वैज्ञानिक नाम Axis axisले चिनिने चित्तल उग्राउने खालको स्तनधारी जनावर हो । यो जनावरलाई कतै कतै थोप्ले मृग (Spotted deer) तथा Axis deer नामले समेत चिनिन्छ । सामान्यतया चित्तलहरू श्रीलङ्का, नेपाल, बङ्गलादेश, भुटान, भारत र क्रोएशीयाको इष्ट्रीयन प्रायद्वीपको Veliki Brijunटापुका जङ्गलहरू तथा आसपासका क्षेत्रहरूमा पाइन्छन् । यसका अलावा पाकिस्तानमा समेत केही सङ्ख्यामा चित्तलहरू पाइन्छन् । नेपाल तथा भारतका जङ्गलहरूमा यीनीहरूको बाक्लो उपस्थिति रहेको छ । चित्तलको शरीर सेता थोप्लाहरू भएको खैरो भुत्लाहरूले ढाकेको हुन्छ भने पेटको तल्लो भाग सेतो रंगको हुन्छ । चित्तलको तीनवटा चुच्चाहरू भएको सिङ् हुन्छ, जुन प्रत्येक वर्ष फेरिने गर्दछ । यीनीहरूको सिङ् वीणाको जस्तो आकारमा घुम्रिएको र करिब ७५ सेन्टिमिटर (२.५ फिट) लामो हुने गर्दछ । सामान्यतया एउटा वयस्क चित्तल औशतरूपमा ९० सेन्टिमिटर (३ फिट)अग्लो हुन्छ भने तौल ८५ किलोग्राम (१८७ पाउण्ड)सम्म हुन्छ । यीनीहरूको औशत आयू २० देखि ३० वर्षको हुन्छ ।

चितल
नागरहोल राष्ट्रिय निकुन्जमा चितल
माउको दुध खादै बच्चा चितल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
उपकुल:
वंश:
Axis
प्रजाति:
A. axis
वैज्ञानिक नाम
Axis axis
(Erxleben, 1777)
Subspecies

Axis axis axis
Axis axis ceylonensis

Chital range
चित्तलको एक झुन्ड

वासस्थान सम्पादन गर्नुहोस्

 
चितवन राष्ट्रिय निकुन्जमा चरिरहेको चित्तल

चित्तलहरू घना सदाबहार जङ्गल तथा मिस्रित सदाबहार जङ्गलहरू र खुल्ला घासेमैदानहरूमा ठूलो मात्रामा पाइन्छन् । नेपालको तराई प्रदेश र भारतका जङ्गलहरू तथा आसपासका अग्ला घासेमैदान र बुट्यान पाइने क्षेत्रहरूमा यीनीहरूको बाक्लो उपस्थिति रहेको छ । हाल अमेरिकाको टेक्सासमा समेत केही सङ्ख्यामा चित्तलहरू पाइएका छन् । यसका अलावा भुटानमा रहेको एकमात्र सालको प्राकृतिक जङ्गल Phibsoo वन्यजन्तु आरक्षमा समेत केही चित्तलहरू अस्तित्वमा रहेका छन् ।

सर्विडीCervidae परिवारको उग्राउने स्तनधारी जनावर

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Duckworth, J.W., Kumar, N.S., Anwarul Islam, Md., Hem Sagar Baral & Timmins, R.J. (2008). Axis axis. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 8 April 2009. Database entry includes a brief justification of why this species is of least concern.