डा. गोविन्द टण्डन नेपालका संस्कृतिविद् तथा शाकाहार प्रवर्द्धक हुन्। उनले पशुपतिनाथ मन्दिरको सांस्कृतिक महत्त्व विषयमा विद्यावारिधि गरेका छन्।[१] उनी हाल पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव र मानवसेवा आश्रम का प्रमुख संरक्षक हुन् । [२] [३] उनले पशुपतिनाथ सम्बन्धि अध्ययन अनुसन्धान गरी पुस्तकहरू पनि लेखेका छन्। टण्डनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयले २०७० असार २४ गते ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो। [४] उनले २०४४ देखि २०४९ सम्म कोषको कोषाध्यक्ष र २०४९ देखि २०५० सम्म सदस्य सचिवको रूपमा काम गरेका थिए।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Vegetarianism in Nepal with Dr. Govinda Tandon Meta Cafe
  2. "संचालक परिषद", www.pashupati.org.np, पशुपति क्षेत्र विकास कोष, अन्तिम पहुँच २ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण १५ सेप्टेम्बर २०१४ मिति
  3. "संरक्षक परिवार", www.manavsewaashram.org, मानवसेवा आश्रम, अन्तिम पहुँच ४ जुलाई २०२१ 
  4. Appointments made to different PADT posts वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-११ मिति The Himalayan Times

बाह्य कडीहरू सम्पादन गर्नुहोस्