जिल्यानडिया
निर्देशाङ्कहरू: ४०°द॰ १७०°पू॰ / ४०°S १७०°E
जिल्यानडिया एक जलमग्न महाद्वीपीय भू-भाग हो जसलाई न्युजिल्यान्ड महाद्वीप वा तस्मान्टिस पनि भनिन्छ।[२] लगभग ८.५ देखि १३ करोड वर्ष पहिले जिल्यान्डिया र अस्ट्रेलिया महाद्वीपहरू अन्टार्कटिकाबाट छुट्टिएपछि यो महाद्वीप लगभग ६–८.५ करोड वर्ष पहिले अस्ट्रेलियाली महाद्वीपबाट छुट्टिएर बिस्तारै डुब्दै गएको थियो।[३] यो महाद्वीप सम्भवतः २ करोड ३० लाख वर्ष पहिले पूर्ण रूपमा जलमग्न हुँदा आज महाद्वीपको विशाल भाग (९३%) प्रशान्त महासागरमा डुबेको छ। हालको परिभाषा अनुसार यो विश्वको सबैभन्दा ठूलो महाद्वीपीय भू-भाग वा सुक्ष्ममहाद्वीप हो, जसको क्षेत्रफल लगभग ४,९२०,००० वर्ग किलोमिटर छ।[४][५] यसको क्षेत्रफल दोस्रो ठूलो सुक्ष्ममहाद्वीप आकारभन्दा दोब्बरले र अस्ट्रेलिया आकारको आधाभन्दा बढी छ।[६] यी कारकहरूको अतिरिक्त पृथ्वीको सतहको मोटाइ र घनत्व जस्ता अन्य भूगर्भीय कारकहरूको कारणले गर्दा जिल्यान्डियालाई कहिलेकाहीँ पूर्ण महाद्वीप पनि मानिन्छ।
जिल्यान्डियालाई जलमग्न महाद्वीप, महाद्वीपीय टुक्रा वा सूक्ष्ममहाद्वीपको रूपमा विभिन्न रूपमा वर्णन गरिएको छ। सन् १९९५ मा ब्रुस लुयन्डिकले जिल्यान्डियाको नाम र अवधारणा प्रस्ताव गरी उपग्रह छविहरू मार्फत यसको आकार लगभग अस्ट्रेलिया आकारको जत्तिकै भएको देखाएको थियो। सन् २०२१ को एक अध्ययनले जिल्यान्डिया एक अर्ब वर्ष भन्दा बढी पुरानो भएको देखाउँदा यसको उमेरबारे भूगर्भविद्हरूले बनाएको पुरानो धारणा भन्दा यो दुई गुणा बढी थियो।[७][८]
सन् २०२३ मा जिल्यान्डियाको नक्साङ्कन सम्पन्न भएको थियो।[९] लगभग ४,९००,००० वर्ग किलोमिटरको कुल क्षेत्रफलको साथ जिल्यान्डिया सुक्ष्ममहाद्वीप र महाद्वीपीय टुक्राहरू भनिने कुनै पनि विशेषताहरू भएको स्थान भन्दा धेरै ठूलो छ। यदि जिल्यान्डियालाई सुक्ष्ममहाद्वीपको रूपमा वर्गीकृत गरियो भने यो विश्वको सबैभन्दा ठूलो सुक्ष्ममहाद्वीप बन्ने छ। यसले अर्को सबैभन्दा ठूलो सुक्ष्ममहाद्वीप माडागास्करको क्षेत्रफलभन्दा ६ गुणाले र अस्ट्रेलिया महाद्वीपको आधा भन्दा बढी क्षेत्रफल ओगटेको छ। जिल्यान्डियाको क्षेत्रफल विश्वको सबैभन्दा ठूलो अन्तर-महासागरीय ठूलो आग्नेय चट्टानी क्षेत्र, ओन्टोङ जाभा पठार (लगभग १,९००,००० वर्ग किलोमिटर) र विश्वको सबैभन्दा ठूलो टापु, ग्रिनल्यान्डको (२,१६६,०८६ वर्ग किलोमिटर) आकारभन्दा दुई गुणा बढी छ। जिल्यान्डिया विश्वको सबैभन्दा ठूलो प्रायद्वीप, अरब (३,२३७,५०० वर्ग किलोमिट) र भारतीय उपमहाद्वीप (४,३००,००० वर्ग किलोमिटर) भन्दा पनि ठूलो छ। यी कारकहरूको अतिरिक्त पृथ्वीको सतहको मोटाइ र घनत्व जस्ता अन्य भूगर्भीय कारकहरूको कारणहरूले गर्दा न्युजिल्यान्ड, न्यु क्यालेडोनिया र अस्ट्रेलियाका केही भूगर्भविद्हरूले जिल्यान्डिया सुक्ष्ममहाद्वीप वा महाद्वीपीय टुक्राको सट्टा महाद्वीपको रूपमा विचार गर्नुपर्ने सबै आवश्यकताहरू पूरा गर्दछ भन्ने निष्कर्ष निकालेका छन्।[१०] भूगर्भविद् निक मोर्टिमरको टिप्पणी अनुसार यदि जिल्यान्डिया समुद्रको सतह भन्दा तल नडुबेको भए यसलाई धेरै पहिले नै महाद्वीपको मान्यता दिइने थियो।[११]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्सन् २०२४ को तथ्याङ्क अनुसार जिल्यान्डियाको कुल मानव जनसङख्या लगभग ५० लाख ४० हजार रहेको छ। जसमध्ये सबैभन्दा ठूलो सहर अकल्यान्डको जनसङ्ख्या लगभग १० लाख ७० हजार रहेको छ जुन महाद्वीपको कुल जनसङ्ख्याको लगभग एक तिहाइ जनसङ्ख्या हो।
- न्युजिल्यान्ड – ५,११२,३००[१२]
- न्यु क्यालेडोनिया (फ्रान्स) – २,६८,७६७[१३]
- नोर्फोक टापु (अस्ट्रेलिया) – १,७४८[१४]
- लर्ड होवे टापु (अस्ट्रेलिया) – ३८२[१५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Figure 8.1: New Zealand in relation to the Indo-Australian and Pacific Plates", The State of New Zealand’s Environment 1997, १९९७, अन्तिम पहुँच २००७-०४-२०।
- ↑ Danver, Steven L. (२०१०-१२-२२), Popular Controversies in World History: Investigating History's Intriguing Questions, ABC-CLIO, पृ: १८७, आइएसबिएन 978-1-598-84078-0, "Zealandia or Tasmantis, with its 3.5 million square km territory being larger than Greenland,..."
- ↑ Scott D. Nodder, Lionel Carter (२००७-०१-११), "Zealandia: the New Zealand continent", Te Ara: The Encyclopedia of New Zealand, अन्तिम पहुँच २००७-०२-२२।
- ↑ "Searching for the lost continent of Zealandia", The The Dominion Post (Wellington), २९ सेप्टेम्बर २००७, अन्तिम पहुँच २००७-१०-०९, "We cannot categorically say that there has always been land here. The geological evidence at present is too weak, so we are logically forced to consider the possibility that the whole of Zealandia may have sunk."
- ↑ Campbell, Gerard Hutching (२००७), In Search of Ancient New Zealand, North Shore, New Zealand: Penguin Books, पृ: १६६–१६७, आइएसबिएन 978-0-14-302088-2।
- ↑ Barnes, Phil (२००३), New Zealand's Continental Shelf and UNCLOS Article 76 (PDF), Wellington, New Zealand: Institute of Geological and Nuclear Sciences Limited; National Institute of Water and Atmospheric Research, पृ: १६, मूलबाट २००७-०२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०२-२२, "The continuous rifted basement structure, thickness of the crust, and lack of seafloor spreading anomalies are evidence of prolongation of the New Zealand land mass to Gilbert Seamount."
- ↑ Turnbull, R.E.; Schwartz, J.J.; Fiorentini, M.L.; Jongens, R.; Evans, N.J.; Ludwig, T.; McDonald, B.J.; Klepeis, K.A. (२०२१-०८-०१), "A hidden Rodinian lithospheric keel beneath Zealandia, Earth's newly recognized continent", Geology (अङ्ग्रेजीमा) 49 (8): 1009–1014, आइएसएसएन 0091-7613, डिओआई:10.1130/G48711.1, बिबकोड:2021Geo....49.1009T।
- ↑ Aylin Woodward (१४ Aug २०२१), "A fragment of a mysterious 8th continent is hiding under New Zealand - and it's twice as old as scientists thought", Business Insider।
- ↑ Newcomb, Tim, "Earth's Hidden Eighth Continent Is No Longer Lost", Science > Our Planet, Popular Mechanics (अङ्ग्रेजीमा), आइएसएसएन 0032-4558।
- ↑ "Zealandia: Is there an eighth continent under New Zealand?", BBC News (en-GBमा), २०१७-०२-१७, मूलबाट २८ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-२६।
- ↑ Sumner, Thomas (२०१७-०३-१३), "Is Zealandia a continent?", Science News for Students, Society for Science and the Public, अन्तिम पहुँच २०२१-१२-२२।
- ↑ "Population | Stats NZ", www.stats.govt.nz, अन्तिम पहुँच २०२१-०४-२१।
- ↑ "268 767 habitants en 2014.", ISEE, मूलबाट १३ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-११-१६।
- ↑ "2016 Census QuickStats: Norfolk Island", quickstats.censusdata.abs.gov.au (अङ्ग्रेजीमा), मूलबाट ७ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०४-२१। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०७ मिति
- ↑ अस्ट्रेलियाली तथ्याङ्क विभाग (२७ जुन २०१७), "Lord Howe Island (State Suburb)", सन् २०१६ को जनगणना, अन्तिम पहुँच ७ जुलाई २०१७।