चौलाने झार
चौलाने झार चौलाई साग अथवा हिरण खुरो पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो । यो समशीतोष्ण हावापानी भएको स्थानमा पाइन्छ । बैसाखमा उम्रेर असारतिर र पुसमा उम्रेर चैततिर हराउने यो वनस्पति १-२ फिट अग्लो हुन्छ । यो वर्षमा २/३ पटक उम्रने ३ महिने वनस्पति हो । कलेजी अथवा गाढा फूल फुल्ने यो वनस्पतिको रूप ठूलो दुग्धी जस्तो र स्वाद चम्सुरको जस्तो हुन्छ ।
चौलाने झार | |||
---|---|---|---|
चौलाने झारको फूल | |||
वैज्ञानिक वर्गीकरण | |||
जगत: | |||
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
| ||
(श्रेणीविहीन): | |||
(श्रेणीविहीन): | |||
गण: | |||
कुल: | |||
वंश: | |||
प्रजाति: | E. sonchifolia
| ||
वैज्ञानिक नाम | |||
Emilia sonchifolia (L.) DC. ex Wight | |||
पर्याय[१][२] | |||
|
औषधीय गुण
सम्पादन गर्नुहोस्चौलाने झारको पोथ्रालाई काँचै चपाउँदा गर्मी हटाउने, कलेजोलाई शक्ति प्रदान गर्ने र फलाम तत्व बढाउने गर्दछ । यसमा पेट शुद्धि गर्न र आँखा तेजिलो बनाउने गुण रहेको मानिन्छ । महिलाहरूमा योनीबाट सेतो पानी बग्ने समस्याको उपचार गर्न पनि यस वनस्पतिको उपयोग गरेको पाइन्छ । उपचारका लागि हावामा सुकाइएको धुलो १/१ चम्चा ३-४ पटक, काँचो पोथ्रा १५-२० ग्राम र रस बनाएर ५-१० ग्राम दिनको तीनदेखि पाँच पटक सेवन गर्न सकिन्छ ।
तस्वीर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
हैदराबादमा
-
हैदराबादमा
-
जरा
-
फूल
-
चौलाने झार
-
पाँचखालमा
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Emilia sonchifolia record n° 95932", African Plants Database, South African National Biodiversity Institute, the Conservatoire et Jardin botaniques de la Ville de Genève and Tela Botanica, अन्तिम पहुँच २००८-०५-२१।
- ↑ "The Plant List: A Working List of All Plant Species"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२९ मिति