ग्रामीनफोन
ग्रामीनफोन (बङ्गाली: গ্রামীণফোন) व्यापक रूपमा जीपी को रूपमा संक्षिप्त गरिएको, बङ्गलादेशको एक प्रमुख दूरसञ्चार सेवा प्रदाता हो । सेप्टेम्बर २०१६ को अनुसार यसका ५८ लाख भन्दा अधिक ग्राहकहरु रहेका छन् र ५४% बजार साझेदारी गरेको छ । [४] देशमा ग्रामीनफोन सबैभन्दा ठूलो मोबाइल फोन सञ्चालक हो । यो टेलेनर र ग्रामीण दूरसञ्चार निगम, एक माइक्रोफाइनान्स सङ्गठन, सामुदायिक विकास बैङ्क र गैर-लाभकारी संस्था ग्रामीण बैङ्कको बीचको संयुक्त उद्यम हो । टेलेनर नर्वेमा सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो । टेलेनरले ग्रामीनफोनको ५५.८% शेयर हालेको छ, ग्रामीण टेलिकमले ३४.२% र बाँकी १०% सार्वजनिक रूपमा रहेकोे छ ।
व्यवसाय प्रकार | सार्बजनिक |
---|---|
व्यावसायिक रूप | ढाँचा:Dse |
आइएसआइएन | BD0001GP0004 |
उद्योग | दूरसञ्चार |
स्थापित | १९९७ढाका, बङ्गलादेश | in
स्थापनाकर्ता | इक्बल क्वादिर डा.मुहम्मद युनूस |
केन्द्रीय कार्यालय | जिपी हाउस, बसुनधरा, ढाका , बङ्गलादेश |
सेवा क्षेत्र | बङ्गलादेश |
मुख्य व्यक्ति | माइकल फोली (सिइओ) [१] |
उत्पादनहरू | मोबाइल टेलिफोन, एज, जिएसएम, जिपिआरएस, युएमटिएस, एचडिपिए, एचएसयुपीए, एचएपिए, एचपिए+, एफडिडि-एलटिइ, फिक्स्ड ब्रोडब्याण्ड. |
सेवाहरू | मोबाइल टेलिफोन, मोबइल इन्टरनेट, डिजिटल सेवा |
आम्दानी |
|
परिचालन आय | $५३० मिलियन) (२०१६) |
$२९० मिलियन (२०१६) | |
मालिकहरू | नर्वे ५५.८%, बङ्गलादेश ग्रामीण टेलिकम ३४.२% सार्बजनिक १०% |
कर्मचारी सङ्ख्या | ३,२८३ [३] (Q2 2017) |
मूल सङ्गठन | टेलिनर |
वेबसाइट | ग्रामीनफोन.कम |
ग्रामीनफोन बङ्गलादेशमा जिएसएम प्रविधि परिचय गराउने पहिलो कम्पनी थियो । यो देशमा ९९% क्षेत्र ढाक्ने पहिलो सेलुलर नेटवर्क थियो ।[५]
इतिहास
सम्पादन गर्नुहोस्ग्रामीण क्षेत्रहरु सहित, बङ्गलादेश भरी सार्वभौम मोबाइल फोन पहुँच उपलब्ध गराउने विचारले, इकबाल क्वादिरलाई उत्प्रेरित गरायो । उनी ग्रामीणबैङ्कद्वरा प्रेरित भएका थिए । संयुक्त राज्य अमेरिकामा एक लगानीकर्ताका रूपमा आफ्नो जागिर छाडे पछि, क्वाडिरले सफलतापूर्वक न्यूयर्क आधारित लगानीकर्ता र दर्शनशास्त्री यहोशू मेलमनबाट पैसा उठाए । त्यसपछि उनी बङ्गलादेशमा फर्किए । ग्रामीण बैङ्क र नार्वेली टेलिफोन कम्पनी, टेलेनर जस्ता संस्थाहरूबाट समर्थन प्राप्त गर्न उनले तीन वर्ष काम गरे । परिणामस्वरुप टेलेनर र ग्रामीण बैङ्कसँग सहकार्य गरी एक नयाँ दूरसञ्चार कम्पनी ग्रामीनफोनको स्थापना गरियो । ग्रामीनफोनले २८ सेप्टेम्बर १९९६ मा बङ्गलादेश सेलुलर फोन सञ्चालनका लागि इजाजतपत्र प्राप्त गरेको थियो । कम्पनीले २६ मार्च १९९७ मा बङ्गलादेशको स्वतन्त्रता दिवसका दिन सञ्चालन गरिएको थियो । ग्रामीण फोनले मोबाइल देखि मोबाइलसम्म जोडिने प्रक्रिया प्रदान गरायो (व्यापक रूपमा जीपी-जीपी जडानको रूपमा चिनिन्छ), जसले प्रयोगकर्ताहरू बीचको धेरै उत्साह सिर्जना गर्यो । एक लाख वा दश लाख प्रयोगकर्ता पुग्ने यो पहिलो सञ्चालक थियो ।
लोगो परिवर्तन
सम्पादन गर्नुहोस्१६ नोभेम्बर २००६ मा, ग्रामीनफोनले आधिकारिक रूपमा आफ्नो प्रमुख कम्पनी टेलेनरसँगको लोगोसँग मेल खाने लोगोमा परिवर्तन गरेको थियो ।
नेटवर्क
सम्पादन गर्नुहोस्ग्रामीनफोनका अनुसार, यो १९९७ देखि नेटवर्क पूर्वाधार निर्माण गर्न २५९ बिलियन (बङ्गलादेशी टका) वा (३.२७ बिलियन अमेरिकी डालर) भन्दा बढी लगानी गरेको छ । यो २०१४ मा एक्लैले १५ अर्व बङ्गलादेशी टका लगानी गरेको थियो ।
ग्रामीनफोनले देशमा सबैभन्दा ठूलो सेलुलर सञ्जाल निर्माण गरेको छ जसका ८,००० भन्दा धेरै बेस स्टेशनहरू छन् । वर्तमानमा, देशको ९९ प्रतिशतभन्दा जनसङ्ख्या ग्रामीनफोनको नेटवर्कको प्रसारण क्षेत्र भित्र छन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "माइकल फोली ग्रामीनफोनका सिइओमा नियुक्त भएका छन्", ८ मे २०१७।
- ↑ "२०१६ वार्सिक प्रतिवेदन" (पिडिएफ), ग्रामीनफोन, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७।
- ↑ "टेलेनर समूह – ग्रामीनफोन, बङ्गलादेश", टेलेनर समूह। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२२ मिति
- ↑ "ग्रामीनफोन लिमिटेड", टेलिनर।
- ↑ "हाम्रो कथा", ग्रामीनफोन, अन्तिम पहुँच ९ जुन २०१५। वेब्याक मेसिन अभिलेखिकरण १६ मार्च २०१५ मिति