिति-सल्लाहकार
  • संगीत प्रशिक्षन केन्द्र-सल्लाहकार
  • नेपाल बाल सङ्गठन (कास्की)-अध्यक्ष
  • विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति-सचिव
  • नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान-पुर्व सदस्य सचिव

तीर्थ श्रेष्ठका कविताहरू सम्पादन गर्नुहोस्

आमा

आमा हुन साह्रै असजिलो छ

पहाडजस्तो

उचाइमा पुगेर मैदान भैदिनु पर्ने

मैदानमा पुगेर उकालो भैदिनु पर्ने

सन्तानहरु कहाँ पुग्छन्

खोलाहरू जस्तो

सपनाहरु कहाँ पुग्छन्

स्वच्छन्द चराहरू जस्तो

आमाहरू पहाड छेउको

चौतारी हु्न् अभिशप्त छन्

आमा हुन अप्ठेरो छ

आमा हुन पहाड हुनजस्तै गाह्रो छ ।

हिउँमा लेखिएका नामहरू

हिउँमा लेखेर आएका छौं

हामीले आ–आफ्ना नामहरू

एकैछिनपछि घाम लाग्यो भने

रहने छैनन् हाम्रा नामहरू

एकैछिनपछि हिउँ थपियो भने

पनि रहने छैनन् हाम्रा नामहरू

हामी हुँदै नरहने हाम्रा नामहरू,

हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ-सामाग्री सम्पादन गर्नुहोस्

  1. कुलमण्डल शाहले बसाएका हुन् पोखरामा बस्ती:तीर्थ श्रेष्ठ-परिचयनेटवर्क डटकम[dead link]
  2. पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा रानाभाट-पिसपोखरा अनलाइन [dead link]
  3. मझेरी डटकम -मोती पुरस्कारको ऐतिहासिक दस्तावेज
  4. सौर्यअनलाइन डटकम-तीर्थलाई भूपि पुरस्कार
  5. सेतोपाटी डटकम - कवि तीर्थ श्रेष्ठद्वारा बासु शशी पुरस्कार स्वीकार, पैसा अस्वीकार वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१० मिति
  6. रातोपाटी डटकम -पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत
  7. खत्रीले पाए शिरोमणि पुरस्कार-पोखराहटलाइन डटकम
  8. जक्सन डट कम अनलाइन
  9. अन्नपूर्ण पोष्ट अनलाइन
  10. अनलाइनसाहित्य डटकम
  11. नेपालखबर डटकम - विन्ध्यवासिनी पुग्न अब हिँड्नु पर्दैन, लिफ्ट चढेर मन्दिरसम्म पुग्न सकिन्छ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१० मिति
  12. आमा गीत युट्युप

बाह्यकडीहरू सम्पादन गर्नुहोस्