जीतजङ्ग राणा

जीतजङ्ग कुँवर राणा वा जीतजङ्ग राणा नेपाली सेनाका प्रधान सेनापति थिए।

श्री कमाण्डर इन चिफ
जीतजङ्ग राणा
Jit Jang Rana.jpg
जनरल जीतजङ्ग कुँवर राणा
नेपालको प्रधान सेनापति
कार्यकाल
सन् १८८४ – सन् १८८५ [१]
पूर्वाधिकारीधीर शमशेर राणा
उतराधिकारीखड्ग शमशेर जङ्गबहादुर राणा
व्यक्तिगत विवरण
जन्मवि.सं. १९०६
अभिभावक
सैन्य सेवा
श्रेणीजनरल

दाजु जगतजङ्ग राणाले प्रधानमन्त्री रणोद्दिप सिँह बहादुर राणाको हत्याको योजना बनाउँदा जगतजङ्गलाई निश्काषित गरियो। उनी धीर शमशेर राणापछिको रोलक्रममा आए। धीरको मृत्युमा जीतजङ्ग कमाण्डर ईन चिफ अर्थात् नेपालको प्रधान सेनापति बन्न पुगे।

वि.सं. १९४२ को पर्वसम्पादन

वि.सं. १९४२ को पर्वले उनी प्रधान सेनापति पदबाट निश्काषित भए। उनले कानको औषधी गर्ने बहानामा केही चल सम्पत्ति भारत लैजान सफल भए । भारतमा औषधि गर्न गएका जितजङले गभर्नर जनरल डफरिनसँग भेटी नेपालमा आफ्नो वैधानिक अधिकारको याचना गरेका थिए तर त्यो कुरा अगाडि बढेन।[२]

स्रोतसम्पादन

  1. http://www.royalark.net/Nepal/lamb3.htm
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४४, आइएसबिएन 99933-2-406-X 

यो पनि हेर्नुहोलासम्पादन