चूडाराज शमशेर
कर्णेल चूडाराज शमशेर वि.सं. २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ गते तदनुसार सन् १९५१ फेब्रुअरी १७ तारिखका दिन नेपालमा प्रजातन्त्र स्थापना भएपछि मोहन शमशेरको नेतृत्वमा गठन भएको राणा - काङ्ग्रेस मन्त्रिमण्डलको वन विभागको मन्त्री थिए।
चूडाराज शमशेर | |
---|---|
वन विभागको मन्त्री | |
कार्यकाल वि.सं. २००७ फागुन ७ – २००८ जेठ २७ | |
एकाधिपति | राजा त्रिभुवन |
प्रधानमन्त्री | मोहन शमशेर जङ्गबहादुर राणा |
पूर्वाधिकारी | स्वयं |
उतराधिकारी | धर्मरत्न यमी जङ्गल उपमन्त्री |
व्यक्तिगत विवरण | |
जन्म | सेतो दरबार |
सन्तान(हरू) | केन्द्र राज्य लक्ष्मी देवी (छोरी) |
अभिभावक(हरू) | लिला शमशेर जबरा भक्तीदेवी |
आफन्तहरू | देवेन्द्र शमशेर राणा (भाइ) |
सैन्य सेवा | |
निष्ठा | नेपाल |
शाखा/सेवा | नेपाली सेना |
श्रेणी | कर्णेल |
उनी मन्त्री भएको समयमा स्वयम्भूको डाँडो मा ६ सय बोट बिरुवा वृक्षरोपण भएको थियो।
सोल्टी होटलको डिजाइन
सम्पादन गर्नुहोस्सोल्टी होटलको पहिली डिजाइन चूडाराज शमशेर राणाले गरेका थिए । पढाइले इन्जिनियर नभए पनि गेहेन्द्रशमशेरका नाति चूडाराज डिजाइन गर्न सोख राख्थे । उनको एकदम सामान्य डिजाइनलाई पन्छाइयो । भख्खरै आर्किटेक्ट पढेर फर्केका शंकरनाथ रिमाललाई डिजाइनको जिम्मा दिइयो । उनकै डिजाइनमा सोल्टी निर्माण भयो ।
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्चूडाराज शमशेर वीर शमशेर खलकका राणा थिए। उनी गेहेन्द्र शमशेर का नाति तथा लिला शमशेर जबराका छोरा थिए।[१] उनको विवाह राजा त्रिभुवनको छोरी सँग भएको थियो। उनको केन्द्र राज्य लक्ष्मी देवी छोरी थिइन्।