जफाराबाद जिल्ला अथवा जाफरवाद (बलूची उर्दु: جعفر آباد) पाकिस्तानको बलुचिस्तानमा प्रदेशको दक्षिण-पुर्वी क्षेत्रमा रहेको एक जिल्ला हो । जफाराबाद जिल्लाको हालको सदरमुकाम डेरा अल्ला यार रहेको जुन १९७० सम्म जकोबाबाद क्षेत्रमा अवस्थित थियो र सन् १९७५ सम्म साबी जिल्लामा रहेको थियो । पछि यसलाई जिल्लाका परिणत गरिएको थियो । जफाराबाद जिल्लामा तीन तहसीलमा विभाजीत छ । जामली, खोशो, रिन्ड, मेन्गल आदी एस शहरका प्रमुख आदिबासी हुन् भने गोलो, डोम्की, लासीरी, उमरानी आदी जनजातिहरू पनि एस शहरमा बसोबास गर्दै आएका छन् ।

जफाराबाद जिल्ला
पाकिस्तानको नक्शामा जफराबादको अवस्थितीको अवस्थिति
पाकिस्तानको नक्शामा जफराबादको अवस्थिती
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
स्थापना१९८७
सदरमुकामउस्ता महम्मद
क्षेत्रफल
 • जम्मा२,४४५ किमी (९४४ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा५१३,८१३
 • घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
वेबसाइटआधिकारिक वेबसाइट

पृष्ठभुमि सम्पादन गर्नुहोस्

जफाराबाद जिल्ला जारफार खान जमालीको नामबाट राखिएको ह‍ो जो मस्लिम लिगका एक दक्ष र अनुभवी व्यक्तिव्व थिय । उनिले मुस्दिम लिगमा ठूलो योगदान दिएका थिय । उनको निधन ७ अप्रिल १९६७ मा भएको थियो र उनको पार्थिव शरिरलाई रोजान जामलीमा गाडीएको थियो । यो जिल्ला पहिले उप-प्रदेशको झाटपटको रूपमा रहेको थियो र जकोबाबाद जिल्लाको सिन्ध प्रदेशमा अवस्थिति थियो ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २,९१२,९० रहेको थियो भने सन् १०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ५,१३८,१३ रहेको छ । जिल्लामा मुख्यतया बलूची भाषा बेल्ने गरिन्छ जसको आवाधी ६२ % रहेको छ भने सिन्धी भाषा बोल्ने २४ % रहेका छन् त्यसैगरी सकराइ भाषा बेल्ने मानिसहरूको आवाधी ११ % रहेको छ । [२]

शिक्षा सम्पादन गर्नुहोस्

सन् २०१७ को पाकिस्तान जिल्ला राष्ट्रिय शिक्षा बरियता अनुसार जफाराबाद जिल्ला १४१ मा ११३ अौँ स्थानमा पर्छ । २०१४-१५ मा १० वर्ष माथिका उमेर भएका साक्षरता दर पुरुषमा ३६ % छ भने महिलाको १५ % मात्रै रहेको छ । प्राथमिक विद्यालय पहुँच जिल्लामा ८९ % रहेको छ भने उच्च विद्यालयहरूको तुलनामा जुन जिल्लामा मात्र ४ % सरकारी विद्यालयहरू छन् । पाकिस्तानमा २७४,४८ विद्यार्थीहरू १ देखि ५ सम्मको कक्षामा पढ्छन भने ९७९ मात्र विद्यार्थी १० कक्षा र से भन्दा माथिल्लो विद्यालयमा पढ्छन् । यो शहरमा लैंगिक भेदभाव भएको कारणले मात्रै २८ % जिल्लाका विद्यालयहरू महिलाका लागिहुन् भने बाँकी अरू पुरुषका लागि हुन् । त्यसकारण देशमा महिला साक्षरता दरमा कमी आएको हो । यो जिल्लाका विद्यालयहरूमा आधारभुत सुविधाबाट कमी छ त्यसैले यो जिल्ला शिक्षामा खस्किएको हो । यो जिल्लाका ५ मध्य ३ विद्यालयमा विद्युत र सफा सौचालयको अभाव छ भने ५ मध्य १ भन्दा बढी विद्यालयमा सफा पिउने पानीको समेत अभाव छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्