ढाँचा:प्रमुख लेख/श्रीलङ्काली हात्ती
श्रीलङ्काली हात्ती एसियाली हात्तीको तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन श्रीलङ्कामा बसोबास गर्छ। यस प्रजातिको हात्तीको सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा सङ्कटापन्न वन्य जन्तुको सूचीमा सूचीकृत गरिएको थियो। यी हात्तीहरू मुख्य रूपमा वासस्थान गुमाउने, सिकारी र विखण्डनको खतरामा रहेका छन्।
यस प्रजातिको हात्ती एसियाली उप-प्रजाति अन्तर्गत पर्दछ जसलाई पहिलोपटक सन् १९५८ मा स्वीडेनका जीव वैज्ञानिक कार्ल लिनियसले वर्णन गरेका थिए। श्रीलङ्काली हात्ती हाल श्रीलङ्काको उत्तर, पूर्व र दक्षिण पूर्वमा सुख्खा क्षेत्रमा बसोबास गर्छन्। यी हात्तीहरू उडावालवी राष्ट्रिय निकुञ्ज, याला राष्ट्रिय निकुञ्ज, लुनुगामवेरा राष्ट्रिय निकुञ्ज, विल्पट्टु राष्ट्रिय निकुञ्ज र मिननेरिया राष्ट्रिय निकुञ्जमा रहेका छन् भने यस प्रजातिका हात्तीहरू निकुञ्ज क्षेत्र बाहिर पनि बसोबास गर्छन्। यो अनुमान गरिएको छ कि एसियामा श्रीलङ्कामा हात्तीहरूको सबैभन्दा अधिक घनत्व रहेको अनुमान लगाइएको थियो। हात्तीको बसोबास बस्तीहरू स्थायी खेतीमा रूपान्तरणको कारण मानव-हात्तीबीच सङ्घर्ष बढ्दो छ। (पूरा पढ्नुहोस्...)