टमेका बट

अस्ट्रेलियाली फुटबल खेलाडी

टमेका याल्लोप (उपनाम: बट्ट; जन्म: सन् १९९१ जुन १६ )[२]एक अस्ट्रेलियाली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी टोपसेरियनमा क्लेप्प आइएलको लागि खेल्ने गर्दछिन्। उनी पहिले डब्ल्युडब्ल्युएल एलिट, जर्मन फ्राउएन-बुन्डेसलिगा क्लब, १. एफएफसी फ्रयाङ्कफर्ट, जापानी नादेशिको लिग क्लब इगा एफसीमा बोस्टन ब्रेकर्सको लागि खेलेकी थिइन्। कुनोची, स्वीडेली डामलस्वेन्स्कन क्लब मलबेकेन्स, ब्रिसबेन रोअर अस्ट्रेलियाली डब्ल्यु लिगमा र सन् २००७ बाट अस्ट्रेलियाली राष्ट्रिय टोलीको सदस्य भइन्।[३]

टमेका बट
यलोप सन् २०१६ ओलम्पिकमा अस्ट्रेलियाको लागि खेल्दै
व्यक्तिगत जानकारी
जन्म मिति (1991-06-16) १६ जुन १९९१ (उमेर ३२)
उचाइ १.५८ मी (५ फिट २ इन्च)
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
ब्रिस्बेन रोअर
सङ्ख्या १३
युवा करियर
मजिराबा
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
क्विन्सल्यान्ड एकेडेमी अफ स्पोर्ट्स
२००८–२०११ ब्रिस्बेन रोअर[१] ४० (२०)
२०१२– बोस्टन ब्रेकर्स
अन्तर्राष्ट्रिय करियर
२००७- अस्ट्रेलिया २३ (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २६ जनवरी २०१२
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७ जुलाई २०११

क्लब करियर सम्पादन गर्नुहोस्

ब्रिसबेन रोर, २००८-२०१८ सम्पादन गर्नुहोस्

सन् २००८ मा याल्लोप ब्रिस्बेन रोर (त्यतिबेला क्विन्सल्याण्ड रोर) मा शामिल भएका थिए, किन कि उनी डब्ल्यु-लीग का संस्थापक सदस्यहरुमध्ये एक थिए। उनी सन् २००८-०९ मा डब्ल्यु-लीग च्रयाम्पियनसिपको प्रिमियमशिप जितेकी थिइन्। सन् २०१०-११ को सीजनमा, ब्रिस्बेन ग्रयाण्ड फाइनलमा फिर्ता भए। याल्लोप ९औं मिनेटमा एक गोल गरिन्, जसले टीमलाई २-१ ले जीत मिलेको थियो।[४]

याल्लोप ले २०१२-१३ को सत्रका लागि वेस्टफील्ड डब्ल्यु-लीग प्लेयर्स प्लेयर अफ द ईयर अवार्ड जितेकी थिइन्। उनी सन् २०१४ मा डब्ल्यु-लीग प्लेयर अफ द ईयर का लागि जूली डोलन पदक प्राप्तकर्ता थिइन्।[५]

फरवरी २०१८ सम्म, याल्लोप १०८ प्रदर्शनको साथ अल-टाइम डब्ल्यु-लीग इतिहासमा ५औं स्थान र ४९ गोलको साथ तेस्रो स्थानमा रहेकी छिन्।[६]


बोस्टन ब्रेकर्स, २०१२ सम्पादन गर्नुहोस्

याल्लोपले सन् २०१२ को सीजनका लागि त्यस बखत संयुक्त राज्य अमेरिकामा महिला फ़ुटबलको शीर्ष डिभिजन विमेन्स प्रीमियर सकर लीग एलाईट (डब्ल्युपीएसएल एलाईट) मा बोस्टन ब्रेकर्सको साथ हस्ताक्षर गरेकी थिइन्।[७]


एफएफसी फ्रयाङ्कफर्ट, २०१३–२०१४ सम्पादन गर्नुहोस्

जनवरी २०१३ मा, याल्लोपले जर्मन फ्राउएन-बुन्डेसलिगा क्लब १. एफएफसी फ्रयाङ्कफर्टसँग लागि हस्ताक्षर गरेकी थिइन्।[८]


इगा एफ.सी. कुनोइची, २०१४ सम्पादन गर्नुहोस्

याल्लोपको ऋण ब्रिस्बेन रोरले इगा एफसी कुनोइचीलाई दिएका थिए। मई २०१४ को अन्तमा एलीस केलोन्ड-नाइट का साथमा ७औं डब्ल्यू-लीग सीजनका लागि ब्रिसबेन रोरमा फिर्ता भएकी थिए।[९]

म्यालब्याकेन्स आइएफ, २०१६ सम्पादन गर्नुहोस्

मार्च २०१६ मा, याल्लोपले स्वीडिस क्लब म्यालबेकेन्सका लागि हस्ताक्षर गरेकी थिइन्।

क्लेप्प आइएल, २०१७–वर्तमान सम्पादन गर्नुहोस्

मार्च २०१७ मा, याल्लोपले नर्वेजियन क्लब क्लेपका लागि हस्ताक्षर गरेकी थिइन्।[१०]


मेलबर्न सिटी, २०१८–२०१९ सम्पादन गर्नुहोस्

ब्रिस्बेन रोरका साथमा दस सीजन बिताए पश्चात, याल्लोपले सन् २०१८-१९ मा डब्ल्यू-लीग सीजनका लागि मेलबर्न सिटीका साथ हस्ताक्षर गरेकी थिइन्।[११][१२][१३]


ब्रिसबेन रोर, २०१९–वर्तमान सम्पादन गर्नुहोस्

अक्टोबर २०१९ मा, ब्रिस्बेन रोर ले घोषणा गरेको थियो कि याल्लोप सन् २०१९–२० डब्ल्यू-लीग सीजनका लागि ब्रिस्बेन फिर्ता हुनेछ, जहाँ उसले सीजनको आफ्नो पहिलो खेलमा स्कोर गरेकी थिइन्। ५ डिसेम्बर तिर, टमेका क्लबका लागि ५० गोल गर्ने पहिलो ब्रिस्बेन रोर खेलाडी (पुरुष, महिला र युवाहरु सहित) बनेकी थिइन्।

अन्तर्राष्ट्रिय करियर सम्पादन गर्नुहोस्

याल्लोप ले विभिन्न आयु स्तरहरुमा यङ्ग मटिल्डसको प्रतिनिधित्व गरेकी हुन्। उनी सन् २००७ मा एएफसी महिला अन्डर-१७ एसियाली च्याम्पियनशिप टीम र २००८ एएफसी महिला अन्डर-२० महिला एसियाली च्याम्पियनशिप टीमको सदस्य थिइन्। याल्लोप ले सन् २००७-२००९ देखि अस्ट्रेलियाली यू-२० राष्ट्रिय टीमको कप्तानी गरेकी थिइन् जसमा सन् २००८ एएफएफ महिला च्याम्पियनशिप जित्नु समेत समावेश थियो।[१४] याल्लोप ले सन् २००७ बाट अस्ट्रेलिया महिला राष्ट्रिय फुटबल टिमको सदस्य भएकी थिइन्। उनी सन् २०१० मा एएफसी महिला एसियाली कप जित्ने टिमको अंश थिइन्। याल्लोपले सन् २०११ फिफा महिला विश्व कप र सन् २०१५ को फिफा महिला विश्व कपमा अस्ट्रेलियाका लागि खेलेकी थिइन्। सन् २०११ र सन् २०१५ मा अस्ट्रेलिया क्वार्टर फाइनलमा हार बेहोरेकी थिइन्।[१५] सन् २०१६ मा, याल्लोपलाई रियो २०१६ का लागि उनको नाम पहिलो ओलम्पिक टिममा नामाङ्करण गरिएको थियो। अस्ट्रेलिया क्वार्टर फाइनलमा हार बेहोरेकी र याल्लोप कुनै पनि खेलमा देखिएकी थिइनन्।[१६] सन् २०१७ को राष्ट्र टुर्नामेन्टमा याल्लोपले संयुक्त राज्य अमेरिका माथि १-० को जीतमा एकमात्र गोल गरेकी थिइन्। यो उनको पहिलो पटक थियो जतिबेला अस्ट्रेलिया ले संयुक्त राज्य अमेरिकालाई हराएको थियो। माटिल्डसले सन् २०१७ टुर्नामेन्ट अफ नेशन्स जितेकी थियो ।[१७][१८] सन् २०१८ मा एएफसी महिला एसियाली कपमा याल्लोप अस्ट्रेलियाको तीन म्याचमा देखिएकी थिइन्। माटिल्डस फाइनलमा अगाडी बढेको थियो जहाँ त्यसले जापानसँग १-० ले हार बेहोर्नु परेको थियो। अस्ट्रेलिया सन् २०१९ को फिफा महिला विश्व कपका लागि छनोट भएको थियो।

सम्मान सम्पादन गर्नुहोस्

ब्रिसबेन रोअरबाट:

अस्ट्रेलियाबाट
  • एएफसी महिला एसियन कप विजेता: २०१०

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Sydney Westfield W-League Player Stats", Brisbane Roar FC, अन्तिम पहुँच ७ अक्टोबर २००९  वेब्याक मेसिन अभिलेखिकरण २५ अक्टोबर २०१० मिति
  2. "Player profile – Tameka Butt", Brisbane Roar FC, मूलबाट २६ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २००९  वेब्याक मेसिन अभिलेखिकरण २६ अक्टोबर २०१० मिति
  3. "Player profile - Tameka Butt", Brisbane Roar FC, अन्तिम पहुँच ७ अक्टोबर २००९  वेब्याक मेसिन अभिलेखिकरण २६ अक्टोबर २०१० मिति
  4. "T.Butt", अन्तिम पहुँच अक्टोबर ६, २०१८ 
  5. "Player of the year Tameka Butt’s ankle no longer rankles as AFC Women’s Asian Cup looms", अप्रिल २४, २०१४, अन्तिम पहुँच अक्टोबर ६, २०१८ 
  6. "Australia", अन्तिम पहुँच अक्टोबर ६, २०१८ 
  7. "Tameka Butt agrees to terms with Boston Breakers, joins fellow Australian Kyah Simon", Equalizer Soccer, अन्तिम पहुँच ३१ जुलाई २०१३ 
  8. Juchem, Marcus (१ फेब्रुअरी २०१३), "Frankfurt holt Australierin Tameka Butt" (Germanमा), WomenSoccer.de, अन्तिम पहुँच १८ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१४ मिति
  9. "Tameka Butt and Elise Kellond-Knight sign with Japanese side Iga FC", The Women's Game, २९ अप्रिल २०१४, मूलबाट २३ मे २०१४-मा सङ्ग्रहित। 
  10. "Spillere", kleppil.no (in Norwegian), अन्तिम पहुँच २७ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ जुलाई २०१८ मिति
  11. "Two Westfield Matildas headline raft of Melbourne City signings", सेप्टेम्बर २४, २०१८, अन्तिम पहुँच अक्टोबर ६, २०१८  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ३०, २०१८ मिति
  12. https://www.espn.com/soccer/player/_/id/158688/tameka-yallop
  13. https://www.matildas.com.au/player/tameka-butt वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२९ मिति
  14. "Australian women beat U.S. in Tournament of Nations", २८ जुलाई २०१७, अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  15. "WOMEN'S ASIAN CUP", अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  16. Mathew Whitehead (२७ डिसेम्बर २०१७), "Matildas Star Tameka Butt Announces Engagement To Klepp Teammate Kirsty Yallop", SBS। 
  17. "Ex-Football Fern Kirsty Yallop marries Australian player Tameka Butt", Stuff.co.nz, १२ फेब्रुअरी २०१९। 
  18. @TheMatildas (४ अप्रिल २०१९), "Today is an extra special occasion for @TamekaButt, with a new surname on the back of her jersey following her marriage to @kirstyyallop11." (ट्विट) – ट्विटरद्वारा। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्