जलेश्वर महादेव मन्दिर
जलेश्वर महादेव मन्दिर नेपालको महोत्तरी जिल्लामा अवस्थित एक शिव मन्दिर हो। [१] महाशिवरात्रि र वसन्त पञ्चमीको अवसरमा यस मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। [२] जलेश्वर नगरमा रहेको यो मन्दिरकै नाउँमा नगरको नामाकरण गरिएको छ। [३]
जलेश्वर महादेव मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
निर्देशाङ्क | २६°३९′०४″N ८५°४७′४८″E / 26.651107°N 85.796785°E |
सम्बन्धन | हिन्दुत्व |
देवता | शिव |
चाडपर्व | महाशिवरात्रि र वसन्तपञ्चमी |
जिल्ला | महोत्तरी |
देश | नेपाल |
वास्तुकला प्रकार | गुम्बज |
प्राचीन दस्तावेज अनुसार यो हिन्दू शिव मन्दिर राजा जनकको समय देखि नै अस्तित्वमा रहेको देखिन्छ। यो मानिन्छ कि राम र सीताको बीच विवाह हुँदा विवाहमा प्रयोग गरिएको माटो यसै मन्दिरबाट लगिएको थियो। [४] मन्दिरमा रहेको एउटा तामाको शिलालेख अनुसार मन्दिरलाई व्यवस्थापन गर्न वि.सं. १८६९ मा तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहले २७५ बिघा जग्गा प्रदान गरेका थिए।[५]
यो मन्दिरलाई गुम्बज वास्तुकला शैलीमा बनाइएको छ। मुख्य मन्दिरको मध्य भागमा, गर्भ गृहभित्र एउटा वर्गाकार शिवलिङ्ग छ जुन पानीको मुनि रहेको छ। मन्दिर नजिकै एउटा पोखरी छ।
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
मुख्य मन्दिर
-
पानीभित्र रहेको शिवलिङ्ग
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "10 Lesser Known Powerful Temples in Nepal You Must Visit", Detechter, १० जनवरी २०१८, अन्तिम पहुँच १३ मार्च २०२१।
- ↑ Mausam (२६ अक्टोबर २०१६), "Madhes and tourism: Abundant potential", The Himalayan Times, अन्तिम पहुँच १३ मार्च २०२१।
- ↑ "Mahottari district – Boss Nepal", अन्तिम पहुँच १३ मार्च २०२१। वेब्याक मेसिन अभिलेखिकरण १६ जनवरी २०२१ मिति
- ↑ Nepal, Raju, "About", अन्तिम पहुँच १३ मार्च २०२१। वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०२१ मिति
- ↑ "महोत्तरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल जलेश्वर महादेव Nepalpatra", अन्तिम पहुँच १३ मार्च २०२१।