ढाँचा:के तपाईलाई थाहा छ
- ... मेघना नदी (चित्रित) बङ्गलादेशको प्रमुख नदीहरू मध्ये एक हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको देश हो?
- ... स्रोङ्चन गम्पोले आफ्नी नेपाली पत्नी भृकुटीबाट प्रभावित भएर तिब्बतमा बौद्ध धर्मको परिचय गराएका थिए?
- ... तिब्बती पठारलाई प्रायः "विश्वको छत" भनेर चिनिन्छ?
- ... फुन्सोग नामग्याल सिक्किमका प्रथम छोग्याल थिए?
- ... देवनागरी लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ
- ... चाणक्यले अर्थशास्त्र लेखेका थिए?