चौहालि (बङ्गाली: চৌহালি) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला राजशाही जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[१]

चौहाली
চৌহালি
चौहाली is located in बङ्गलादेश
चौहाली
चौहाली
बङ्गलादेशको नक्शामा चौहाली उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°१२.७′उ॰ ८९°४३.२′पू॰ / २४.२११७°N ८९.७२००°E / 24.2117; 89.7200निर्देशाङ्कहरू: २४°१२.७′उ॰ ८९°४३.२′पू॰ / २४.२११७°N ८९.७२००°E / 24.2117; 89.7200
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लासिराजगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा२४३.६७ किमी (९४.०८ वर्ग माइल)
जनसङ्ख्या
 (१९९१)
 • जम्मा१०८,४५९
 • घनत्व४५०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटचौहाली उपजिल्लाको आधिकारिक नक्शा

भूगोल सम्पादन गर्नुहोस्

चौहालि बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०१' देखि २४°१७' उत्तर अक्षांश र ८९°४१' देखि ८९°५९' पूर्वी देशान्तरमा अवस्थित छ। चौहालि उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४३.६७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई बेलकुचि उपजिल्लाले उत्तर, बेडा र मानिकगञ्ज जिल्लाको दौतलपुर उपजिल्ला दक्षिण, टाङ्गाइलनगरपुर उपजिल्लाले पूर्व, शाहजादपुरबेडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र पद्मा यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास सम्पादन गर्नुहोस्

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २२ जुन १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको मालिपाडामा एक अस्थायी सैनिक किल्लाको स्थापना गरेपछि पाकिस्तानी सेना र स्थानीय राजाकारको समूहले यस उपजिल्लाका कयौं मानिसहरूको सामूहिक हत्या गरेका थिए भने सेनाले घरटहरामा आगजनी र महिल माथि दुर्ववहार समेत गरेका थिए। २७ नोभेम्बरका दिन पाकिस्तानी बङ्गलादेशको स्वतन्त्रताको लागि लडिरहेका लडाकुले पाकिस्तानी सेनाको सैनिक किल्लामा आक्रमण गरी २ ठूलो तोप तथा बन्दुकहरू कब्जा गर्न सफल भएका थिए। २७ नोभेम्बरका दिन बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुले पुन एकपटक पाकिस्तानी सेनाको सैनिक किल्ला शम्भुडियामा आक्रमण गरेका थिए जसका कारण सैनिक किल्लामा ठूलो क्षति पुगेको थियो भने युद्धका बेला ५ बङ्गलादेशी लडाकुहरू घाइते भएका थिए। चौहालि उपजिल्ला २९ नोभेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १५५२६० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८१५०७ छ भने महिलाको जनसङ्ख्या ७३७५३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५३०३६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २१९४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २३, इसाई धर्मवलम्बीको जनसङ्ख्या १२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७ रहेको छ। यस उपजिल्लामा २५७ मस्जिद, ३ हिन्दु मन्दिर, १ गिर्जाघर र १ चिहान रहेका छन्।[२] यस उपजिल्लाका ९४.५५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२३% ले पोखरी, ०.२३% ले टुटी र ४.९९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, १ मेडिकल क्याम्पस तथा अस्पताल, १ आँखा अस्पताल, ६ स्वस्थ्य जाँच केन्द्र रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३.७९% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७० मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए। सन् १९६८ मा यस उपजिल्लामा एक भयानक सरुवा रोगका कारण ३० जनाको मृत्यु भएको थियो।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, हरियो खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, श मिल, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया बदाम, लसुन तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा, कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५५.८९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.९८% मजदुरीमा, उद्योगमा १०.२५%, वाणिज्यमा ११.७९%, सञ्चार र यातायातमा १.९०%, निर्माण क्षेत्रमा ०.७२%, सुविधामा ६.०२%, धार्मिक सेवामा ०.२३%, वैदेशिक रोजगारी तथा भाडामा ०.२२% र अन्यमा १०.०३% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय चौहालि थानालाई सन् १९८४ मा उपजिल्लामा परिणत गरिएको थियो। चौहालि उपजिल्लामा हाल ७ सङ्घ परिषद्हरू रहेकम छन् जुन यस प्रकार छन्; सैदिया चाँदपुर सङ्घ परिषद्, स्थलचार सङ्घ परिषद्, घोरजान सङ्घ परिषद्, उमारपुर सङ्घ परिषद्, खासकौलिका सङ्घ परिषद्, खमसपुकारिया सङ्घ परिषद् र बाघुती सङ्घ परिषद्। यस उपजिल्लामा १५३ मौजा/महल्ला र १०१ गाउँहरू पनि रहेका छन्।[३]

शिक्षा सम्पादन गर्नुहोस्

यस उपजिल्लाको कुल साक्षरता दर ३७.२४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४३.१८% छ भने महिलाको साक्षरता दर ३०.७% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, १७ माध्यमिक विद्यालय, १२४ प्राथमिक विद्यालय, ९ बालबालिका खेल्ने र पढ्ने ठाउँ र १५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; इयानतपुर मेडिकल क्याम्पस तथा अस्पताल, चौहालि डिग्री क्याम्पस (सन् १९७०), चौहालि महिला क्याम्पस (सन् १९९८), बेटिल बहुभाषिक उच्च विद्यालय (सन् १९४७), एसके उच्च विद्यालय (सन् १९६५), इनयातपुर उच्च विद्यालय (सन् १९४६), शम्भुडिया अजिजिया दखिल मदरसा तथा विद्यालय (सन् १९३२), खासकौलिया केआर उच्च विद्यालय (सन् १९४२), पक्रासी प्रथमिक विद्यालय (सन् १८५६), इयानतपुर इस्लामीया फजिल मदरसा (सन् १८८९), इयानतपुर मदरसा (सन् १९६४) आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "चौहाली उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  3. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्