चुल्हो
(चूलोबाट अनुप्रेषित)
चुल्हो वा चुलो खाना पकाउनको लागि ताप सृजना गरी पकाउँने भाँडा राख्न मील्ने गरी बनाइएको संरचना वा साधन हो। प्रयोगको प्रकृति र स्थानियता अनुसार चुल्होहरू फरक फरक हुने गर्दछन । अधिकांश परम्परागत चुलोहरू मा दाउरा वा कोइला इन्धनको रूपमा प्रयोग हुँन्थे भने अाधुनिक चुल्होहरूमा तेल,द्रव्य-वायु अथवा बिजुली प्रयोग गरिन्छ । तेल चाहिने चुल्होहरुको प्रचलन घट्दै गएको भएपनि अद्यपी केही मात्रमा प्रयोग गरिँदैछ भने विद्युतीय र द्रव्य-वायु चुल्होको प्रयोग बढ्दो छ ।
प्रकार
सम्पादन गर्नुहोस्परम्परागत चुल्होमा दाउरा,कोइला,तेल जस्ता प्रत्यक्ष अथवा ठोस उर्जा श्रोत प्रयोग हुन्छन भने पछील्लो समयमा बायु,बिजुली,साैर्य उर्जा जस्ता सुक्ष्म श्रोतमा अाधारीत चुल्होको प्रचलन बढ्दो छ ।
-
बायु उर्जामा बल्ने चुल्हो
-
मट्टीतेलमा बल्ने चुल्हो
-
बीजुली चुल्हो
-
साैर्य चुल्हो
विकिमिडिया कमन्समा चुल्हो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।