तीखोठुँडे सुनचरी
तीखोठुँडे सुनचरी नेपालमा पाइने सुनचरी प्रजातिको चराको नाम हो। यो सुनचरी प्रजातिमा पर्ने मध्यम आकारको पङ्क्षी हो जसको लम्बाइ २० देखि २५ सेन्टिमिटर र तौल ७० देखि ९० ग्राम हुन्छ। वयस्क तीखोठुँडे सुनचरीको टाउकोको रङ्ग र प्वाँख तथा शरीरको रङ्ग चम्किलो सुनौलो-पहेँलो हुने गर्दछ। यो चराको पखेटामा कालो धब्बा हुने गर्दछ। गुलाफी रङ्गको ठुँड भएको यस चराको ठुँडको फेददेखि टाउकोको माथिल्लो भागसम्म कालो रङ्गको धर्सो हुने गर्दछ। यसको पुच्छरको रङ्ग पहेँलो किनाराको साथ माथिल्लो भाग कालो रङ्गको हुन्छ भने छ पुच्छरको तल पट्टीको भाग सुनौलो पहेँलो रङ्गको हुन्छ। यस चराको ठुँड पातलो, लामो र गुलाबी रङ्गको, आँखाको नानी रातो रङ्गको र खुट्टाको रङ्ग खैरो हुनेे गर्दछ।
तीखोठुँडे सुनचरी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | Passeriformes
|
कुल: | Oriolidae
|
वंश: | Oriolus
|
प्रजाति: | O. tenuirostris
|
वैज्ञानिक नाम | |
Oriolus tenuirostris (एडवर्ड ब्लाइथ, सन् १८४६) |
भौगोलिक वितरण
सम्पादन गर्नुहोस्यस प्रजातिको सुनचरीको भारत, नेपाल, भुटान, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, लाओस, भियतनाम र चीनमा भौगोलिक वितरण रहेको छ भने श्रीलङ्कामा यस प्रजातिका घुमन्ते चराहरू देखा परेका छन्। भारतमा यस प्रजातिहरू उत्तरी पश्चिम बङ्गाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, त्रिपुरा र मिजोरम राज्यहरूमा पाइन्छन्। नेपाल, भुटान, उत्तरपूर्वी भारत, म्यान्मार, थाइल्यान्ड, लाओस, भियतनाम र चीनमा यस प्रजातिका उपप्रजातिहरू भेटिन्छन्। नेपालको सन्दर्भमा यस प्रजाति दाङ जिल्ला देउखुरीको पहाडी जङ्गल र पश्चिम राप्ती सिमसार क्षेत्रमा पाइन्छन्।
बासस्थान तथा आहार
सम्पादन गर्नुहोस्यी प्रजातिहरू मध्यम वनमा निर्भर छन्। यिनीहरू सामान्यतया ० देखि २००० मिटरको उचाइमा बसोबास गर्दछन्। यी प्रजातिहरूको बासस्थानमा कृत्रिम पारिस्थितिक प्रणाली र अत्यधिक क्षतविक्षत वनहरू समावेश छन्। यी प्रजातिहरूको वासस्थानहरूमा उष्णकटिबन्धीय, उपोष्णकटिबन्धीय आर्द्र तराई वन, सदाबहार वन, उपोष्णकटिबन्धीय आर्द्र वन र सुख्खा वनहरू समावेश छन्। तीखोठुँडे सुनचरीको आहारमा मुख्यतया फलहरूमा निर्भर छ। जङ्गली फल र जामुन यसको प्राथमिक आहार हो।
प्रजनन् तथा बसाइँसराइ
सम्पादन गर्नुहोस्तीखोठुँडे सुनचरी प्रजातिहरूका चराहरू प्रजनन मौसम अप्रिलदेखि जुनसम्मको महिनासम्म चल्छ। यस प्रजातिको भाले चराहरूले एउटै पोथी चरासँगमात्र प्रजननमा भाग लिने गर्दछ। यस चराले गुण बनाउनका लागि रूखको हाँगामा पात तथा झारहरूको माध्यमबाट बनाउने गर्दछ। घाँसको डाँठ, पात, मसिना जरा र बोटबिरुवाको तन्तुले बनेको यस चराको गुण गहिरो कचौरा आकारको हुने गर्दछ। एकपटकको मिलनमा पोथी चराले दुईदेखिि तीनवटासम्म अण्डा पार्दछ भने अण्डा कोरल्नका लागि दुवै भाले पोथीको सक्रियता हुने गर्दछ।
यी प्रजातिहरू आंशिक रूपमा प्रवासी हुन्छन्। उत्तरपूर्वी म्यान्मार र नजिकैको दक्षिणी चीनमा प्रजनन जनसङ्ख्या आप्रवासी छन्। जाडो यामका लागि यी प्रजातिहरू उत्तरपूर्वी भारत, नेपाल, भुटान, बङ्गलादेश र दक्षिणी म्यान्मार तथा उत्तरपश्चिम थाइल्यान्डमा बसाइँसराइ गर्दछन्। म्यान्मार, लाओस र भियतनामका अधिकांश प्रजातिहरू त्यस क्षेत्रमा बसाइँसराइ नगरी बस्ने गर्दछन्। यी चराहरूको दायरा भित्र आहार र प्रजननको लागि स्थानीय रूपमा बसाइँसराइ गर्न सक्दछन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Oriolus tenuirostris", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।