प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५९ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ भदौ पहिलो सम्पादन गर्नुहोस्

छोटो ठुँडे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यस पन्छीलाई पहिलोपटक सन् १९४८ मा प्रकृतिविद् इभान कार्नबीले वर्णन गरेका थिए। यो चराको औसत लम्बाइ ५३-५८ सेन्टिमिटर (२१-२३ इन्च) हुन्छ। यसको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने ठुँड (चुच्चे) मधुरो खैरो र छोटो हुन्छ। त्यस्तै यसको टाउकाको तल्लो भागमा ठूलो सेतो धब्बा हुन्छ। यसको पुच्छरको माथिल्लो भाग सेतो र अन्तिम भाग कालो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड मधुरो खैरो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालोखैरो आँखा हुन्छ। (पूरा  पढ्नुहोस्...)

२०७७ भदौ दोस्रो सम्पादन गर्नुहोस्

जयन समूह (अरबी: مجموعة زين‎‎) जयन मोबाइल सञ्चार समूह कुवेतमा आधारित एक बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो सन् १९८३ मा मध्य पूर्व र अफ्रिकाको पहिलो दूरसञ्चार कम्पनीको रूपमा यो स्थापना भएको थियो। हाल जयन यस क्षेत्रको सबैभन्दा दूरसञ्चार कम्पनीहरू मध्ये एक हो जसको ३१ मार्च २०१९ मा ५ करोड भन्दा बढी ग्राहकहरू रहेका थिए। यो १९८३ मा कुवेतमा मोबाइल दूरसञ्चार कम्पनीको रूपमा स्थापित भएको थियो र पछि यसलाई सन् २००७ मा जयनको रूपमा पुनर्गठन गरिएको थियो। अफ्रिकामध्य पूर्वमा गरि यसले ८ वटा देशहरूमा सेवा प्रदान गर्दछ। कम्पनीका उपाध्यक्ष र समूहका प्रमुख कार्यकारी अधिकृत बिदर नासर अल-खराफी हुन्। उनी मार्च २०१७ मा यस पदहरूमा नियुक्त भएका थिए। जयनको प्रधान कार्यालय कुवेतको राजधानी कुवेत सहरमा अवस्थित छ। ३० जुन २०२० सम्म यसमा ४.७६ करोड ग्राहकहरू आवद्ध छन्।

यसले कुवेत, बहराइन, साउदी अरब, जोर्डन, इराक, सुडान, दक्षिण सुडान र लेबनानमा गरि जम्मा ८ वटा देशहरूमा दूरसञ्चार सेवा प्रदान गर्दछ। यसको अतिरिक्त जयनले मोरोक्कोको प्रमुख दूरसञ्चार कम्पनी इन्वीको पनि १५.५% भागको नियन्त्रण गरेको छ। (पूरा  पढ्नुहोस्...)

२०७७ भदौ तेस्रो सम्पादन गर्नुहोस्

जेसिका म्याकके (जन्म २३ जुन १९८९) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी बिली के नामले कुस्ती खेल्छिन् भने उनी पिटन रोइसका साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्।

सन् २००७ जुनमा बिलीले व्यावसायिक रूपमा प्रो रेस्लिङ एलायन्समा आफ्नो कार्यकाल सुरुवात गरेकी थिइन् र त्यसको एक वर्ष पछि उनको प्रो रेस्लिङ विमेन्स एलायन्समा पदोन्नति भएको थियो जहाँ उनी दुईपटक पिडब्ल्युडब्ल्युए च्याम्पियनसिप विजेता बन्न सफल भएकी थिइन्।

त्यसको केही वर्ष पछि उनको स्वतन्त्र सर्किटमा पदोन्नति भएकी थियो र उनले केही वर्ष संयुक्त राज्यमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

२०७७ भदौ चौथो सम्पादन गर्नुहोस्

श्रीलङ्काली हात्ती एसियाली हात्तीको तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन श्रीलङ्कामा बसोबास गर्छ। यस प्रजातिको हात्तीको सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा सङ्कटापन्न वन्य जन्तुको सूचीमा सूचीकृत गरिएको थियो। यी हात्तीहरू मुख्य रूपमा वासस्थान गुमाउने, सिकारी र विखण्डनको खतरामा रहेका छन्।

यस प्रजातिको हात्ती एसियाली उप-प्रजाति अन्तर्गत पर्दछ जसलाई पहिलोपटक सन् १९५८ मा स्वीडेनका जीव वैज्ञानिक कार्ल लिनियसले वर्णन गरेका थिए। श्रीलङ्काली हात्ती हाल श्रीलङ्काको उत्तर, पूर्व र दक्षिण पूर्वमा सुख्खा क्षेत्रमा बसोबास गर्छन्। यी हात्तीहरू उडावालवी राष्ट्रिय निकुञ्ज, याला राष्ट्रिय निकुञ्ज, लुनुगामवेरा राष्ट्रिय निकुञ्ज, विल्पट्टु राष्ट्रिय निकुञ्ज र मिननेरिया राष्ट्रिय निकुञ्जमा रहेका छन् भने यस प्रजातिका हात्तीहरू निकुञ्ज क्षेत्र बाहिर पनि बसोबास गर्छन्। यो अनुमान गरिएको छ कि एसियामा श्रीलङ्कामा हात्तीहरूको सबैभन्दा अधिक घनत्व रहेको अनुमान लगाइएको थियो। हात्तीको बसोबास बस्तीहरू स्थायी खेतीमा रूपान्तरणको कारण मानव-हात्तीबीच सङ्घर्ष बढ्दो छ। (पूरा  पढ्नुहोस्...)

२०७७ भदौ पाँचौ सम्पादन गर्नुहोस्

साबित्रा भण्डारी (जन्म जेठ १०, २०५४) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो। साबित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।

उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्छिन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्। साबित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्। उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्। साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)