जो गोमेज

अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी

जोसेप बाँधिए गोमेज (जन्म: २३ मे १९९७) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब लिभरपुल र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्तिको रूपमा खेल्दछन्।

जो गोमेज
सन् २०१९ युएफा च्याम्पियनसिप फाइनलमा गोमेज लिभरपुलको तर्फबाट
व्यक्तिगत जानकारी
पुरा नाम जोसेप बाँधिए गोमेज[१]
जन्म मिति (1997-05-23) २३ मे १९९७ (उमेर २६)[२]
जन्म स्थान क्याटफोर्ड, इङ्ल्यान्ड
उचाइ ६ फिट २ इन्च (१.८८ मी)[३]
खेल्ने स्थान(हरू) रक्षापङ्क्ति[४]
क्लब जानकारी
वर्तमान टोली
लिभरपुल
सङ्ख्या १२
युवा करियर
२००७–२०१४ चार्लटन एथलेटिक्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१४–२०१५ चार्लटन एथलेटिक २१ (०)
२०१५– लिभरपुल ८१ (०)
अन्तर्राष्ट्रिय करियर
२०१२ १६ वर्ष मुनि (०)
२०१३–२०१४ १७ वर्ष मुनि १९ (०)
२०१४–२०१५ १९ वर्ष मुनि (०)
२०१५–२०१७ २१ वर्ष मुनि (०)
२०१७– इङ्ल्यान्ड ११ (०)
सम्मान
पुरुष फुटबल
 इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
युएफा राष्ट्र लिग
कांस्य पदक – तेस्रो स्थान सन् २०१९
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:३४, ८ अक्टोबर २०२१ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२:३४, ८ अक्टोबर २०२१ (युटिसी)

गोमेजले सन् २००७ मा मात्र १० वर्षको उमेरमा अङ्ग्रेजी फुटबल क्लब चार्लटन एथलेटिक अन्तर्गत फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने उनले सन् २००७ देखि सन् २०१४ सम्म सोही क्लबमा रहेर फुटबलमा प्रशिक्षण लिएका थिए। सन् २०१४ पछि उनको उक्त क्लबको वरिष्ठ टोलीको एक सदस्यको रूपमा पदोन्नति भएपश्चात् उनीले सन् २०१४ देखि सन् २०१५ सम्म उक्त क्लबका लागि विभिन्न प्रतियोगिताहरूमा भाग लिएका थिए। उक्त क्लबसँगको एक वर्षे बसाइँमा उनले उक्त क्लबका लागि कुल २१ उपस्थितिहरू जनाएका थिए। सन् २०१५ मा उनी अङ्ग्रेजी क्लब लिभरपुलमा आवद्ध भएका थिए भने उनले सन् २०१५-१६ को प्रिमियर लिग संस्करणबाट लिग खेलहरूमा उपस्थिति जनाउन सुरु गरेका थिए। सन् २०१९ को युएफा च्याम्पियन्स लिगको अन्तिम खेलमा लिभरपुलले अङ्ग्रेजी क्लब टोटनह्यामलाई पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो भने त्यस खेलमा उनको पनि महत्त्वपूर्ण योगदान रहेको थियो। सन् २०१९ मा आयोजित फिफा क्लब विश्वकप प्रतियोगितामा लिभरपुलले ब्राजिली क्लब फ्लामेङ्गोलाई पराजित गर्दै क्लबको इतिहासमै पहिलोपटक उक्त उपाधि जित्न सफल भएको थियो। सन् २०१९-२० को प्रिमियर लिग संस्करण पनि लिभरपुलले जित्न सफल भएको थियो।

गोमेजले सन् २०१२ मा इङ्ल्यान्डको १६ वर्ष मुनिको राष्ट्रिय टोली मार्फत अन्तर्राष्ट्रिय फुटबल यात्राको सुरुवात गरेका थिए। सन् २०१४ मा आयोजित युएफा युरोपेली अन्डर १७ च्याम्पियनसिप नामक एक फुटबल प्रतियोगितामा उनले इङ्ल्यान्ड १७ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उक्त प्रतियोगिता इङ्ल्यान्डले जित्न सफ भएको थियो। सन् २०१७ नोभेम्बरमा उनको वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने उनले त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राष्ट्रको प्रतिनिधित्व गर्दै आएका छन्।

क्लब खेलजीवन सम्पादन गर्नुहोस्

चार्लटन एथलेटिक सम्पादन गर्नुहोस्

 
सन् २०१५ मा गोमेज चार्लटन एथलेटिकको तर्फबाट खेल्दै

गोमेजले सन् २००७ मा मात्र १० वर्षको उमेरमा सोही क्षेत्रमा अवस्थित चार्लटन एथलेटिक नामक एक फुटबल क्लबमा भर्ना भई व्यावसायिक फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए।[५] सन् २०१० मा गोमेजले १३ वर्षको उमेरमा उक्त क्लबको १८ वर्ष मुनिको एक फुटबल टोलीमा आवद्ध भएका थिए। सन् २०१४ मा गोमेजको उक्त क्लबको वरिष्ठ टोलीमा पदोन्नति भएपश्चात् उनले लिग खेलहरूमा पनि सहभागिता जनाउन सुरु गरेका थिए।[६] सन् २०१४ अगस्ट १२ का दिन उनले वरिष्ठ क्लब मार्फत आधिकारिक खेल कोलचेस्टर युनाइटेड विरुद्ध खेलेका थिए भने उनले उक्त खेलमा सम्पूर्ण ९० मिनेट बिताएका थिए।[७] यस खेलमा चार्लटनले कोलचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको थियो।[८] उक्त खेलको १ हप्ता पश्चात् गोमेजले इङ्ल्यान्डको च्याम्पियनसिप नामक दोस्रो सर्वोच्च लिगमा चार्लटनकम तर्फबाट पर्दापण गरेका थिए भने उक्त खेलमा चार्लटनले डर्बी सिटीलाई ३-२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[९][१०] उक्त क्लबसँगको १ वर्षे बसाइँमा गोमेजले क्लब मार्फत २१ उपस्थितिहरू जनाएका थिए भने सन् २०१५ मा उनी लिभरपुल फुटबल क्लबमा सरुवा भएका थिए।[११][१२]

लिभरपुल सम्पादन गर्नुहोस्

 
सन्।२०१७ मा गोमेज लिभरपुलको तर्फबाट

सन् २०१५ जुन २० का दिन अङ्ग्रेजी प्रिमियर लिगको क्लब लिभरपुलले गोमेजलाई ३ करोड ५० लाख युरोमा ५ वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरी क्लबमा आवद्ध गराएको थियो।[१३][१४] गोमेजले सन् २०१५ अगस्ट ९ का दिन एक रक्षात्मक मध्यपङ्क्ति खेलाडीको रूपमा प्रिमियर लिगमा पर्दापण गरेका थिए भने त्यसदिन लिभरपुल र स्टोक सिटी बीच खेल आयोजना गरिएको थियो।[१५] उक्त खेलमा गोमेजले फिलिपी कौतिन्युलाई गोल गर्न सहायता गरेका थिए भने उक्त खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले पराजित गरेको थियो।[१६] सन् २०१५ अक्टोबर १३ का दिन इङ्ल्यान्ड २१ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि खेल खेलेका बेला उनीलाई खुट्टाका चोट लागेको थियो जसकारण उनले १ वर्ष खेलबाट विश्राम लिनु परेको थियो।[१७] सन् २०१६ अक्टोबर १३ का दिनबाट उनी चोट मुक्त भई पुनः प्रशिक्षणमा फर्किएका थिए। नोभेम्बर १३ का दिन, लगभग १३ महिना पछि उनी पुनः खेलमा फर्किएका थिए। [१८] सन् २०१७ जनवरी ८ का दिन एफए कपमा उनले लिभरपुलको प्रतिनिधित्व गरेका थिए भने लिभरपुलको उक्त प्रतियोगितामा प्लेमथ अर्गायल विरुद्धको खेल गोल रहित बराबरीमा टुङ्गिएको थियो। [१९]

सन् २०१७-१८ संस्करण सम्पादन गर्नुहोस्

सन् २०१७ अगस्ट २३ का दिन गोमेजले युएफा च्याम्पियन्स लिगको छनोट खेल अन्तर्गत होफिनहाइमका विरुद्धको प्रतिस्पर्धामा लिभरपुलको तर्फबाट सहभागिता जनाएका थिए भने उक्त खेल लिभरपुलले ४-२ गोल अन्तरले जित्न सफल भएको थियो।[२०] नथेनियर क्लाइनको चोटपटकका कारण गोमेज लिभरपुलका लागि पहिलो छनोटमा मध्यपङ्क्ति खेलाडीको रूपमा मैदान उत्रिन सुरु गरेका थिए। सन् २०१७ अगस्ट २७ का दिन आयोजित आर्सनल फुटबल क्लबको विरुद्धको खेलमा गोमेजले मध्यपङ्क्ति खेलाडीको रूपमा टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने उक्त खेल लिभरपुलले ४-० गोल अन्तरले जित्न सफल भएको थियो। उक्त खेल पश्चात् उनका प्रदर्शनले प्रशंसकहरूबाट प्रशंसा प्राप्त गरेको थियो।[२१][२२][२३][२४] सन् २०१८ मार्च महिनाको अन्त्यमा आयोजित एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चोटपटक लागेका कारण उनले आउँदो लिग खेलहरू छुटाउने निश्चित बनेको थियो।[२५] सन् २०१८ मे मा गोमेजको खुट्टाको शल्यक्रिया गरिएको थियो भने उनको शल्यक्रिया गरिने समयमा लिभरपुलको आधिकारिक वेबसाइटले उनले आगामी प्रिमियर लिगका खेल सहित सन् २०१८ को युएफा च्याम्पियन्स लिगको अन्तिम खेलमा सहभागी हुन असमर्थ रहने जानकारी गराएको थियो।[२६] सन् २०१७-१८ को संस्करणको गोमेजले समग्रमा लिभरपुलका लागि ३१ उपस्थितिहरू जनाएका थिए।

२०१८-१९ संस्करण सम्पादन गर्नुहोस्

सन् २०१८ सेप्टेम्बर १ का दिन आयोजित प्रिमियर लिगको सन् २०१८-१९ संस्करण अन्तर्गत गोमेजले लिभरपुलको प्रतिनिधित्व गर्दै लेस्टर सिटी विरुद्धको खेलमा मैदान उत्रिएका थिए भने उक्त खेलमा लिभरपुललाई २-१ अन्तरले जित दिलाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।[२७][२८][२९] उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनी यस खेलमा उत्कृष्ट खेलाडी घोषित भएका थिए। प्रिमियर लिग संस्करण अन्तर्गत बर्नली फुटबल क्लब विरुद्धको खेलमा उनी पुनः घाइते हुन पुगेका थिए भने उनको खुट्टामा चोट लागेको थियो।[३०] सन् २०१९ को अप्रिलमा उनी चोट मुक्त भई पुनः खेलहरूमा सहभागी हुन थालेका थिए भने उनले सन् २०१९ को युएफा च्याम्पियन्स लिगको अन्तिम खेलमा पनि सहभागिता जनाएका थिए जुन खेलमा लिभरपुलले टोटनह्यामलाई पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि उचाल्न सफल भएको थियो।[३१]

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

 
सन् २०१५ मा गोमेज १९ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट खेल्दै

गोमेजले सन् २०१२ मा इङ्ल्यान्डको १६ वर्ष मुनिको राष्ट्रिय टोली मार्फत अन्तर्राष्ट्रिय फुटबल यात्राको सुरुवात गरेका थिए भने उनले उक्त टोलीका लागि जम्मा दुई उपस्थितिहरू जनाएका थिए।[३२] सन् २०१३ मा गोमेजको १७ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीमा पदोन्नति भएपश्चात् उनले सन् २०१४, माल्टामा आयोजित युएफा युरोपेली यु १७ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उनले उक्त प्रतियोगिता भरी कुल ५ उपस्थितिहरू जनाएका थिए जहाँ राष्ट्रिय टोलीले उक्त प्रतियोगिताको अन्तिम खेलमा नेदरल्यान्डलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो।[३३] सन् २०१३ देखि सन् २०१४ सम्म गोमेजले १७ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीका लागि कुल १९ उपस्थितिहरू जनाएका थिए। [३४]

सन् २०१५ अगस्ट २५ का दिन उनलाई २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको खेलाडीहरू मध्ये समावेश हुन बोलाइएको थियो भने उनले त्यसपछि २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भाग लिन सुरु गरेका थिए।[३५] सन् २०१९ युएफा युरोपेली अन्डर २१ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको छनोट खेलहरू सञ्चालन हुनु अगाडि गोमेजले २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको कप्तान पद सम्हालेका थिए।[३६] सन् २०१७ मा गोमेजले इङ्ल्यान्डको वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने उनले सोही वर्ष ११ नोभेम्बर २०१७ का दिन जर्मनी विरुद्धको एक मैत्रीपूर्ण खेलमा वरिष्ठ राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल यात्रा तय गरेका थिए।[३७] उक्त खेलमा उनी फिल जोन्सको सट्टामा मैदान उत्रिएका थिए तर उक्त खेल गोल रहित बराबरीमा टुङ्गिएको थियो।[३८] गोमेजले सन् २०१९ को युएफा राष्ट्र लिगमा पनि इङ्ल्यान्डको प्रतिनिधित्व गरेका थिए भने उनले हालसम्म वरिष्ठ टोलीका लागि १० भन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूमा उपस्थिति जनाइसकेका छन्।

खेलजीवन तथ्याङ्क सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

अद्यावधिक ४ अक्टोबर २०२०
क्लबका लागि जनाएको उपस्थित तथा गरेका गोलहरू
क्लब संस्करण लिग एफए कप इएफएल कप युरोप अन्य जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
चार्लटन एथलेटिक २०१४–१५[३९] इएफएल च्याम्पियन्सिप २१ २४
लिभरपुल २०१५–१६[४०] प्रिमियर लिग [क]
२०१६–१७[४१] प्रिमियर लिग
२०१७–१८[४२] प्रिमियर लिग २३ [ख] ३१
२०१८–१९[४३] प्रिमियर लिग १६ [ग] २५
२०१९–२०[४४] प्रिमियर लिग २८ [ख] [घ] ४३
२०२०–२१[४५] प्रिमियर लिग [ङ]
जम्मा ७५ २४ ११४
कुल ९६ २४ १३८
  1. युएफा युरो लिगमा जनाएको उपस्थितिहरू सहित
  2. २.० २.१ युएफा च्याम्पियन्स लिगमा जनाएको उपस्थितिहरू सहित
  3. युएफा च्याम्पियन्स लिगमा जनाएको उपस्थितिहरू।सहित
  4. एफए कम्युनिटी सिल्डमा १, युएफा सुपरकपमा १, फिफा क्लब विश्वकपमा जनाएको २ उपस्थितिहरू सहित
  5. कम्युनिटी।सिल्डमा जनाएको उपस्थितिहरू सहित

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

अद्यावधिक ८ अक्टोबर २०२०[४६]
राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोल
इङ्ल्यान्ड २०१७
२०१८
२०१९
२०२०
जम्मा ११

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "2023/24 Premier League squad lists", Premier League, १३ सेप्टेम्बर २०२३, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२३ 
  2. "FIFA Club World Cup Qatar 2019: List of Players: Liverpool", FIFA, २१ डिसेम्बर २०१९, पृ: ७, मूलबाट २१ जनवरी २०२०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २१ जनवरी २०२० मिति
  3. "Joe Gomez: Profile", worldfootball.net, HEIM:SPIEL, अन्तिम पहुँच १० अगस्ट २०२० 
  4. "जो गोमेज", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच ९ जुन २०१९ 
  5. "Joe Gomez", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  6. "Gambia lose out on Joe Gomez"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२२ मिति
  7. "Charlton vs. Colchester United", Sky Sports, अन्तिम पहुँच १२ अगस्ट २०१४ 
  8. "Joe Gomez "honoured" to join Charlton's list of England international academy graduates", Charlton Athletic F.C., ११ नोभेम्बर २०१७, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  9. "Liverpool vs Bournemouth: Joe Gomez takes slow approach to reaching life in the fast lane", The Daily Telegraph (London), १६ अगस्ट २०१५, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१५ 
  10. "Liverpool vs Bournemouth: Joe Gomez takes slow approach to reaching life in the fast lane", The Daily Telegraph (London), १६ अगस्ट २०१५, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१५ 
  11. "Joe Gomez: Charlton Athletic youngster signs new contract", BBC Sport, ७ अक्टोबर २०१४, अन्तिम पहुँच १८ जुन २०१५ 
  12. "Joe Gomez impresses boss on his Charlton debut", The Football Association, १२ अगस्ट २०१४, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  13. "Reds complete Joe Gomez transfer", Liverpool F.C., २० जुन २०१५, अन्तिम पहुँच १४ नोभेम्बर २०१७ 
  14. "Joe Gomez: Liverpool sign Charlton defender for £3.5m", BBC Sport, २० जुन २०१५, अन्तिम पहुँच २० जुन २०१५ 
  15. Hafez, Shamoon (९ अगस्ट २०१५), "Stoke 0–1 Liverpool", BBC Sport, अन्तिम पहुँच १० अगस्ट २०१५ 
  16. Pearce, James (१४ अक्टोबर २०१५), "Liverpool injury shock as Joe Gomez set to miss rest of season with knee injury", Liverpool Echo 
  17. Doyle, Ian (१४ अक्टोबर २०१६), "Joe Gomez back in Liverpool training - and gets emotional round of applause from team-mates", Liverpool Echo 
  18. Kelly, Andy (१३ नोभेम्बर २०१६), "Joe Gomez makes first Liverpool appearance in 13 months", Daily Mirror (London)। 
  19. "Liverpool 0–0 Plymouth Argyle", BBC Sport, ८ जनवरी २०१७। 
  20. "Liverpool 4-2 1899 Hoffenheim (agg 6-3)", BBC Sport, २३ अगस्ट २०१७, अन्तिम पहुँच १४ जुलाई २०१८ 
  21. "Liverpool 4-0 Arsenal: Player Ratings", This Is Anfield, २७ अगस्ट २०१७, अन्तिम पहुँच १४ जुलाई २०१८ 
  22. "Liverpool 0-0 Man United: Player Ratings", This Is Anfield (en-GBमा), १४ अक्टोबर २०१७, अन्तिम पहुँच १४ जुलाई २०१८ 
  23. "Who is Liverpool's first choice right-back? - LFC Transfer Room", LFC Transfer Room, १७ नोभेम्बर २०१७, अन्तिम पहुँच १४ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण ४ नोभेम्बर २०१८ मिति
  24. "Is Joe Gomez Becoming a Right-Back?", AnfieldIndex.com, अन्तिम पहुँच १४ जुलाई २०१८ 
  25. "Jürgen Klopp's injury update on Joe Gomez", Liverpool F.C., अन्तिम पहुँच १४ जुलाई २०१८ 
  26. "Joe Gomez injury update", Liverpool F.C., अन्तिम पहुँच १४ जुलाई २०१८ 
  27. "Leicester City 1-2 Liverpool: Player Ratings", This Is Anfield, १ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ 
  28. "Liverpool maintain 100% start with nervy win at Leicester", BBC Sport, १ सेप्टेम्बर २०१८, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ 
  29. "Crystal Palace 0-2 Liverpool: Player Ratings", This Is Anfield, २० अगस्ट २०१८, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ 
  30. Shread, Joe (४ फेब्रुअरी २०१९), "Liverpool's Joe Gomez to undergo surgery on fractured leg", Sky Sports, अन्तिम पहुँच ४ फेब्रुअरी २०१९ 
  31. "Liverpool beat Spurs to become champions of Europe for sixth time", BBC Sport, अन्तिम पहुँच १ जुन २०१९ 
  32. "Joe Gomez", The Football Association, अन्तिम पहुँच १२ अगस्ट २०१४ 
  33. "2014 UEFA European Under-17 Championship: Technical report", UEFA, मूलबाट १४ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित। 
  34. "England U21s squad named for USA and Norway fixtures", The Football Association, अन्तिम पहुँच २५ अगस्ट २०१५ 
  35. "Gomez to captain U21s", The Football Association। 
  36. "England: Tammy Abraham, Joe Gomez & Ruben Loftus-Cheek called up", BBC Sport, २ नोभेम्बर २०१७, अन्तिम पहुँच २ नोभेम्बर २०१७ 
  37. McNulty, Phil (१० नोभेम्बर २०१७), "England 0–0 Germany", BBC Sport, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  38. McNulty, Phil (१४ नोभेम्बर २०१७), "England 0–0 Brazil", BBC Sport, अन्तिम पहुँच १४ नोभेम्बर २०१७ 
  39. "सन् २०१४/२०१५ मा जो गोमेजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  40. "सन् २०१५/२०१६ मा जो गोमेजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  41. "सन् २०१६/२०१७ मा जो गोमेजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ११ नोभेम्बर २०१७ 
  42. "सन् २०१७/२०१८ मा जो गोमेजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१८ 
  43. "सन् २०१८/२०१९ मा जो गोमेजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ६ अगस्ट २०१९ 
  44. "सन् २०१९/२०२० मा जो गोमेजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १० अगस्ट २०२० 
  45. "सन् २०२०/२०२१ मा जो गोमेजद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ८ अक्टोबर २०२० 
  46. "Gomez, Joe", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच ८ अक्टोबर २०२० 
    McNulty, Phil (८ अक्टोबर २०२०), "England ३–० Wales", BBC Sport, अन्तिम पहुँच ८ अक्टोबर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  • जानकारी लिभरपुल फुटबल क्लबको आधिकारिक वेबसाइटमा
  • जानकारी व्यावसायिक फुटबलको आधिकारिक वेबसाइटमा