चन्द्र रानाहँछा (अंग्रेजी: Chandra Ranahanchha ) नेपाली साहित्यका कवि, गीतकार, कथाकार तथा चित्रकार हुन् ।

चन्द्र रानाहँछा
राष्ट्रिय कविता महोत्सव २०७४ मा कविता वाचन गर्दै कवि चन्द्र रानाहँछा
जन्मवि.सं. २०३७ भाद्र ७ गते
निर्मली डाँडा -८,खोटाङ
राष्ट्रियतानेपालनेपाली
पेशालेखन
चिनारीको कारणकथा,कविता,गीत
उल्लेखनीय कार्य
थिबिया चराको गीत
मातापिताराज बहादुर राई कृष्ण लक्ष्मी राई

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

चन्द्र रानाहँछाको जन्म वि.सं. २०३७ साल भाद्र ७ गते खोटाङ जिल्लाको निर्मली डाँडा,वडा नं. ८ मा बुवा राज बहादुर राई तथा आमा कृष्ण लक्ष्मी राईको कोखबाट भएको हो ।

साहित्यिक जीवन सम्पादन गर्नुहोस्

कवि चन्द्र रानाहँछा आठ/नौ कक्षा पढ्दा देखि नै कविता लेख्न थालीसकेका थिए । जतिबेला उनी निर्मली डाँडाको मनकामना जनकल्यान माविमा अध्यनरत थिए । सुरुमा उनलाई कविताको बिधागत ज्ञान थिएन । त्यै पनि उनी कविता लेख्थे । उनको कविता हेरी दिने र कविता माथि सुझाव दिने पनि कोही थिएन । वि.सं. २०५१ सालतिर उनको नेपाली बिषयको शिक्षकको रूपमा आए कवि तथा आख्यानकार राजन मुकारुङ । राजन मुकारुङबाट उनले कविता मात्र होईन साहित्यका अन्य आयाम र विधाबारे पनि ज्ञानप्राप्त गरे । उनको सिर्जना र पठनको घेरा लम्बिदै गयो । लेखनका साथै उनलाई गायनमा रुची थियो । गायक बन्ने सपना लिएर उनी २०५४ सालमा काठमाण्डौ छिरे । तर काठमाण्डौ उनले सोचे जस्तो सजिलो थिएन । काठमाण्डौमा बाच्न उनलाई सजिलो थिएन, संघर्ष गरे । प्रदीप बम्जनसँग केही समय संगीतको क्लास लिन थाले । तर पछि गायन क्षेत्र गाह्रो रहेछ भन्ने बुझे र, छाडिदिए । रहरैरहरमा दुई गीति एल्बम ‘चौबन्दी किन्दिऊँला' (२०५५) र चिनो रुमाल (२०५६) निकाल्न पनि भ्याए उनले । उनले बुझे गीत गाउनु उनको रहर मात्र रहेछ । त्यस पछि उनले आफ्नो धेरै समय लेखन तिर नै लगाए । उनको मनमा आँधी चलेपछि, गीती सङ्ग्रह २०६७, भाउजु लडेको भिर, कथा सङ्ग्रह २०६८ र थिबिया चराको गीत, कविता सङ्ग्रह २०७१ प्रकाशित छन् ।[१]

प्रकाशित कृतिहरु सम्पादन गर्नुहोस्

  • चौबन्दी किनिदिउला, गीति एल्बम २०५५
  • चिनो रुमाल, गिति एल्बम २०५६
  • मनमा आँधी चलेपछि, गीति सङ्ग्रह २०६७
  • भाउजु लडेको भीर, कथा सङ्ग्रह २०६८
  • थिबिया चराको गीत, कविता सङ्ग्रह २०७१[२]
  • दर्जनौ गीतहरू रेकर्डिङ भएको ।

 "आँधीको यात्रा"

हातमा सपनाको फूल
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु आँधीको यात्रा … ।

सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।

मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।

कतै अल्मलिएला भनीबाटो देखाउन
मुस्कुराउँदै उदाउनेछ जून ।

 म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई सोध्नेछन्
अक्षरहरूले जीवनको सौन्दर्य ।

एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर
बतासले सोध्नेछ समय ।

साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।

जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै
छोइसक्नेछु आकाशलाई ।

 काँप्नै लागेको भूकम्प
र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।

मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।

आमा !
यै हत्केलामा कोरिएको बाटोले
डोर्‍याउँदै एकदिन – ल्याइपुर्‍याउनेछ
मलाई तिम्रो काखमा ।

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  • किप मिडिया पुरस्कार २०६७ (काठमाडौँ)
  • छत्र–विष्णु राई कृति सम्मान २०७१ (किरात राई यायोक्खा)
  • टेम्के–तुवाचुङ साहित्य पुरस्कार २०७२ (खोटाङ)
  • जितासिं स्मृति साहितय सम्मान २०७४ (रा.से.स. काठमाडौँ)
  • प्रथम पुरस्कार राष्ट्रिय कविता महोत्सव २०७४ (नेपाल प्रज्ञा प्रतिष्ठान) [३][४]
  • बालाजित–बसनलक्ष्मी राई स्मृति साहित्य पुरस्कार २०७४ (खोटाङ)
  • युवा वर्ष मोती पुरस्कार (२०७५)।[५][६]
  • हङकङ साहित्य साझा सृङ्खलाद्वारा सम्मान २०१८ (हङकङ)
  • खोटाङ सेवा समाज हङकङद्वारा सम्मान २०१८ (हङकङ)
  • किरात राई चाम्लिङ खाम्बातिम हङकङद्वारा सम्मान २०१८ (हङकङ)


अन्तर्वाताहरु सम्पादन गर्नुहोस्

अन्य रचनाहरु सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

अन्य लिङ्कहरू सम्पादन गर्नुहोस्

  1. कविताभन्दा पर एक कविको बयान, अन्नपुर्ण पोष्ट दैनिक
  2. बजारमा थिबिया चराको गीत, कान्तिपुर दैनिक[dead link]
  3. राष्ट्रिय कविता महोत्सवमा चन्द्र रानाहँछा प्रथम (प्रथम र दोस्रो कवितासहित), अनलाईन खबर डट कम
  4. चन्द्र रानाहँछाको ‘आँधिको यात्रा’ कविता प्रथम,रातोपाटी डट कम
  5. [१]
  6. [२]